20101210

Breaking News.........!

माओवादी अध्यक्ष पुष्पकमल दाहालले विश्वविद्यालय र क्याम्पसलाई 'ब्यारेक'मा परिणत गर्ने चेतावनी

माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धिविरुद्ध प्रतिक्रान्तिकारीका षड्यन्त्र अझै रहिरहे विश्वविद्यालय र क्याम्पसलाई 'ब्यारेक'मा परिणत गर्ने चेतावनी दिएका.....
छन् । दाहालले विश्वविद्यालय र क्याम्पसलाई ब्यारेकमा परिणत गरेर नेपाली क्रान्तिलाई निर्णायक मोडमा पुर्‍याउने दाबी गरे । 'जुन षड्यन्त्र अहिले प्रतिक्रान्तिकारीबाट भएको छ, त्यो षड्यन्त्र अझै तीब्र र घनिभूत हुने हो भने हाम्रा सवै विश्वविद्यालयहरु, क्याम्पसहरु एउटा व्यारेकमा परिणत हुन जरुरी छ,' शुक्रबार कीर्तिपुरमा अनेरास्ववियु (क्रान्तिकारी)को सम्मेलन उदघाटन गर्दै दाहालले भने, 'जसले अन्तिमरुपमा प्रहार गर्न सकोस् र नेपाली क्रान्तिलाई निर्णायक मोडमा पुर्‍याउन सकियोस् ।'

दाहालले युवा विद्यार्थीहरु फौजीकृतरुपमा अगाडि नआउने हो भने प्रतिक्रान्तिकारीहरुले मुलुकलाई धरापमा पार्ने दाबी गरे । 'म तपाईंहरुलाई जरुरी पर्नेवित्तिकै सवै यूनिभर्सिटी व्यारेकमा परिणत हुन र विद्यार्थीहरु फौजमा परिणत हुन तम्तयार हुन आव्हान गर्दछु,' दाहालले भने । नेपाली क्रान्तिमा तुषारापात हुन नदिने उल्लेख गर्दै दाहालले क्रान्तिको आफ्नो दलले नयाँ मोडेल दिने बताए । उनले नेपाली क्रान्तिको उपलब्धी अपहरण गर्न देशभित्र र बाहिरका शक्तिहरुले षड्यन्त्र सुरु गरेको जिकिर गरे । दाहालले गोरखाको पालुङटारमा भएको छैटौं विस्तारित बैठककाक्रममा परिवर्तनलाई रोक्न खोज्ने शक्तिहरुले माओवादीलाई फुटाउन र कमजोर पार्न निकै ठूलो मिहिनेत गरेको आरोप लगाए । विस्तारित बैठकमा नेतृत्वका लागि तछाँडमछाड नगरेको दाबी गर्दै दाहालले ७ हजारले ७ दिनसम्म नेपाली क्रान्ति पूरा गर्न लोकतान्त्रिक बहस गरेको स्पष्ट पारे । दाहालले सम्मेलनबाट संगठनलाई विभक्त नगरी एकताबद्ध भएर नयाँ रणनीति र नेतृत्व लिएर फर्कन विद्यार्थीहरुलाई आहृवान गरे । कार्यक्रममा उपाध्यक्षद्वय मोहन वैद्य, बाबुराम भट्टराईलगायतका नेता सहभागी थिए । उदघाटन समारोहमा अनेरास्ववियु अध्यक्ष माधव ढुंगोल, नेविसंघका कार्यवाहक अध्यक्ष गणेशराज विष्टलगायतले अखिल क्रान्तिकारी को १८ औं राष्ट्रिय सम्मेलनको सफलताको शुभकामना दिए । पाँच दिनसम्म चल्ने सम्मेलनमा क्रान्तिकारीका ४२ जिल्ला र केन्द्र गरी १ हजार ८ सय १८ प्रतिनिधि तथा पर्यवेक्षक सम्मेलनमा सहभागी हुनेछन् । बन्द सत्र शनिबारबाट सुरु हुने अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिए ।  -Video By Dcnepal

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक