20101209

जंगलमा घाँस काट्न गएका सर्वसाधारणको गोली हानेर हत्या

माओवादी पार्टीबाट संविधानसभाका सदस्य केशव राईलाई व्यक्ति हत्या गरेको अभियोगमा जिल्ला अदालतले पक्राउ गर्न आदेश
डडेलधुराको जोगबुढामा जंगलमा घाँस काट्न गएका सर्वसाधारणको अज्ञात हतियारधारीले बिहीबार गोली हानेर हत्या गरेका छन् । अपरिचित समूहको गोली प्रहारबाट श्रीमती घाइते भएका छन् । गोली लागेर जोगबुढा- ९ का ईन्द्रबहादुर विष्टको मृत्यु भएको छ भने उनकी श्रीमती लिला गम्भीर घाइते भएकी छन् । प्रहरी घटनास्थलबाट नफर्किएकाले थप विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । गाउँबाट समूहमा घाँस काट्न गएका सर्वसाधारणमाथि चार जना नकावधारीले गोली चलाएको....प्रत्यक्षदर्शीले जनाएका छन् ।
ओखलढुंगा जिल्ला अदालतले माओवादी पार्टीबाट संविधानसभाका सदस्य केशव राईलाई व्यक्ति हत्या गरेको अभियोगमा पक्राउ गर्न आदेश दिएको तथ्य खुलेको छ। सभासद् राईले ओखलढुंगाकै पदमबहादुर तामाङलाई २०६२ साल साउन १९ गते हत्या गरेको अभियोग लगाई २०६७ असार ९ गते ओखलढुंगा जिल्ला अदालतमा त्यहाँको सरकारी वकिलले मुद्दा दायर गरेका थिए। ती सभासद्लाई व्यक्ति हत्या गरेको अभियोगमा सर्वश्वसहित जन्मकैदको माग गरी अदालतमा मुद्दा दायर भएको हो। अदालतले ओखलढुंगा जिल्ला प्रहरी कार्यालयलाई ७० दिन भित्र सभासद् राईलाई पक्राउ गरेर ल्याउन गत असारमा नै आदेश दिएको थाहा भएको छ। अदालतले सभासद् राईलाई पक्राउ गर्न आदेश दिएको कुरा उनले नै सर्वोच्च अदालतलाई जानकारी दिएपछि सो विषय बाहिर आएको हो। उनले ओखलढुंगा जिल्ला अदालतले आफूलाई पक्राउ गर्न दिएको आदेश गैरकानुनी भएको दाबी गरी बुधबार सर्वोच्च अदालतलाई गुहारेका हुन्। उनले रिट निवेदनमार्फत सर्वोच्च अदालत गुहारेका हुन्। उनले रिट निवेदनमा उल्लेख गरेका छन्- म उपरको उक्त अभियोगपत्र तथा मुद्दाको कारबाही गैरकानुनी असंवैधानिक र विस्तृत शान्तिसम्झौता २०६३ को प्रत्यक्ष प्रतिकूल भएको स्पष्ट छ। सभासद् राईले नेपालको अन्तरिम संविधान बमोजिम सत्यनिरुपण तथा मेलमिलाप आयोग अविलम्ब गठन गर्नको लागि आदेश दिन पनि सर्वोच्च अदालतसँग माग गरेका छन्। ओखलढुंगा जिल्ला प्रहरी कार्यालयले अदालतद्वारा सभासद् राईलाई पक्राउ गर्न दिइएको आदेशलाई काठमाडौंका प्रहरी कार्यालयहरुमा पनि पठाएको बुझिएको छ। सभासद् राईले आफूलाई थुनछेक नगर्न पक्राउ नगर्नलगायतको आदेश दिन सर्वोच्च अदालतसँग गुहारेका छन्। उनको रिट निवेदनमा उल्लेख छ- शान्तिप्रतिको नेपाली जनताको चाहनालाई पूर्णता दिन जनताप्रतिको उत्तरदायीपूर्ण जिम्मेवारी बहन गर्नु भन्ने नेपाल सरकारको नाममा विशेष निर्देशनसमेत जारी गरी पाउँ। यसअघि ओखलढुंगा जिल्ला अदालतले माओवादीका सभासद् बालकृष्ण ढुंगेललाई पनि पक्राउ गर्न आदेश दिएको भए पनि सो आदेश हालसम्म पनि कार्यान्वयन भएको छैन। सभासद् ढुंगेलको बारेमा सर्वोच्च अदालतले नै उनीविरुद्ध गरेका तल्ला अदालतहरुले गरेको फैसलालाई सदर गरेपछि फैसला कार्यान्वयनको लागि उनलाई पक्राउ गर्न आदेश दिएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक