20101211

माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको किर्तीपुरमा जारी १८ औं राष्ट्रिय सम्मेलनमा नेतृत्व विवाद !

फेरि एक किशोर अपहरण, अपहरणकारीले बर्माका परिवारसँग रु २० लाख फिरौती मागे
माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको किर्तीपुरमा जारी १८ औं राष्ट्रिय सम्मेलनमा नेतृत्व विवादका कारण बन्द सत्र सुरु हुन सकेको छैन । १२ बजेदेखि सुरु हुने भनिएको बन्द सत्र संचालनम ढिलाई भएको छ । पार्टी नेतृत्वले सहमति नभए अहिलेकै अध्यक्ष लेखनाथ न्यौपानेलाई दोहोर्‍याउने दिएको निर्देशनलाई बेवास्ता गर्दै अखिल केन्द्रीय समितिको बैठकले अध्यक्षका लागि प्रतिस्पर्धी तीन जनाबाट नेतृत्व चयन गर्नुपर्ने निर्णय गरेको छ । उपाध्यक्षद्वय युवराच चौलागाई, रामदीप आचार्य र महासचिव हिमाल शर्मा अध्यक्षका दावेदार छन् । तीन जनैले आफ्नो दावी नछाडपछि पार्टी नेतृत्वले न्यौपानेलाई दोहोर्‍याउने संकेत दिएको थियो । नेतृत्व विवाद मिलाउन...
 क्रान्तिकारीको सचिवालय बैठक बसेको छ । पार्टीबाट विद्यार्थी विभाग हेर्ने नेत्र विक्रम चन्द विप्लव पनि सचिवालय बैठकमा उपस्थित छन्
          बाँके जिल्लामा दुई विद्यार्थी बालकको अपहरणपछि गरिएको हत्याको घटना सेलाउन नपाउँदै सोही ठाउँबाट फेरि एक किशोर अपहरणमा परेका छन्। गएको मङ्गलबार किनमेलका लागि भारतीय रुपैडिया बजार गएका जिल्लाको इन्द्रपुर गाविस–८ रम्भापुरका १८ वर्षीय धमेन्द्र बर्मा अज्ञात समूहको अपहरणमा परेका हुन्। अपहरणको कुनै पनि समूहले जिम्मा नलिए पनि अपहरणकारीले बर्माका परिवारसँग रु २० लाख फिरौती मागेको परिवारले बताएको छ भने बर्माको खोजी कार्य भइरहेको बाँके प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार अपहरण भारतीय बजारबाट भएकाले घटनाको अनुसन्धान र उद्धारका लागि भारतीय प्रहरीसँग समेत छलफल भइरहेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक