20101222

फेरी मिले एमाले र कङ्रेस, एमाले कुन बेला कता जान्छ भर नै छैन ! प्रचन्ड झलनाथलाई झल्लु बनाउने खेलमा !

झलनाथ द्वारा केपी र माकुनेलाई ब्यँग, माकुनेले फर्काए झलनाथलाई चेतावनी पूर्ण जबाफ !
प्रमुख प्रतिपक्ष दल माओवादी सहितका साना दलहरुले बिशेष अधिवेशनका लागि संसद सचिवालयमा दर्ता गराएको प्रस्तावलाई बिफल बनाउन कांग्रेस र एमालेले निर्णय गरेका छन् । एमाले संसदीय दलको कार्यालयमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले माओवादी सहितका साना दलले दर्ता गराएको प्रस्तावको बिपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् । दुई सत्तारुढ दलले आज गरेको निर्णय संगै माओवादी प्रस्ताव असफल हुने पक्का भएको छ । बैठक पछि सम्वाददाताहरुसंग कुरागर्दै कांग्रेस केन्द्रीय सदस्य अर्जुननरिसंह केसीले बिशेष अधिवेशनमा माओवादीले दर्ता गराएको प्रस्तावको बिपक्षमा पठाउने निर्णय गरेको जानकारी दिएका छन् । उनले अनमिनको...
 म्याद थप बिशेष अधिवेशन अन्त्य गरेर नियमित अधिवेशन गर्ने लगायतका बारेमा छलफल भएको बताए । त्यसै गरेर बैठकमा माओवादी शिविरमा रहेका लडाकुलाई बिशेष समितिका छिटो भन्दा छिटो ल्याउनका लागि बिशेष समितिको कार्ययोजना र समितिलाई प्रभावकारी बनाउने बारेमा सहमति भएको कांग्रेस नेता केसीले बताए । एमाले नेता तथा गृहमन्त्री भिम रावलले पनि बिशेष समितिमा लडाकु ल्याउनका लागि कार्ययोजना छिटो पारित गर्ने सहमति भएको बताए । अनमिनको समय थपका बारेमा छलफल भएपनि कार्ययोजना र बिशेष समितिमा लडाकुलाई ल्याउने बारेमा नै दलहरुवीच छलफल भएको हो । माओवादीले अनमिनको म्याद थप गर्नका लागि नयाँ प्रस्ताव लगे लगत्तै दलहरुवीच त्यस बिषयमा छलफल हुँदै आएको छ । बैठकमा कांग्रस संसदीय दलका नेता रामचन्द्र पौडेल गोपालमान श्रेष्ठ अर्जुननरिसंह केसी एमाले अध्यक्ष झलनाथ खनाल भिम आर्चाय भिम रावल लगायतका नेताहरुको सहभागिता रहको हाम्रा काठमाडौं सहकर्मीले जनाएका छन् ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पार्टीमा नीतिगत मतभेद नरहे पनि ब्यक्तिगत र जुँगाको लडाई यथावत रहेको स्वीकार गरेका छन् । एमाले संसदीय दलको बैठकमा अध्यक्ष खनालले केन्द्रीय कमिटिले गरेका निर्णयहरुमा सबैको सर्मथन रहेको दावी गरे । उनले सबैसंग सरसल्लाह गरेर निर्णयहरु गर्ने गरिएको पनि बताए । उनले नीतिगत बिवाद नरहेपनि ब्यक्तिगत समस्या नेताहरुमा हुने गरेको आरोप लगाएको बैठकमा सहभागि एक नेताले जनाएका छन् । पार्टीका प्रमुख नेता र सभासदहरुले नेतृत्वप्रति असन्तुष्टि जनाएपछि अध्यक्ष खनालले सबैसंग सरसल्लाह नै गरेर निर्णय गर्ने गरेको उल्लेख गरेका हुन् । उनले पार्टीका केही नेताहरुका सार्वजनिक अभिब्यक्तीले असन्तुष्टिका आवाज आउने गरेपनि त्यसले पार्टीलाई असर नपर्ने बताए । पार्टीमा जुँगाको आन्तरीक लडाईले गर्दा समस्या आएको बताउदै खनालले सबैको चित्त बुझाउने कुनै जडिबुटि भए उपलब्ध गराउन नेताहरुलाई ब्यङग गरे
प्रधानमन्त्री एवं एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले पार्टीलाई स्वयच्छाचारी ढङगले चालएको भन्दै असन्तुष्टि जनाएका छन् । एमाले संसदीय दलको बैठकमा बरिष्ठ नेता नेपालले पार्टीलाई एकलौटी रुपमा चलाएमा त्यसले दुर्घटना निम्ताउन सक्ने चेतावनी दिएको बैठकमा सहभागि एक सभासद्ले जानकरी दिएका छन् । पार्टी नेतृत्वले सरसल्लाह नै नगरेर निर्णयहरु गर्दै जाने गरेको बताउनु भएका उहाँले भविश्यमा त्यस्ता गल्ती नर्गन आग्रह गरे । कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेललाई प्रधानमनत्रीमा सहयोग गर्न भनेर दिएको अभिब्यक्तीलाई लिएर संसदीय दलमा सभासदहरुले चर्को आलोचना गरेपछि बरिष्ठ नेता नेपालले शान्ति प्रकि्यालाई समयमा निष्कर्षमा पुराउन तीन दलमा सुझाव मात्रै दिएको स्पष्टिकरण दिएको छ । पौडेलले पौडेललाई सर्मथन गरेको भन्ने बिषयको प्रतिवाद गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक