20101202

कलियुगका बाँदरहरु।, तारे होटेल पस्न थाले, कोही जङ्गल छाडी, कालो गाडीमा बस्न थाले, ढोगीभएछन सुबिधा भोगी, लुटेरा ति बनी !

- प्रेम ओली
कोही भाङ खाइ लडेका, कोही छ्याङ खाइ ढलेका
कोही घुस खाइ ढाडिएका, कोही जुस खाइ टाठिएका
ओहो कती अनौठा !, कलियुगका बाँदरहरु।

मानिएका साकाहारी, ठानिएका फलफुलधारी
बनेछन माम्सहारी , रक्सी र व्हिस्किधारी
कलियुगका बाँदरहरु।, तारे होटेल पस्न थाले
कोही जङ्गल छाडी, कालो गाडीमा बस्न थाले
कोही हिंड्न छाडी, आज भोली सुनिन्छ
शहरमा महल पो बनाउदैछन रे, कली युगका बाँदरहरु ।

कुला नालामा नुहानेहरु, स्विमिङ्ग पुलमा नुहान थाले
मैलो जुत्रो लागाउनेहरु ती, महङ्गा लुगा लगाउन थाले

ढोगीभएछन सुबिधा भोगी, लुटेरा ति बनी
कली युगका बाँदरहरु।, कोही जनताकै नाममा
कमाउन ब्यस्तछन, कोही जनताकै दाममा
रमाउन मस्तछ्न, तर गजबको कुरो
बाँदर बाँदर नै हुन, न आफ्नो घर बनाएकाछ्न
न अरुको घर बनाउन दिएकाछन, कलियुगका बाँदरहरु।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक