20101210

माओवादीले हालको झन्डाले नयाँ नेपाललाई सम्बोधन गर्न नसक्ने भन्दै सूचीसहित परिवर्तनको प्रस्ताव, हेरौं अझै के के प्रस्ताब गर्ने हुन !

आफ्नै घरमा आगो लगाएर खरानीका लागि लडाईं छ अहिले नेपालमा ।  माओवादीले 
हिन्दू धर्म, सँस्क्रिती, संबैधानिक राजतन्त्र खाए पछी  अब नेपाललाई १४ प्रदेशमा बिभाजन गर्ने र नेपालको चन्द्र सुर्य अंकित झण्डालाई पनि खाने दाउ अझै छाडेनन ! सबै निल्दै जाँदा अब माओवादीले शान्तिको आबरणमा के नै बाँकी राख्लान ? अरु तमासे र माओवादीका निल्ने कुराका साक्षीहरु कहिले सम्म बाँकी हुने हुन ? त्यो दिन पनि धेरै कुर्न नपर्ने हुन सक्छ !   
नयाँ संविधानमा संघीयता, जातीयता र वर्गीयता झल्काउने झन्डा राख्नर्ुपर्ने माओवादी प्रस्ताव अल्पमतमा परेको छ । हालको चन्द्र र र्सर्ूय अंकित झन्डालाई परिमार्जन गरी र्सर्ूयमुनि प्रदेशबराबर र चन्द्रमा मुनि दलित, जनजाति, अल्पसंख्यक, पिछडिएको वर्ग र मधेसीलाई सम्बोधन गर्ने गरी पाँचओटा तारा राख्ने प्रस्तावमा उच्चस्तरीय कार्यदलमा आबद्ध बाँकी सबै दलले असहमति जनाएपछि माओवादी प्रस्ताव अल्पमतमा परेको हो । माओवादीले हालको झन्डाले नयाँ नेपाललाई सम्बोधन गर्न नसक्ने भन्दै सूचीसहित परिवर्तनको प्रस्ताव राखेको थियो । माओवादी प्रस्तावमा हालको चन्द्र र र्सर्ूयलाई यथावत् राखी चन्द्रमामुनि जातीय र वर्गीय तथा र्सर्ूयमुनि संघीय इकाइ झल्कने तारा राख्नर्ुपर्ने उल्लेख छ । माओवादी प्रस्तावमा भएको छलफल निष्कर्षीन भएपछि कार्यदलमा यस विषयमा पुनः छलफल हुने भएको छ । कार्यदलका अन्य ६ दलले भने हालकै झन्डालाई निरन्तरता दिनर्ुपर्ने अडान लिएका छन् । माओवादी एजेन्डासँग निकट सम्बन्ध राख्दै आएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले यसअघि झन्डा परिवर्तन गर्नुपर्ने माग राखे पनि बिहीबारको कार्यदल बैठकमा भने हालकै झन्डालाई निरन्तरता दिनर्ुपर्ने अडान लिएकाले माओवादी यस एजेन्डामा एक्लै परेको छ । 'झन्डाका विषयमा विवाद बढी भयो, त्यसैले हालकै झन्डालाई नै निरन्तरता दिनु राम्रो हुन्छ,' बैठकमा फोरम अध्यक्ष यादवको भनाइ उद्धृत गर्दै एक सहभागीले भने । यसअघि तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीीहत अन्य साना दलले झन्डामा केही न केही परिवर्तन गरिनर्ुपर्ने बताएका थिए ।कार्यदल बैठकमा कांग्रेस, एमाले, फोरम, नेपाल मजदुर किसान पार्टर्ीीनेमकिपा), समाजवादी जनता पार्टर्ीी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले झन्डा फर्ेर्ने माओवादी प्रस्तावलाई चर्काे स्वरले अस्वीकार गरेको कार्यदलका सहयोगी नेमकिपाका नेता सुनिल प्रजापतिले बताए । कार्यदलमा सहभागी ६ दलले झन्डा फर्ेर्ने प्रस्तावलाई अस्वीकार गरेपछि माओवादीले त्यसप्रति आपत्ति जनाएको छ । माओवादी नेता देव गुरुङले बैठकमा भने, 'हामीले पुरानो राजतन्त्रात्मक झन्डालाई अलिकति भए पनि परिवर्तन गरी गणतान्त्रिक नेपाल झल्कने झन्डा राखौं भनेका हौं, तर दलहरू हदैसम्मको यान्त्रिक बनेको देख्दा यसले हामीलाई अचम्म लागेको छ ।'
माओवादी नेता गुरुङले कतिपय संघीय मुलुकमा संघको संख्यालाई आधार बनाइ संघीय प्रदेशको संख्याबराबर तारा राखिएकाले आफ्नो पार्टर्ीी पनि त्यसलाई आधार मानेर झन्डा परिमार्जनको प्रस्ताव राखेको जानकारी दिए ।
माओवादीको परिवर्तित झन्डाको स्वरूपलाई फोरम अध्यक्ष यादवले 'मान्छे हाँसेजस्तो देखिन्छ' भन्दै हाँसोमा उडाएका थिए । गुरुङले भने झन्डामा केही न केही परिवर्तन हुनर्ुपर्ने अडान लिएका थिए । उनले भने, 'स्वरूपमा केही न केही परिवर्तन हुनर्ुपर्छ, नभए सहमति हुँदैन ।'
नेपालमा हाल सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा भएको दर्ुइ त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खर्ुर्पे चन्द्र र बीचमा आठ कोणयुक्त सेतो आकार तथा तल्लो भागमा बाह्र कोणयुक्त र्सर्ूयको सेतो आकार अंकित परम्परागत झन्डालाई राष्ट्रिय झन्डा मानिँदै आएको छ ।
राष्ट्रिय झन्डामा अंकित चन्द्र र र्सर्ूयलाई चन्द्रवंशी राजा र र्सर्ूयवंशी राजाको अर्थ पनि लगाइने गरिन्छ ।
इतिहासकारका अनुसार राष्ट्रिय झन्डामा प्रयोग भएको रातो सिम्रिक रङले विजय प्राप्तिलाई संकेत गर्ने र झन्डाको छेउमा प्रयोग गरिएको नीलो रङले शान्तिलाई जनाउने गर्छ ।
'यो राष्ट्रिय झन्डा कहिलेदेखि प्रयोगमा आयो भन्ने विषयमा स्पष्टता नभए पनि हालको राष्ट्रिय झन्डा सुरुको विकसित रूप हो,' इतिहासकार सत्यमोहन जोशीले भने । उनले २०१९ सालअघि राष्ट्रिय झन्डामा अंकित चन्द्र र र्सर्ूयमा मानिसको अनुहारको प्रतिविम्ब पनि समावेश भएको बताए । 'तर, पछि झन्डालाई आधुनिकीकरण गरी ती प्रतिविम्ब हटाइएको हो,' जोशीले भने ।
२०१९ सालमा नयाँ सरकार गठन भएपछि मानिसको अनुहार हटाइएको थियो । हालको झन्डाको डिजाइन दर्ुइ हजार वर्षपहिलेदेखि प्रयोग गरिआएको प्रतीकात्मक झन्डाबाट ल्याइएको मानिन्छ ।
१९औं शताब्दीमा झन्डामा एउटा मात्र त्रिकोण प्रयोग गरिएको र त्यसपछि दर्ुइओटा प्रयोग गर्न थालिएको जोशी बताउँछन् ।
संवैधानिक समितिले पनि हालकै राष्ट्रिय झन्डालाई कायम राख्ने प्रतिवेदन तयार गरेको थियो । सो प्रतिवेदनमा माओवादीले फरक मत दर्ता गराएको थियो ।
नेमकिपा नेता प्रजापतिका अनुसार राष्ट्रिय झन्डा परिवर्तन र संविधान संशोधनको विषयमा टुंगोमा नपुगे पनि १५ ओटा मुद्दामा भने कार्यदलमा सहमति जुटेको छ । बैठकमा राष्ट्रिय गानलाई अहिलेकै कायम राख्ने र प्रतीकहरू नराख्ने सहमति भएको छ ।
संविधानमा र्सार्वभौमसत्ता, गणतन्त्र र संघीयतालाई परिवर्तन गर्न नमिल्ने माओवादीको प्रस्ताव थियो भने कांग्रेसले र्सार्वभौमसत्ता, गणतन्त्र र मानवअधिकार, मौलिक हक, स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, बालिग मताधिकार र आवधिक निर्वाचनलाई संशोधन गर्न नमिल्ने अडान राखेको थियो । मधेसवादी दलले पनि र्सार्वभौमिकता र संघीय गणतन्त्रलाई संशोधन गर्न नमिल्ने अडान लिएको कांग्रेसको तर्फाट कार्यदल सहयोगी रमेश लेखकले जानकारी दिए ।
'माओवादीले र्सार्वभौमसत्ता र गणतन्त्रलाई मात्र असंशोधनीयमा राख्नुपर्ने भन्दै लोकतन्त्रसँग जोडिएका शब्दलाई नराख्ने भनेको छ, हामी लोकतन्त्रसँग जोडिएका महत्त्वपर्ूण्ा विषयलाई पनि असंशोधनीयमा राख्नुपर्ने अडानमा छौं,' लेखकले राजधानीसँग भने ।
राष्ट्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्ध्रि्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टि रूपमा राष्ट्र हो र नेपाल स्वतन्त्र, अविभाज्य, र्सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, समाजवाद उन्मुख, गणतन्त्रात्मक, बहुजातीय राज्य हो, जसलाई संक्षिप्तमा नेपाल भनिनेछ भन्ने परिभाषामा भने सहमति भएको छ ।
समितिको प्रतिवेदनमा राज्यको परिभाषामा बहुजातीयको ठाउँमा  बहुराष्ट्रिय भन्ने उल्लेख थियो ।-इश्वरी सुवेदी/राजधानी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक