20101221

माओवादीको अर्को च्याँखे दाउ : सके सम्म प्रचन्डकै प्रधानमन्त्रित्वमा सरकार, नसके माओवादी निकट एमाले अध्यक्ष्य झलनाथ खनालको !

बाबुरामलाई फेरी लोप्पा, माओवादी बिभाजन कत्ती बेर छैन !
एकीकृत नेकपा माओवादीले शान्ति र संविधानको सुनिश्चितताका लागि आफ्नै नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार गठन हुनुपर्ने कुरामा जोड दिएको छ। अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँबजारमा आज बसेको पदाधिकारी बैठकले संविधानसभा, व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल हुनुको हैसियतले सकेसम्म आफ्नो नेतृत्वमा संयुक्त सरकार बनाउनु नै न्यायसङ्गत हुने ठहर गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेसम्म आफ्नो पार्टीले कुनै व्यक्ति विशेषलाई प्रधानमन्त्री बनाउने आधिकारिक घोषणा नगरेको स्पष्ट पार्दै भने –'हाम्रो पार्टीले नयाँ सरकार, शान्ति र संविधान लेखनका....
लागि सबै विकल्पमा छलफल गर्न तयार छ तर संयुक्त राष्ट्रिय सरकारको अडान अहिलेसम्म छाडेको छैन।' एकीकृत नेकपा माओवादीले प्रचन्डनै हुनु पर्ने नभए बिकल्पमा  एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री स्कीकार्ने भन्ने कुरा  भएको  बताए। राजनीतिक दलले नयाा सरकार गठनका लागि सहमति जुटाउन सकेका छैनन। शान्ति प्रकृयाको अनुगमन गर्न आएको संयुक्त राष्ट्र संघीय नेपाल मिसन अनमिन शान्ति प्रकृया अलपत्र रहेकै अवस्थामा आगामी माघ एक गतेबाट फिर्ता जाादैछ। अनमिन फिर्ता गएपछि शान्ति प्रकृया के हुने भन्ने अनिश्चय बढीरहेकै वेला भारतीय विशेष दुत नेपाल आउने तरखरमा छन्। राजनीतिक दलवीच असहमति बढीरहेको र संविधान सभाको सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादी नेतृत्ववीच विवाद चर्किएको वेला भारतीय दुतको नेपाल आगमनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ। उच्चस्तरीय स्रोतका अनुसार अनमिन फिर्ता हुनुअघि नै भारत सरकारले नेपालका राजनीतिक पार्टीसाग छलफल गर्नका लागि विशेषदुत नेपाल पठाउदैछ। विशेषदुतका रुपमा भारतीय विदेश मन्त्री एम एस कृष्णा अथवा सचिव निरुपमा राव मध्ये एक हुने वताइएको छ। अनमिन फिर्ता भएपछि नेपालको शान्ति प्रकृयामा भारतीय भूमिका बढ्ने निश्कर्षका आधारमा भारतले नेपालमा आफ्ना दूत पठाउन लागेको स्रोत बताउाछ। भारतकै सहमतिमा तत्कालिन सातदल र माओवादी वीच नयाा दिल्लीमा १२ बाुदे सहमति भएपछि माओवादी शान्ति प्रकृयामा आएको भएपनि माओवादीको पछिल्लो गतिविधि प्रति भारतको गहिरो चासो रहेको छ। शान्ति प्रकृया असफल भएको अवस्थामा अन्तर्राष्ट्रिय समूदाय सामु दोष बोक्नु पर्ने तथा शान्ति प्रकृया सफल भए त्यसको 'जस' लिन पाइने भएकाले पनि भारतले नेपालको शान्ति प्रकृयालाई अभिरुचीपूर्वक हरेको विश्लेषकहरु बतााउछन्। तर, घटनाक्रमले नेपालको शान्तिप्रकृया सहजढंगले अवतरित हुने सम्भावना क्षिण हुादै गएको छ। अनमिन फर्किने पूर्व सन्ध्यामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हाडलाइनर नेता मोहनवैद्य किरण वीच आश्चर्यजनक ढंगले मिलापत्र भएको छ। पालुङटार वैठक अघि सम्म लोकतान्त्रिक गणतन्त्रको कार्यसूचीमा हिडिरहेको माओवादी पुस २ गतेको केन्द्रीय समिति वैठकपछि पुरानो कार्यनीतिलाई छोडेर जनविद्रोहको लाइनमार्फत जनवादी संविधानको दिशामा ढल्किएपछि नेपाली राजनीति अनिष्ठ तर्फ धकेलिने संकेत देखिन थालेको हो। यद्यपी चुनवाङ वैठकबाट माओवादीलाई लोकतान्त्रिक गणतन्त्रमा अवतरण गराएका डा. बाबुराम भट्टराईले प्रचण्ड र वैद्यबीचको मिलापत्र अस्वीकार गर्दै असहमति जाहेर गरेकाले मुलुक दुर्घटना हुनबाट बच्ने झिनो आशा भने बााकी नै छ। उपाध्यक्ष भट्टराइ आफ्नो निर्णयमा अडिक रहन सकेको अवस्थामा मात्रै मुलुकले नयाा संविधान पाउाछ। चुनवाङ बैठकबाट डा. बाबुरामको लाइनमा विलिन भएका कारण भारतले प्रचण्डलाई विश्वास गरेको थियो। तर, पुस २ को वैठकमा प्रचण्ड र बैद्यवीच नाटकीय शैलीमा भएको मिलनबाट पनि नयाा दिल्ली झस्केको स्रोत बताउाछ। विश्लेषकहरुका अनुसार अहिले नयाा दिल्ली माओवादीले विश्वासघात गरेको निश्कर्षमा पुगेको छ। भारतीय सहयोगमा शुरु भएको शान्तिप्रकृया मार्फत सबैभन्दा ठूलो दल भइ सरकारको नेतृत्वसम्म गर्न पुगेका प्रचण्डले भारतसाग गरेको सहमति अनुरूप व्यवहार गरेका छैनन्। पछिल्ला दिनमा शान्ति प्रकृयालाई जनविद्रोहको रापमा हालेर भारतलाई समेत अन्तराष्ट्रिय समूदायसामु लज्जित बनाउने दिशामा प्रचण्ड हिडेको नयाा दिल्लीको ठम्याइ रहेको स्रोत बताउाछ। त्यसो त नेपालमा अनमिन आएकोमा भारत शुरु देखि नै वेखुसी थियो। आफ्नो सहयोगमा १२ बुादे सहमति भएकोले शान्ति प्रक्रिया सम्पन्न नभएसम्म नजिक रहने त्यसको 'जस' आफूलाई प्राप्त हुने आशा भारतले राखेको थियो। शान्ति प्रकृयामा संलग्न सात राजनीतिक दलले अनिच्छा राख्दा राख्दै माओवादी कै इच्छामा राष्ट्रसंघीय मिसन नेपाल आएपछि भारतले आफ्नो हात तल परेको महशुस गरेको थियो। अनमिन रहदा नेपालको शान्ति प्रकृयामा अमेरिका तथा युरोपेली मुलुक हावी भएका थिए। नेपालमा पश्चिमाको लविङबाट असन्तुष्ट भारत अनमिनको फिर्ता पछि स्वतः आफ्नो भूमिका बढ्नेमा विश्वस्त छ। स्रोतका अनुसार भारतीय दूत अनमिन फिर्तापछि भारतीय भूमिका बारेमा दलहरुसाग छलफल गर्न नेपाल आउन लागेका हुन्। अनमिन गएपछि शान्तिप्रकृया अनुगमन गर्ने विषयमा दलवीच सहमति भएको छैन। अनमिन जानुअघि त्यो अनुगमन प्रणलीमा भारतले थोरै भएपनि आफ्नो रोल खोजिरहेको विश्लेषकहरु वतााउछन्। मुलुकमा पााच महिना देखी कामचलाउ सरकार छ। माओवादीले भारतले नयाा सरकार गठन हुन नदिएको आरोप सार्वजनिक रुपमै माओवादीले लगाएको छ। आगामी जेठ १४ गते संविधान बन्न नसकेको अवस्थामा त्यसपछि के हुन्छ भन्ने गम्भीर र जटिल विषय मुलुकका सामु छ। वर्तमान र भविश्यका घटनाक्रमबाट सिर्जना हुने परिणामका कारण पनि नयाा दिल्लीलाई काठमाडौंको चिसो राजनीतिले तानेको हो। विश्लेषकहरुका अनुसार भारत नेपालको शान्तिप्रकृया सहज ढंगले सफल होस् भन्ने पक्षमै छ। आफूले रोपेको शान्ति प्रक्रियाको सफल अवतरण भए भारतीय माओवादीलाई पनि वार्ता मार्फत मूलधारमा ल्याउन सकिने विश्वासमा नयाा दिल्ली छ। तर, भारतीय माओवादीले नयाा दिल्लीको टाउको दुखाइरहेको अवस्थामा नेपालका माओवादी (प्रचण्ड वैद्य) पक्ष शान्ति र संविधानको लिक छोडेर जनविद्रोहको भाषा बोल्दा भारतीय माओवादी हौसियका छन्। जसले गर्दा बाबुराम पक्षलाई माओवादीमा हावी गराउन भारतले स्वभावतः खुला दिलले सहयोग गर्नेमा विवाद छैन। भारतीय दूतको नेपाल भ्रमण ध्रुविकृत हुदै भीरको डिल तर्फ पनि गइरहेको राजनीतिलाई मिलाउने दिशामा केन्द्रित हुने वताइएको छ। यसका लागि उसले लोकतान्त्रिक शक्तिको नेतृत्वमा नयाा सरकार गठनका लागि सहयोग गर्नेछ। स्रोतका अनुसार अनमिन जानुअघि नेपालमा नयाा सरकार गठन हुने सम्भावना छैन। तथापी अवको सरकारको नेतृत्व गर्ने सम्भावना फेरि पनि एमालेलाई नै प्राप्त हुने सम्भावना बढेको छ। त्यसो भएमा एमाले अध्यक्ष झलनाथ खनालले मुलुकको नेतृत्व गर्ने अवसर पाउने छन्। शान्ति प्रकृया तार्किक निश्कर्षमा पुगी संविधान निर्माण हुने वातावरण वनेमा माओवादीमा डा. बाबुराम हावी हुने तथा मुलुकमा लोकतान्त्रिक शक्ति हावी हुने अन्यथा नेपालमा लोकतन्त्रवादी र अतिवादीवीच पुनःद्वन्द्व हुने निश्चित छ। माओवादीको प्रचण्ड वैद्य पक्षले जनविद्रोहको आधार खडा गर्ने संघर्षका कार्यक्रम ल्याउने तयारी गरिरहेकाले पनि माओवादीमा प्रचण्ड वैद्य पक्षधरले भट्टराईलाई भारत परस्तको आरोप लगाउादै सार्वजनिकरुपमै मानमर्दन गरिरहेका छन्। माओवादीलाई शान्ति प्रकृयामा ल्याउन ठूलो भूमिका खेलेका डा. बाबुरामलाई नेतृत्वमा स्थापित गर्न भारत माओवादी भित्र पनि गतिलै ढंगले खेलिरहेको विश्लेषकहरु बतााउछन्। भट्टराईले आफ्ना विचारलाई कार्यकर्ता सम्म पुर्याउने पार्टी भित्रै लडाई लड्ने वताएका छन् भने हाडलाइनर वैद्यले क्रान्तिको रक्षा गर्न पार्टी फूटाउन पनि तयार हुने जनाउ दिइसकेका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक