20101217

ऋषि धमला र कृष्ण सिटौलाले जुन अपेक्षासहित घटनालाई चर्काए परिणाम भने ठीक उल्टो भइदियो, यही घटनाले सुजाताको राजनीति नै धरापमा !

लहरो तान्दा पहरो जाने निश्चित !
परराष्ट्र मन्त्रालयबाट हरेक दिन वितरण गरिने पासपोर्ट मध्ये २० प्रतिशत जति पासपोर्ट गैरनेपालीका हातमा पर्ने गरेको अनुमान प्रहरीले गरेको छ। नक्कली कागजात पेश...
गरेर लिइएका ती पासपोर्ट ८० प्रतिशतभन्दा बढी बंगालादेशीहरूको हातमा पर्ने गरेको छ। विगत केही वर्षदेखि बंगालीहरूले नेपाली पासपोर्ट हात पार्ने क्रम तीव्र रुपमा बढेको देखिएको छ। यो धन्दाको मुख्य नाइके भने सुजाता कोइरालाका ज्वाइा रुवेल चौधरी भएको पुष्टी भएको छ। सुजाताकी छोरी मेलानी जोस्टसाग चार वर्षअघि बिहे गरेदेखि नेपालमा बस्दै आएका रुवेल चौधरी बंगलादेशी नागरिक हुन्। उनी नेपाल बस्नुको रहस्य अवैध धन्दा गरेर रातारात अर्वपति बन्नु रहेको छ। प्रतिपासपोर्ट ३ लाख रुपैयााभन्दा बढी लिएर आफ्ना बंगलादेशी बन्धुहरूलाई पासपोर्ट दिलाएबापत रुवेलले दैनिक लाखौा रुपैयाा आर्जन गरिरहेका छन्। उनको यो कार्य सुजाता कोइरालालाई पनि थाहा भएका बुझिएको छ। त्यसमाथि सुजाता कोइराला परराष्ट्रमन्त्री भएपछि थुप्रै मान्छेलाई अवैध रुपमा क्यानाडा अमेरिका र यूरोपली मुलुकका पठाइएको चर्चा छ। धन्दामा पनि सुजाताका ज्वाइा रुवेल चौधरी संलग्न रहेका छन्। क्यानाडा पठाइदिन्छु भनी रकम दिएका थुप्रै व्यक्तिले उजुरी गरेपछि सुजाताले त्यसबेलाका आफ्ना स्वीकार्य सचिव भरत सापकोटालाई बलीको बोको बनाई आफू र आफ्नो ज्वाइालाई त्यस घटनाबाट अलग देखाउन कोसिस गरेको बुझिएको छ। तर, सापकोटाले उति बेलै सबै धन्दा सुजाताको निर्देशनमा उनको घर ज्वााइले गरेको तर आफूलाई भिक्टिम बनाइएको गुनासो आफ्ना साथीभाइसाग गरेका थिए। सुजाताको घर ज्वाइाको धन्दा यत्तिमा मात्रै सीमित छैन। नेपालबाट अन्तर्राष्ट्रिय कल वाइपास गर्ने सञ्जाल पनि रुवेल नै चलाइरहेको प्रहरीको भनाइ छ। गत भदौ २४ गते ललितपुरको खुमलटारमा फेला परेको कल वाइपास केन्द्रबाट पक्राउ परेका बंगालीहरूले उक्त कल वाइपास केन्द्र रुवेल चौधरीको भएको र आफूहरू कामदारमात्रै भएको बयान दिएका थिए। प्रहरीले त्यो घटनापछि खोज्दै जाादा सुजाता कोइरालाको हात रहेको थाहा पाएको थियो। उपप्रधानमन्त्रीकै मान्छेले अवैध धन्दाको अखडा फेला परेपछि प्रहरी सलाम ठोकेर फर्किएको थियो। संसदीय छानविन समितिले नै कारवाहीका लागि सिफारिस गरेको सुडानको डफिरमा खटिएको नेपाली पुलिसको सामग्री खरिद घोटालाको मुख्य नाइके पनि रुवेल नै हुन्। नेपाल प्रहरीलाई ५० करोड घाटा पुगेको सो काण्ड पनि सुजाताकै दबाबका कारण कारवाही नभई थन्किएको छ। आफ्नै पार्टीका नेता प्रदीप ज्ञवालीको छानविन समितिले कारवाहीका लागि सिफारिस गर्दा पनि प्रधानमन्त्री माधवकुमार नेपालले सरकार जोगाउने नाममा सुजाता उनका आफन्तलाई चोख्याउादै आएका छन्। जर्मन नागरिकसाग बिहे गरे पनि बाउको शक्तिको आडमा नेपालमै राजनीति गरेर शक्तिमा पुगेकी सुजाता कोइरालाले आफ्नी विदेशी नागरिक छोरी मेलानी र विदेशी ज्वाइालाई समेत नेपालमै राखेर नेपालमा लुटतन्त्र चलाएको स्पष्ट भएको छ। रुवेल चौधरीको धन्दा पर्दाफास गरेर उसलाई जेलमा कोच्ने मात्रै होइन उनकी सासु सुजाताका कर्तुत पनि खोतल्नुपर्छ। कर्तुत खोतल्नेमात्रै होइन सुजाता कोइरालालाई कारवाही गर्ने हिम्मत गर्नुपर्छ। त्यसो त यसै पनि विदेशी उसै पनि विदेशी सुजाता कोइरालालई नेपाल र नेपालीको माया भयो कति छ भनने पनि प्रश्न छ। त्यति मात्र होइन रुवेल रारायनिक मल तस्कर भएको पनि बुझिएको छ।
गत शनिबार राति टाइगर टप्स रिसोर्टमा सुजाताका ज्वाइा रुवेल चौधरीको पूर्वयुवराज पारससाग भएको झगडामा पारसले हवाई फायर गरेको घटनाले लहरो तान्दा पहरो जाने निश्चित भएको छ। रुवेल चौधरी र सुजाता स्वयं पनि घटनालाई बाहिर ल्याउने पक्षमा थिएनन्। तर कांग्रेस नेता कृष्ण सिैटालाको दबाबमा घटना बाहिर अएको बुझिएको छ। रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले आफ्नो बेवसाइटमार्फत घटना सार्वजनिक गरिदिए भने धमलाले नै हिमालय टीभीबाट समाचार दिएपछि घटनाले ठूलो रुप लिएको थियो। सिटौला एन्ड कम्पनीले जुन अपेक्षासहित घटनालाई चर्काए परिणाम भने ठीक उल्टो भइदियो। यही घटनाले सुजाताको राजनीति नै धरापमा पर्ने देखिएको छ।

के कारवाहीका भागिदार पारसमात्रै हुन् त ?
- नविन अर्याल
युवराज छादा विभिन्न काण्ड मच्चाएर चर्चा र विवादमा आइरहने पूर्वयुवराज पारस शाह यसपटक पनि गोलीकाण्डका कारण चर्चामा आएका छन्। उनले परराष्ट्रमन्त्री सुजता कोइरालाकी ज्वाइा रुवेल चौधरीमाथि चितवनको टाइगर टप होटलमा बन्दुक तेर्साई हवाई फायर गरेपछि विवादमा तानिएका हुन्। उनमा अझै पनि राजतन्त्रको धङधङी नगइसकेकाले यस्तो काण्ड मच्चाउादै हिाडेको आमजनता र वुद्धिजीवीले लख काट्न थालेका छन्। पूर्वयुवराज पारसलाई अहिले प्रहरी नियन्त्रणमा चितवनमा राखिएको छ। पारसलाई प्रहरीले नियन्त्रणमा लिएपछि कतिपयले त्यस कार्यको विरोध गरिरहेका छन् भने कतिपयले उनलाई कारवाही हुनुपर्ने बताइरहेका छन्। आमजनता, बुद्धिजिवी, मिडियाबाट मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्।
पारसले रुवेलमाथि बन्दुक तेर्साएर मार्ने धम्की दिएको अर्को दिन निर्मल निवासबाट प्रेस विज्ञप्ति जारी गरी आफूले हवाई फायर गरेको स्वीकार गरेपछि मात्र यो कुरा बाहिर आएको हो। उनले विज्ञप्तिमार्फत रुवेलले नेपाल र नेपालीका विरुद्धमा बोलेपछि आफूले त्यो सहन नसकी हवाई फायर गरेको बताएका छन्। उता, रुवेलले भने पारसले आफूलाई राति बोलाएर राजनीतिक कुरा गर्न थालेको र मदिराले मात्तिएका पारसले राजतन्त्र उन्मुलन गर्ने गिरिजाप्रसाद कोइराला परिवारको ठूलो हात भएकाले तिमीहरू सबैलाई सिध्याइदिन्छु भन्दै कञ्चटमा पेस्तोल ताकेको बताएका छन्। उनले मण्डिखाटारमा पत्रकार सम्मेलन गर्दै पारस शाहले आफू र आफ्नो परिवारलाई मार्ने उद्देश्य लिएको हुादा धन्नैले बााचेको बताएका छन्।
पारसले निर्मल निवासबाट आफूले गल्ति गरेको स्वीकार गरेपछि र रुवेलले पारसप्रति लगाएको आरोपछि नेपाल सररकारले पारसलाई नियन्त्रणमा लियो। तर, घटनाका अर्का व्यक्ति रुवेललाई भने सरकारले अझै नियन्त्रणमा लिन सकेको छैन। जानकारहरू भन्छन् सरकारले पारसलाई नियन्त्रणमा लिएको र रुवेललाई अझैसम्म नियन्त्रण नलिनुको कारण राजनीतिक दवावले गर्दा हो। सरकारको शक्तिशाली मन्त्री सुजता कोइरालाको दवावमा सरकारले यस्तो एकपक्षीय कार्य गरेको हो। उसले सक्थ्यो भने रुवेललाई पनि नियन्त्रणमा लिएर सोधखोज गर्न सक्थ्यो। पारसले अरुमाथि पेस्तोल तेर्साउनु पक्कै पनि राम्रो होइन। उनले त्यस्तो कार्य गरेपछि सरकारले उनलाई कारवाही गर्नैपर्छ तर उनले कसरी गोली चलाए, उनलाई गोली चलाउन कसले उचाल्यो त्यो पनि खोजीनीति हुनुपर्छ। पारसका अनुसार रुवेलले आफ्नो देश र देशवासीप्रति अपमान गरेकोले आफूले सहन नसकी हवाई फायर गरेको बताएका छन्। यदि रुवेलले पारसले भनेझैं नेपालीको अपमान गर्न खोजेको भए त्यो कुनै पनि नेपालीले सहन सक्दैन। उनलाई नेपालमा बसेर नेपालीलाई गाली गर्ने अधिकार कसले दियो। सुजता कोइरालाकै ज्वाइा भैहाल्दैमा रुवेलले त्यस्तो घृणित कार्य गर्न कसरी पाए। यस कुराको सरकारले गहन खोजीनीति गरेर सत्यतथ्य पत्ता लगाई रुवेललाई पनि कारवाहीको दायरामा लिन सक्नुपर्थ्यो। त्यसो गर्न सरकारले किन सकेन। के यही हो नेपालको कानूनले दिएको अधिकार राजनीतिक दवावमै कसैलाई पाखा कसैलाई काखा गर्न कसरी पाइन्छ। यो कुरा सरकारले चााडै नै सोच्नुपर्ने अवस्था आएको छ। बाहिर सुन्नमा आएअनुसार रुवेल यसअगाडि पनि विभिन्न विवादस्पद क्रियाकलापमा संलग्न थिए। तर, उनलाई सधैा राजनीतिक संरक्षण राखिएको छ। हामीले यसो भनिरहादा पारसलाई कारवाही गर्नु हुादैन भन्न खोजेको पनि हैन उनले गाल्ति गरेपछि कारवाहीको भागीदार हुनैपर्छ। मैले यतिमात्र भन्न खोजेको हुा सत्य तथ्य सवै बुझेरबिना कुनै दवावमा कारवाही हुनुपर्‍यो। रुवेल पनि दोषि रहेछन् भने उनलाई पनि कारवाही गर्नुपर्‍यो। एउटा बंगलादेशी नागरिकले नेपालीलाई तथानाम गाली गर्छन् भने उनलाई छाड्नु हुादैन।
नेेपालमा यस्ता घटना पारसले मात्र नभएर अरु राजनीतिक व्यक्तिले पनि गरिरहेका छन्। कतिपय सभासद् र नेता हत्याकाण्डका आरोपी छन् तर उनलाई सरकारले कारवाही गर्ने कुनै चासो देखाउादैन्। कालीबहादुर खामजस्ता व्यक्तिलाई खुलेआम हिाड्न दिइरहेको छ। सिडियो पिट्ने मन्त्री करिमा बेगमलाई अझैसम्म कारवाही गरेको छैन। अरु यस्ता घटना दिनप्रतिदिन घटिरहेका छन्। यसप्रति सरकार र नेताहरूले त्यति चासो देखाउादैनन्। तर सुजाताकै ज्वाइा भएकै कारण रुवेल पारस घटनालई अहिले सरकार र नेताहरूले निकै चासो दिएर कारवाहीको लागि कस्सिरहेका छन्। नेपाली कांग्रेसका सभापति सुशील कोइरालालगायत ठूला नेताहरू पारसलाई कारवाही गर्नुपर्ने भन्दै लविङ सुरु गरेका छन्। यो सायद पहिलो घटना हो यसरी नेता र सरकार कारवाहीको लागि सक्रिय भएको। ठूलो मान्छेमाथि अन्याय भयो भने मात्र सरकार नेता यसरी सक्रिय हुने रहेछन्। सबै साधारणप्रति उनीहरू जस्तोसुकै घटना घटेपनि निस्त्रि्कय रहने गर्छन्। सरकारले दलका नेताहरूले पारस घटनामा जस्तै अरु घटनामा पनि सक्रिय देखाउनुपर्छ। पारसलाई जस्तै रुवेलको पनि सत्यतथ्य थाहा पाई उसलाई पनि कारवाही गर्नुपर्छ। यस्ता घटना जोसुकैले गर्छ त्यस्ता व्यक्तिलाई संरक्षण नगरी कारवाही गरेमा मात्रै सरकार र नेताले जनताको विश्वास जित्नेछन्। अन्यथा पारसलाई मात्र कारवाही गरेर देशमा शान्ति पक्कै पनि आउानेछैन।  
राजा महाराजा, धनी, गरिब सबैका लागी कानून बरावर -  सुजाता कोइराला
उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले आफ्ना ज्वाँई रुवेल चौधरी विरुद्ध लागेको आरोप प्रमाणित गर्न चुनौती दिएकी छन् । ईण्डोनेशियामा भएको बाली डेमोक्रेटिक फोरम र थाईलैण्डमा भएको एसीया मिडिल ईष्ट डायलगमा भाग लिएर स्वेदश फर्किनु भएकी कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै कसैको बारेमा जे पायो त्यही लेख्न नहुने बताइन् ।
अतिनै आक्रशित रुपमा बोल्दै सुजाताले रुवेल विरुद्ध आएको समाचारप्रति लक्षित गर्दै आफु पनि पत्रपत्रिकामा लेखाउन सक्ने बताइन् । कोइरालाले कानून सबैको लागी बराबर हुने भन्दै राजा महाराजा, धनी, गरिब सबैका लागी कानून बरावर हुने बताइन् ।
पारसको रिहाई प्रति असन्तुष्टि प्रकट गर्दै मान्छे मार्दै हिडने गोली ताक्दै हिडन र धम्कि दिदै हिडने मानिसलाई उन्मुक्ति दिन नमिल्ने सुजाताले बताएकी छन् ।
कोइरालाले पत्रिकामा जे पनि छपाउन सक्ने दाबी गरेकी छन्। ज्वाइँ रुबेल चौधरी करौडौं रुपैयाँको भ्रष्टाचार र गैरकानुनी क्रियाकलापमा संलग्न भएकोबारे मिडियामा आएका खबरबाट आक्रोशित बनेकी उनले शुक्रबार ब्याङ्ककबाट फर्केलगत्तै विमानस्थलमा भनिन्- जे पायो त्यही लेखेर हुँदैन; त्यस्तो त म जे पनि लेखाउन सक्छु।
प्रश्‍न गर्ने पत्रकारतर्फ इङ्गित गर्दै उनले भनिन्- 'तपाइँको बारेमा छापेर देखाइदिउँ !' विमानस्थलमा पुगेका पत्रकारलाई परराष्ट्र मन्त्री कोइरालाले ज्वाइँ रुबेलका अवैध क्रियाकलापको प्रमाण देखाउन चुनौती दिएकी थिइन्। प्रमाण पाएचाहिँ कारबाही हुन्छ ? भन्ने मिडियाकर्मीको प्रश्‍नमा उनले प्रमाण भए कारबाही गर्ने उत्तर दिएकी थिइन्। 
गोलिकाण्डका आरोपी पूर्वयुवराज पारस शाहले गर्ने भनेको पत्रकार सम्मेलन अन्तिम अवस्थामा आएर स्थगित
 टाइगर टप्स गोलिकाण्डका आरोपी पूर्वयुवराज पारस शाहले आज गर्ने भनेको पत्रकार सम्मेलन अन्तिम अवस्थामा आएर स्थगित गरेका छन् । शाहले पत्रकारहरुलाई घण्टौं कुराएर स्वास्थ्यको कारण जनाउँदै उनका समर्थक माधव भण्डारीमार्फत सम्मेलन स्थगीत भएको जानकारी दिएका थिए । पवत्रकार सम्मेलनका लागि फिस्टेल लज बाहिर विहानै देखि कुरेका पत्रकारलाई साढे दस बजेर आएर सम्मेलन स्थगीत भएको जानकारी दिएका थिए । तीन घण्टा भन्दा बढी समय पत्रकारहरु होटल परिसरमा पर्खेर बसेका थिए । लामो समय सम्म होटर परिसरमा सम्मेलनका लागि पर्खेर बसेका पत्रकारहरु कार्यक्रम स्थगित गरिएको खबर पाएपछि आक्रोसित बनेका थिए । भण्डारीले नेपाली आमाको सम्मान गर्दै सबै राष्ट्रप्रेमी नागरिकलाई धन्यवाद भन्दै पत्रकार सम्मेलन गर्न नसकेको जानकारी गराउँदै लजबाट फर्किन आग्रह गरेका थिए। 'हामीले काठमाडौं फिर्ता हुने बेलामा यहाँहरुलाई दर्शनभेट दिनेछौ' उनले भने, 'तर लामो समयदेखि प्रतीक्षा गर्नुभएकोमा धन्यवाद छ।'

पोखराबाट काठमाडौं आएका पूर्व युवराज पारस शाहको विमानस्थलमा भव्य स्वागत
पोखराबाट काठमाडौं आएका पूर्व युवराज पारस शाहको विमानस्थलमा भव्य स्वागत गरिएको छ। छत खुला गर्न मिल्ने मोटरमा चढेका उनलाई पुष्पगुच्छा दिनेले घेरिरहेका छन्। उनको समर्थनमा उत्रेकाले सुजाता कोइरालाको नागरिकता छानबिनको माग पनि गरे। उनलाई स्वागत गर्नेको काठमाडौं विमानस्थलमा यतिखेर भिड नै लागेको छ। पञ्चेबाजा र नाराजुलुससहित उपस्थित समूहले अहिले उनको पक्षमा नारा लगाइरहेको छ। पारसका शुभेच्छुकहरु विमानस्थलको डोमेष्टिक कक्षदेखि बाहिरैसम्म दोहोर लाइन हातमा फूल र गुच्छा लिएर बसेका थिए। फिस्टेल एयरको हेलिकोप्टरमा आएका उनी करिब १० मिनेट पैदल हिँडेका थिए।

उता विमानस्थल पस्ने मुख्य गेटअगाडि करिब १ हजार जना स्वागतका लागि बसे। उनीहरुसँग पञ्चेबाजा टोली पनि । स्वागतका लागि बसेकाहरु 'पारस सरकार जिन्दावाद' जस्ता नारा लगाइरहे। नारा लगाउनेले उपप्रधान मन्त्री सुजाता कोइराला जर्मन नागरिक भएको र उनको थर जोष्ट भएकाले उनको नागरिकता छानबिन गर्नुपर्ने नारा लगाए। उनीहरुले सुजाता र उनका ज्वाइँ रुबेल चौधरीविरुद्ध चर्का नारा लगाइरहे।

पारस शाह तीन बजे काठमाडौं आउने भनिए पनि ढिलो भएको थियो। उनी फिस्टेल एयरको हेलिकोप्टरद्वारा आए। उनको आगमनसँगै विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षा व्यवस्थामा सहभागी थिए।

उनको स्वागतका लागि राप्रपा नेता सगुन लावतीसहित अन्य नेता कार्यकर्ता, हिरो शिव श्रेष्ठ, ज्योतिष माधव भट्टराईलगायत् विमानस्थलमा उपस्थित थिए।

उपप्रधान मन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीलाई शनिबार चितवनको सौराहामा हवाइ फायरिङ गरेको भन्दै उनलाई प्रहरीले पक्रेको थियो। पक्राउको भोलिपल्टै चितवन प्रशासनले उनलाई १० हजार रुपियाँ धरौटीमा छाडेको थियो। लगत्तै पारस पोखरा गई बसेका थिए।- Verious Sources

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक