20101217

ठग बङलादेशी रुबेल मात्र होइन, हाम्रा पूर्व युबराज पारस पनि पुरा दोशी छन यो प्रकरणमा ! तसर्थ धैर्यता नगुमाउँ, सचेत होउँ !

सुजातालाई  के छ र केही समस्या परे जर्मन जान्छिन, उनको ठग ज्वाँई रुबेल बङलादेश जान्छन तर हामी नेपाली कहाँ जाने ??
राष्ट्र राष्ट्रियता र स्वाभिमान भन्दा ठुलो केही हुँदैन । तर यो बहनामा देख्दा देख्दै पनि अन्धो बनेर एकतर्फी कुरा गर्नु गल्तिलाई ढाकछोप गर्न खोज्नु अर्को अपराध हो । एउटा ठग र भ्रस्ट बङलादेशी रुबेल मात्र होइन, हाम्रा पूर्व युबराज पारस पनि पुरा दोशी छन यो प्रकरणमा । रिश उठ्यो भन्दैमा हवाइ फायर गर्ने सन्की प्रब्रितिलाई कत्ती पनि उचाल्ने काम गर्नु हुन्न, पारस सुध्रिनै पर्छ, गल्तीको मात्रा अनुसार कार्वाही हुनै पर्छ, नियम कानुन भन्दा माथि कोही हुनु हुन्न भन्ने हाम्रो स्पस्ट मान्यता छ। सबैले देखेकै कुरा हो, सुजाता मैसापले पावरको दुरुपयोग र राजनीतिकरण कती गर्नु भयो तर वहाँले गलत गर्नु भयो भनेर पारसले पनि उन्मुक्ती पाउनुपर्छ भन्न कदापी सकिदैन । पारसलाई...
 अली बढी काँध हाल्दा भोली झन बढी गलत काम गर्न हौसला नमिलोस बिगतका त्रुटीहरुबाट पाठ सिकेर पारस सुध्रुन, असल पूर्व युबराज पारस बनुन, हामी यत्ती मात्र भन्न सक्छौँ । गल्ती मान्छे बाट हुन्छन, गल्ती भैसकेपछि त्यसलाई स्विकारेर आत्मालोचना गर्नु महानता हुन्छ, फेरी गल्ती नगर्ने अठोटका साथ पाठ सिक्नु त्यो राम्रो पक्ष हो, त्यसैमा सबैको भलो हुन्छ। गल्तीलाई ढाकछोप गर्नु अनेक रङ दिन खोज्नु अर्को गल्ती हो र त्यो गल्ती मात्र होइन अर्को अपराध पनि हो । अब रह्यो रुबेल चौधरीको कुरा। उनी सुजाता शासु माताको आडमा नेपालमा बसेर कती गलत काम गर्दैरहेछन पर्दा खुली सकेको छ , एक पछी अर्को । जर्मन नागरिक सँग बिहे गरी नेपाली नगरिकता त्यागेपनी गिरिजापुत्री भएकै कारण हामी अन्धा अबिबेकी नेपालीले नै हो सुजाता लाई काँधमा बोकेर यो ठाउँ मा पुर्याएको । सुजातालाई  के छ र केही समस्या परे जर्मन जान्छिन, उनको ठग ज्वाँई रुबेल बङलादेश जान्छन तर हामी नेपाली कहाँ जाने ?? तसर्थ धैर्यता नगुमाउँ, सचेत होउँ, पारस को हवाइ फायर प्रब्रिति, सुजाता मैसापको पावर दुरुपयोग र देखिएको प्रब्रिति लाई हामीले निरुत्साहित गर्नै पर्छ । अब हामी नेपालीले नबुझ्ने हो र यिनै हावा पतझर हरुका पछाडि लागेर हिंड्ने हो भने हामी नेपाली सबलाई धिक्कार छ ।      

चितवन घटनाबारे पारसको बयान :

रुबेलले नेपाल भारतको उपनिवेश हो भन्यो

पर्ूवयुवराज पारस शाहले उपप्रधानमन्त्री सुजाता कोइरालाका छोरीज्वाइँ रुबेल चौधरीले नेपालको र्सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि आघात पार्ने काम गरेकाले चितवनस्थित टाइगर टप्स होटलमा विवाद भएको बयान दिएका छन् ।
२५ मंसिरमा भएको घटनाबारे प्रहरीलाई दिएको बयानमा पारसले बंगलादेशी नागरिक चौधरीले नेपाल र नेपालीको अपमान गरेकाले विवाद भएको तर आफूले गोली पड्काउने वा अश्लील शब्द प्रयोग नगरेको जिकिर गरेका छन् ।
होटलमा खाना खाइरहँदा रुबेल चौधरी स्वयं आफूसँग परिचय दिन आई विवाद गरेको उल्लेख गरेका छन् । 'रुबेलले नेपाल भन्ने देश भारतको एउटा उपनिवेश मात्र हो भन्ने अति तुच्छ अभिव्यक्ति दिएकाले प्रतिवाद गरेको हुँ,' पारसले भनेका छन् । बयानमा पारसले 'रुबेल चौधरीले आवेशमा आई शान्ति सेनामा खटी जाने -डार्फ केस) टोलीले प्रयोग गर्ने एपीसी -आर्म्ड पर्सनल करियर) सामग्री  खरिद प्रक्रियामा घोटाला गर्दा पनि मलाई के गर्न सक्यो भनेर आफ्नो अहम्ता देखाएको उल्लेख गरेका छन् । आफूले र्टार्न खोज्दा पनि रुबेलले आफ्नो परिवारलाई समेत गाली-गलौज गर्ने, हिन्दू धर्मप्रति अनास्था फैलाउने कुरा गर्दा विवाद भएको बयानमा उल्लेख छ ।
चितवन घटनाको अनुसन्धान अधिकृत रहेका प्रहरी नायब उपरीक्षक रविराज खड्काले गत २९ मंसिरमा पर्ूवयुवराज पारससँग बाबु र बाजेको नाम-थर सोधेर लिखित बयान सुरु गरेका थिए । राजधानीलाई प्राप्त बयानको फोटोकपी अनुसार बयानको क्रममा पारससँग नौ प्रश्न सोधिएको थियो ।
१. प्रश्न ः तपाईंको तीनपुस्ते विवरण खुलाई, लेखाई दिनुहोस् -
उत्तर ः बाजेको नाम महेन्द्र, बाबुको ज्ञानेन्द्र, मेरो पारस, थर शाह हो । उमेर ३९ वर्षभयो । घर जिल्ला काठमाडौं कामनपा वडा नम्बर-३ महाराजगन्ज निर्मल निवासमा पर्छ ।
२. प्रश्न ः प्रहरीको प्रतिवेदनलगायतका कागजातहरू पढिवाची सुनाई बयान कार्यका लागि उपस्थित गराएको व्यहोरा जानकारी गराइन्छ -
उत्तर ः प्रहरीको प्रतिवेदनलगायतका कागजातहरू पढिवाची सुनाउँदा, सुनी, पाई बयान कार्यका लागि उपस्थित गराएको व्यहोरा जानकारी भयो ।
३. प्रश्न ः तपाईंको स्वास्थ्य अवस्था कस्तो छ - बयान दिन सक्नुहुन्छ -
उत्तर ः मेरो स्वास्थ्य अवस्था ठीक छ, बयान दिन सक्छु ।
४. प्रश्न ः तपाईंलाई आपmनो विरुद्धमा साक्षी बस्न कर छैन, कानुन व्यवसायी राख्न पाउने व्यहोरा जानकारी गराइन्छ -
उत्तर ः उल्लिखित व्यहोराको सवाल पढी सुनाउँदा सुनी पाएँ, हाललाई कानुन व्यवसायी राखेको छैन । म आपै+m बयान दिन सक्षम छु ।
५. तपाईंले यसभन्दा पहिला कुनै फौजदारी अभियोगमा सजाय पाउनुभएको छ -
उत्तर ः छैन ।
६ प्रश्न ः तपाईंले मिति २०६७/०८/२५ गते राति चितवन राष्ट्रिय निकुन्जअर्न्तर्गत टाइगर टप्स होटलमा रुबेल चौधरीसमेतलाई अश्लील शब्दहरू बोली, बन्दुक पड्काई, डर त्रासमा पारी अशान्ति मच्चाएको भन्ने प्रतिवेदनमा उल्लेख छ - हो, होइन - भए के निहुँमा उक्त कार्य भए गरेको हो - यथार्थ खुलाइदिनुहोस् -
उत्तर ः मेरी जेठी छोरी पूणिर्काको जन्मदिनको अवसर पारेर मिति २०६७/०८/२२ गतेदेखि रो. २६ गतेसम्म चितवन राष्ट्रिय निकुन्जअर्न्तर्गत टाइगर टप्स होटलमा घुम्न परिवारसहित आएका थियौं । ऐ. २५ गते बेलुका ८,९ बजेको समयमा उक्त होटलको डायनिङ रुम -गोल घर) मा खाना खाइरहेको अवस्थामा रुबेल चौधरीसमेत सोही ठाउँमा आएपछि निजले मलाई आपmनो परिचय दिएपछि निज रुबेल चौधरीले मसँग छलफल गर्दा लाउडा विवाद, हेटौंडा कपडा उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, बोइङ ७५७ बेचेको कुरामा विवाद भयो । उसको परिवारले रुबेल चौधरीको नेपाल र नेपालीलाई के योगदान दियो भन्ने विषयमा समेत विवाद भएको थियो । विवाद हुने क्रममा मेरो परिवारलाई समेत निज रुबेल चौधरीले गाली गलौज गर्‍यो । नेपाल र नेपालीलाई होच्याउने कुरा गर्‍यो । हिन्दू धर्मप्रति अनास्था फैलाउने कुरा गरेपछि म आवेशमा आई भनाभनसम्म भएको हो । बन्दुक पड्काउने कार्य गरेको छैन । मलाई राज्यद्वारा नै सुरक्षा व्यवस्था र अंगरक्षक भएकाले मैले हतियार लिन र पड्काउन आवश्यक छैन ।
७. प्रश्न  ः मिति २०६७/०८/२७ गतेको नागरिक दैनिक पत्रिकासमेतमा १ राउन्ड हवाई फायर गरेको भन्ने कुरा उल्लेख छ नि, कसो हो त -
उत्तर ः मैले उक्त पत्रिकासमेतमा हवाई फायर गरेको कुरा भनेको होइन । मेरा शुभचिन्तकहरू कसैले दिएको भए मलाई थाहा भएन ।
८. प्रश्न ः यसमा तपाईंको अरू भन्नु केही छ कि - तपाईसँग अरू को को हुनुहुन्थ्यो -
उत्तर ः मैले रुबेल चौधरीलाई अश्लील शब्दहरू बोलेको छैन । उल्टो निजले आवेशमा आई अश्लील शब्दहरू बोलेका हुन् । निजले माथिका कुराहरूका अलावा शान्ति सेनामा खटी जाने -र्डार्फर केश) टोलीले प्रयोग गर्ने एपीसी -आर्म्ड पर्सनल क्यारियर) सामग्री खरिद प्रक्रियामा घोटाला गर्दा पनि मलाई के गर्न सक्यो भनेर आपmनो अहम्पना देखाएका र नेपाल भन्ने देश भारतको एउटा उपनिवेश हो भन्नेजस्ता तुच्छ र नेपाल र नेपालीका मन छुने अपशब्दहरू प्रयोग गरेका थिए । यस्तै कुराहरूले गर्दा विवाद भएको थियो । भनाभन हुँदाको अवस्थामा मेरो परिवार सुत्न गइसकेको थियो । उक्त समयमा आदर्श विक्रम राणा, अभय शाह, राजीवराज शाही र फणिन्द्र भण्डारीसमेत थिए ।
९. प्रश्न ः तपाईंको बयानको स.ज.१ देखि ८ गतेसम्म पढिवाची सुनाइन्छ - तपाईंले भनेबमोजिम लेखिएको ठीक छ, छैन, खुलाइदिनुहोस् -
उत्तर ः ज.९ उल्लेखित बयान पढिवाची सुनाउँदा सुनी पाएँ, मैले भनेबमोजिम लेखिएको ठीक छ भनी सही गर्ने निज प्रतिवादी ।
पारस शाह
इति संवत् २०६७ साल मंसिर २९ गते रोज ४ मा शुभम् ।

    

1 comment:

  1. Dear all !
    The culprits- Madhab nepal, Sujata Jost-German citizen and the darty
    Rubel must be punished. Why the German citizen is minister in Nepal ?
    Why the Indian agent-Madhab Nepal ordered the pulice force to capture
    the Crown Prince-Paras without cause and evidences? Crown
    Prince-Paras is a best nationalist and honest. But, the culprits
    mideas and the traitors want only to demoralaze identity of monarchy.
    The Nepal army should think the reality.Now, where is Nepal Army ? Is
    Nepal Army also became the follower of the traitor's regime? In such
    situation, Nepal ARMY should think to save the identity,prestige and
    sovereigntity of Nepal. Nepalese Monarchy, Nepalese people and the
    Nepal ARMY are the sources of Nepal's sovereigntity. Then, Why Nepal
    army is confused ?
    Please, think, decide and work for the country.
    Thank you

    Dirgha Raj Prasai

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक