20101201

जनता र कार्यकर्तालाई उल्लु बनाउने माओवादी कुचेस्टा !!!

भारत प्रमुख शत्रु भन्दै नेपाली जनतालाई भारत बिरुद्ध युद्ध गर्न जनतालाई जगाउने भन्दै बिस्तारित बैठक बाट निर्णय गरेर पालुङटारबाट फर्केका माओवादी एक हप्तामै फेरिए, वाह कस्तो डबल रोल हो हाम्रा नेपाली माओवादी कामरेडहरुको । प्रधानमन्त्री पाउन अब बिदेशी प्रभु मित्र बनाउने कोशीस हुँदैछ ! जनता र कार्यकर्तालाई उल्लु बनाउने माओवादी कुचेस्टा !!!
एकीकृत माओवादीको पालुङटारमा सम्पन्न विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यले भारतसँग प्रधान अन्तर्विरोध भएको किटान गरि त्यसको व्याख्यामा धेरै घण्टा खर्चिए। विस्तारित बैठकका सहभागी राजधानी आए लगत्तै दुबै नेताले भाषा फेरेका छन्। विस्तारित बैठकमा टुंगो नलागेको प्रमुख विषय भारतसँग प्रधान अन्तर्विरोधलाई दाहाल, वैद्य पक्षले एकाएक राजधानीमा आएर फेरेका हुन। अर्का उपाध्यक्ष बाबुराम भट्टराईले अहिले जनवादसँगै, राष्ट्रियताको सवाल उठे पनि भारतलाई प्रधान अन्तर्विरोध मान्न नसकिने प्रस्ताव बैठकमा गरेका थिए। पार्टीभित्र तत्कालिन कार्ययोजनामा एकमत भए पनि प्रधान अन्तर्विरोध र पार्टीको इतिहास मूल्याकंनमा मतभेद देखिएको छ। पालुङटारबाट फर्किए लगत्तै अध्यक्ष पुष्पकमल दाहालले नेपालका जानकार भारतीय बुद्धिजीवी एसडी मुनीसँग भारतसँग प्रधान अन्तर्विरोध नभएको बताएका थिए। 'भारतीय विस्तारवाद नेपालको घरेलु दलाल नोकरशाहीसँग घुलमिल भएर आएकाले भारतलाई मात्र हाम्रो प्रधान अन्तर्विरोध भनेका छैनौं। अध्यक्षको प्रतिवेदनमा पनि कहीँ भारतलाई प्रधान अन्तर्विरोध भनिएको छैन', दाहाल निकट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने। बिहीबारदेखि एकीकृत दस्तावेजका लागि अध्यक्ष दाहालले संश्लेषित प्रतिवेदन लिँदा प्रधान अन्तर्विरोध समेत मिल्ने जिकिर वैद्य निकट पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले गरे। 'विस्तारित बैठकबाट आएका सबै सुझाव सहित प्रधान अन्तर्विरोधका बारे पनि भोली (बिहीबार)देखि केन्द्रीय समितिको बैठकले टुंगो लगाउँछ', कँडेलले नागरिकसँग भने- 'शब्दमा फरक परेको हो। अहिले भारत र देशीय नोकरशाही घुलमिल भएर आएको मात्र भनिएको हो। भारतलाई प्रधान अन्तर्विरोध भनिएको छैन।' भारतसँग अहिले नै प्रधान अन्तर्विरोध भनेर सिधा-सिधा लडाईं गर्ने अवस्था नभएको औंल्याउँदै कँडेलले भने- 'अहिले घरेलु दलाल मार्फत भारतले हस्तक्षे गरेर अन्तरघुलित भएर आयो भनेका छौं। भोली भारतीय सेना नै आयो भने के गर्ने भनेर राष्ट्रिय स्वाधिनताको कुरा गरेका हौं।'भट्टराई पक्षधर पोलिटव्युरो सदस्य देबेन्द्र पौडेलले हलमा एउटा कुरा बाहिर आएर अर्को कुरा दाहाल र वैद्य पक्षले गरेको बताए। 'हामीले अहिले नै भारतसँग निहुँ खोजेर हुन्न भनेका हौं। साथीहरुले हलमा एउटा कुरा गर्नुहुन्छ बाहिर अर्को। अब सत्य कुरा बाहिर भित्र एउटै कुरा गरौं भनेका हौं। उहाँहरुले दुई दिनमै कुरा फेरेर सत्य बोल्दै हुनुहुन्छ', पौडेलले भने। दाहालले बिहीबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा लाने एउटा मात्रै संश्लेषित प्रतिवेदन बारे छलफल गर्न आफ्नो दस्तावेजमा भिन्न मत राखेका उपाध्यक्षद्वय वैद्य र भट्टराईसँग बुधबार भेटघाट गरेका छन्। बुधबार दिउसो बैठक तयारीका लागि वैद्य, भट्टराईसँगै महासचिव रामबहादुर थापासँग छुट्टा-छुट्टै भेटघाट गरेका छन्। गोरखा, पालुङटारमा सम्पन्न विस्तारित बैठकले पार्टीको भावि कार्ययोजना तय गर्न नसकेपछि त्यसलाई टुंगो लगाउन बस्न लागेको बैठकमा उठेका विवादलाई कसरी समाधान गर्ने बिधि बारे छलफल हुने भएको छ। विस्तारित बैठकमा पेश भएका तीन प्रस्तावलाई एउटै बनाएर संश्लेषण गर्ने, संगठनात्मक, कार्य विभाजन र योजनाका विषयलाई बैठकको ऐजेन्डा बनाइने छ। अध्यक्ष दाहालले संश्लेषित एउटै दस्तावेज प्रस्तुत गरे पछि नमिलेको विषयलाई थाती राखेर कार्ययोजनामा एक रुपता भएर जाने दाहाल निकट पोलिटव्युरो सदस्य अग्नि सापाकोटाले बताए। 'अहिलेको कार्ययोजना शान्ति प्रक्रिया, संविधान र राष्ट्रियताका लागि जनपरिचालनमा जोड दिने कार्ययोजनामा सबैको सहमत छ। त्यसलाई कार्यन्वयन गर्न संगठनात्मक, कार्य विभाजन गरेर जाने निर्णय बैठकले गर्छ', सापकोटाले भने- 'कतिपय सैद्धान्तिक कुरामा मतभेद भए त्यसलाई थाती राखेर जेठ १४ सम्म कार्ययोजनामा सहमति हुन्छ।' विस्तारित बैठकमा अध्यक्ष दाहाल, उपाध्यक्षद्वय वैद्य र भट्टराईको फरक दस्तावेजमाथिको सैद्धान्तिक विषयमा कुनै टुंगो नलागेपछि नयाँ कार्ययोजना बनाउने म्यान्डेट केन्द्रीय समितिलाई दिएको थियो। पार्टीको तल्लो निकायसम्म तीनै नेताको विचारमा बाँडिएपछि त्यसलाई कम गर्न र तत्काल टुंगो लगाउन नसक्ने देखिएपछि जेठ १४ गतेसम्म पार्टी पुरै शान्ति, संविधान निर्माणमा जुट्ने, विस्तारित बैठकमा देखिएका मतभेदलाई बहसमा नलाने तयारी पार्टीले गरेको छ। माघ महिनाभित्र संगठन सुद्धिकरण, फागुनदेखि शान्ति र संविधान निर्माण गर्न दबाबका लागि संघर्ष गर्ने योजना सहित कार्ययोजना गर्ने तयारी पार्टीले गरेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक