20101204

नेपालका समाचार यस्तै छन केबल दु:ख दायी मात्र, आज पनि !

* शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याउन प्रमुख दल गम्भीर नभएको राष्ट्रसंघीय उपमहासचिवको आरोप !
*  वाईसीएलले पाँचथरमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण
* बैठक बसिरहेको बेला वाइसिएल कार्यकर्ताले एक्कासी आक्रमण गर्दा एमाले रुकुम जिल्ला कमिटी सचिवालय सदस्य ऋषिप्रसाद शर्मासहित चार व्यक्ति घाइते !
* आगो लगाएर आफ्ना बाबुको हत्या !
* बस दुर्घटनामा चारको मृत्यु, २४ घाइते !
राजनीतिक मामिलासम्बन्धी राष्ट्रसंघीय उपमहासचिव वी लिन पास्कोले शान्तिप्रक्रिया तार्किक.....
निष्कर्षमा पुर्‍याउन प्रमुख दल गम्भीर नभएको आरोप लगाएका छन् ।शनिबार विहान कांग्रेस सभापति सुशिल कोइरालासंग उनकै निवास महारागंजमा भएको भेटमा पास्कोले छलफल उपयोगी र मैत्रिपूर्ण भएको भन्दै आफूले शान्तिप्रक्रियालाई अझ गम्भीर ढंगले अघि बढाउनु पर्नेमा जोड दिएको बताए । भेटमा उनले हालसम्म भएका शान्ति प्रक्रिया उपलब्धीलाई सबै पक्षले अधिकतमरुपमा उपयोग गर्नु पर्ने जोड दिएको बताए । भेटमा सहभागी नेता रामशरण महतले अनमिन राख्ने विषयमा छलफल नभएको तर राष्ट्रसंघ अन्तर्गतको कुनै बलियोग निकायले नेपालको शान्पि प्रक्रियालाई अनुगमन गर्ने विषयमा छलफल भएको बताए । करीब आघा घण्टा भएको छलफलमा शान्तिप्रक्रियमा भएको ढिलाईबारे पनि पास्कोले चासो व्यक्त गरेका थिए ।

 बाग्लुङबाट म्याग्दीतर्फ जाँदै गरेको ध१ख २७५ नं.को मिनि बस पर्वत जिल्लाको धाइरिङ गाविस–२ मा दुर्घटना हुँदा बसमा सवार तीन यात्रुको घटनास्थलमै र एकजनाको उपचारका क्रममा बाग्लुङ अस्पतालमा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।  दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । गम्भीर घाइतेको थप उपचारका लागि पोखरा पठाइएको छ । अन्य घाइतेलाई म्याग्दी र बाग्लुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरी छ । घटनास्थलमा पर्वतबाट प्रहरीकोे टोली पुगेको छ भने उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  उक्त बस म्याग्दीको गलेश्वरमा शतबीज छर्नका लागि भक्तजन लिएर हिँडेको थियो । गम्भीर घाइतेमध्ये चारको सनाखत भएको छ । उनीहरू सवै बाग्लुङ नगरपालिकाका–११ का बासिन्दा हुन् ।

नेकपा एमाले रुकुमको कोटजहारी गाउँ कमिटीको बैठक बसिरहेको बेला वाइसिएल कार्यकर्ताले एक्कासी आक्रमण गर्दा एमाले रुकुम जिल्ला कमिटी सचिवालय सदस्य ऋषिप्रसाद शर्मासहित चार व्यक्ति घाइते भएका छन् । वाइसिएल जिल्ला कमिटी सदस्य लक्ष्मण शाहीको नेतृत्वमा आएको वाइसिएल टोलीले बैठकमा बसेकाहरुमाथि आक्रमण गरेको एमाले रुकुमले जनाएको छ । घाइते हुनेहरुमा एमाले रुकुमका कार्यकर्ता ईन्द्रबहादुर शाही, कुलबहादुुर बस्याल र दिवाकर शर्मा रहेका छन् । आक्रमणकारीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । घाइते चारैजनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।





 माओवादी भातृ संगठन वाईसीएलले पाँचथरमा शुक्रबार राति ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई प्रहरी घाइते भएका छन् । प्रहरीमाथि आक्रमण गर्ने वाईसीएलका जिल्ला अध्यक्ष लेन्जो भन्ने योगेन्द्र साउदेनसहित तीनलाई प्रहरीले मध्यरातमै पक्राउ गरेको छ । सदरमुकाम फिदिमबजारको ठाडो लाइनमा रहेको बबिता पान पसलमा पान खाएर रकम नतिरी उल्टै व्यवसायीलाई कुटपीट सुरु गरेपछि पुगेको प्रहरीमाथि वाईसिएलले आक्रमण गरेको थियो । आक्रमणबाट प्रहरी हवल्दार खड्ग श्रेष्ठ र जवान सुन्दर राई घाइते छन् । वाईसिएल अध्यक्षको नेतृत्वमा रहेका १०-१२ जना कार्यकर्ताले प्रहरी पुग्नासाथ एक्कासी आक्रमण गरेको प्रहरी नायब उपरिक्षक राजेशनाथ बाँस्तोलाले बताउनु भयो । वाईसीएलले प्रहरीको बर्दी च्यातिदिनुको साथै सञ्चार सेटसमेत मिल्काइदिएको थियो । मादक पदार्थ सेवन गरेको वाईसिएल समूहले प्रहरीमाथि आक्रमण गरेको प्रहरीको दाबी छ ।

दोलखाको घ्याङसुकाठोकर गाविसमा एक व्यक्तिले घरमा आगो लगाएर आफ्ना बाबुको हत्या गरेका छन्।
घ्याङसुकाठोकर गाविस–६ का दलबहादुर खड्काले मादकपदार्थ सेवन गरी गएराति आफ्ना बुबा ७५ वर्षीय पदमबहादुर खड्काको हत्या गरेका स्थानीयवासीले बताएका छन्। घरायसी विवादले उग्ररुप लिएपछि दलबहादुरले राति आठ बजे घरमा आगो लगाएका थिए। घरमा आगजनी गर्दा उनीकी श्रीमती र बाबु घरभित्रै थिए। झ्यालबाट फाल हालेर उनकी श्रीमतीले ज्यान जोगाएकी थिइन्। आगलागीबाट दुई लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ। घरमा आगो लगाएर फरार रहेका दलबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक