20101209

अमेरिकामा यो बर्ष यसरी हिउ पर्दै छ !








लथालिँग देशको भताभुंग चाला भनेको यस्तै त होलानी हगी !
imageकेपी ओली गुटले गुण्डा ल्याएर हामीमाथि कुर्सी हान्दा ६ जना साथी घाइते छौँ: खनाल पक्ष
**************
अखिल नबिग्रियोस् भन्ने शुभचिन्तक आएका हुन्, गुण्डा लगाएका होइनौँ : ओली पक्ष
काठमाडौं, २२ मंसिर /एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा कुटाकुट भएको छ । केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका ६ जना घाइते भएका छन् ।केन्द्रीय कमिटी ठूलो भएकोले...कीर्तिपुरस्थित लेबोरेटोरी स्कुल परिसरमा बैठक डाकिएको थियो । एमाले अध्यक्ष झलनाथ खनालका समर्थकहरूले केपी ओलीका समर्थकहरूले बाहिरबाट गुण्डा ल्याएर विद्यार्थी नेता कुटाएको आरोप लगाएका छन् । तर, ओली पक्षका अखिल नेताहरूले सामान्य रूपमा कुर्सी यताउता भएको भन्दै कोही पनि घाइते नभएको दाबी गरेका छन् । केन्द्रीय कमिटीको बुधबार साँझ कार्यविभाजन हुँदा एमाले अध्यक्ष खनाल र नेता केपी ओली पक्षबीच तनाव भएको थियो । विवाद बढ्दै जाँदा कुटाकुट पनि भएको थियो ।विभागीय कार्यविभाजनको निर्णय सुनाउने क्रममा कुटाकुट भएपछि दुई गुटले छुट्टाछुट्टै कार्यविभाजन गरेका छन् । हानाहान र भागदौड हुँदा कतिपयका ब्याग तथा ज्याकेटसमेत हराएका छन् । तनावपछि दुवै पक्षले १७ अञ्चल (अखिलका आफ्नै) र ३४ विभागका सदस्य घोषणा गरेका छन् ।बैठकमा निर्णय सुनाउने वेलामा कुर्सी हानाहान भएको थियो । कुटाकुट हुँदा अधिकांश खनाल पक्षका र महिला नेत्री घाइते भएका छन् । खनाल पक्षका विद्यार्थी नेताले टाँका लगाएका छन् भने ओली पक्षले कोही पनि घाइते नभएको दाबी गरेको छ ।खनाल पक्षकी उपाध्यक्ष नविना लामाले पनि कुटाइ खाएकी छिन् । उपाध्यक्ष लामाले भनिन्, 'पदाधिकारी मञ्चमा बसेका थियौँ, हामी तीनै उपाध्यक्ष र कोषाध्यक्ष्ालाई हातपात गर्न योजनाबद्ध ढंगले आएका रहेछन् । कुटपिट गरिहाले ।''ओली समर्थक ढुंगेल पक्षका २५/३० जनाको गुण्डाको समूह भित्रै छिरेर आफूहरूलाई कुर्सी र लात हानेको' लामाको दाबी छ । उनले महासचिव किशोरविक्रम मल्लले समेत होहल्ला भइरहेको वेलामा संस्थापन पक्षलाई लात हानेको बताइन् । बैठकस्थलमा आफूहरूको सुरक्षा नभएपछि ब्याग तथा ज्याकेट छोडेर भागेर ज्यान बचाएको लामाले बताइन् । यस्तै उनका सहयोगी केन्द्रीय सदस्यहरू चतुर्भुज शाही, गौतम राईलाई धेरै चोट लागेको छ । घाइते चतुर्भुज शाहीले निधारमा दुईवटा टाँका लगाएका छन् । शाहीले भने, 'म बाहिर थिएँ, तनाव भएपछि ढोका धकेलेर भित्र गएको थिएँ । अर्को गुटले सबैभन्दा उग्र तैं होस् भनेर कुटे ।' भर्खरै बिहे गरेका शाहीले बिहेको औंठीसमेत हराएको बताए । त्यस्तै गौतम राईको हातखुट्टामा चोट लागेको छ । त्यसैगरी आरती लामा, जवाहिर अन्सारी, कमला बोहरा, पार्वती डाँगी, ध्रुव राईलगायत घाइते भएका छन् । उपाध्यक्ष लामाले अध्यक्ष ढुंगेल पक्षले एकलौटी ढंगले निर्णय सुनाउन थालेपछि विवाद चर्किएको बताइन् । 'नेतृत्वमा सहमति नभए पनि हामीले प्रजातान्त्रिक ढंगले जाऔँ भन्दा गुण्डागर्दी भयो,' उनले भनिन्, 'एकलौटी ढंगले कार्यविभाजन गरेपछि हामीले पनि छुट्टै कार्यविभाजनको घोषणा गर्‍यौँ ।' ढुंगेलको प्यानलबाट विजयी भएका महासचिव किशोरविक्रम मल्लले ठूलो संगठनमा अलिअलि विवाद भएको र त्यो स्वाभाविक भएको बताए । 'अखिल नबिगि्रयोस् भन्ने शुभचिन्तकहरू बैठकस्थल गएका थिए, हामीले गुण्डा लगेको होइन,' उनले भने । सहकर्मीलाई कुर्सी हानिएको विषयमा उनले भने, 'कुुर्सी भएको ठाउँमा अलिअलि यताउता भइहाल्छ नि, तर बैठकमा आएका कोही पनि घाइते भएका छैनन् ।' अर्को गुटले घोषणा गरेको समानान्तर कार्यविभाजनको कुनै अर्थ नभएको महासचिव मल्लको दाबी छ । 'संगठनको मूल नेतृत्व अध्यक्षबाट हुने हो, सांगठनिक नेतृत्व महासचिवले गर्छ, त्यसमा कुनै समस्या छैन,' उनले भने, 'अर्को घोषणाको तुक छैन, निर्णय अमान्य छ, गुटबन्दी गर्नुभन्दा मिलेर दृढतापूर्वक काम गरौँ ।' गत १७ मंसिरबाट केन्द्रीय कमिटीको बैठक सुरु भएको थियो । १८ मंसिरमा केन्द्रीय समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गर्न खोज्दा तनाब भएपछि बैठक नै स्थगित गर्नुपरेको थियो । असोजमा जनकपुरमा राष्ट्रिय सम्मेलन सम्पन्न भएपछि १७ मंसिरदेखि राजधानीमा पहिलोपटक केन्द्रीय समितिको बैठक सुरु भएको थियो । १९ मंसिरमा बैठक सम्पन्न गर्ने पूर्वनिर्धारित कार्यक्रम तय भए पनि २२ मंसिरसम्म लम्बिँदासमेत विवादरहित बन्न सकेन 
- भवानीश्वर गौतम/नयाँ पत्रिका

1 comment:

  1. Its time to fight with maoist atrocities , why r you fighting among yourself ?

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक