20101220

माओवादी उपाध्यक्ष्य भन्छन "लुटिएका, खोसिएका, कब्जा गरिएका घर सम्पत्ती फिर्ता गर्ने होइन अझै अरु कब्जा गर्ने हो ! "

नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले स्कुल, क्याम्पस, विश्वविद्यालयलाई व्यारेक बनाउने धम्की दिएको केही दिन बित्न नपाउँदै सोही पार्टीका उपाध्यक्ष मोहन वैद्यले नेपालगन्जमा गएर लुटेका सम्पत्ति र जग्गा फिर्ता गर्ने होइन, क्रान्तिलाई निर्णायक मोडमा पुर्याउनका लागि अझ बढी लुट्न र हडप्नका लागि कार्यकर्तालाई उकासेका छन्। उपाध्यक्ष वैद्यले सो कुरा माओवादी निकट किसान सम्मेलनमा बताएका हुन्। पार्टीभित्र उग्र धारको नेतृत्व गर्दै आएका वैद्यले माओवादीले लुटेका घरजग्गा र सम्पत्ति फिर्ता गर्न सरकारलगायत अन्य राजनीतिक दलहरूले आग्रह गरिरहेका बेलामा नेता वैद्यले अझै जनताका सम्पत्ति लुट्न र सम्पत्ति कर्ब्जा गर्नका लागि कार्यकर्ताहरूलाई फर्मान जारी गरेर जनता र अन्य राजनीतिक दलहरूलाई उही द्वन्द्वकालको पारा र शैलीमा धम्क्याउन थालेका छन्। त्यतिमात्रै होइन, नेपालगन्जमा आयोजित एक कार्यक्रममा कमचलाउ......
 सरकारलाई सेना समायोजन र शान्तिप्रक्रिया अघि बढाउने अधिकार नभएको उद्घोषसमेत उनले गरेका छन्। उनले नयाा सरकारको गठनपछि मात्र सेना समायोजन र शान्तिप्रक्रिया अगाडि बढ्ने बताएका छन्। उनको सो कुराले माओवादी नेताहरूले सेना समायोजन र शान्तिप्रक्रियाका बारेमा यसअघि बोलेका सबै कुरा ढााट मात्रै रहेछन् भन्ने निष्कर्ष सजिलैसाग निकाल्न सकिने भएको छ।
माओवादीका नेताहरूले केही दिनयता बोलेका धम्कीपूर्ण भाषाको जवाफ दिने क्रममा कांग्रेसका सभापति सुशील कोइरालाले डर, धम्की र जोरजवस्तीको बाटो छोडेर शान्तिको बाटो आगाल्न माओवादीलाई आग्रह गरेका छन्। कोइरालाले पार्टीहरू बीचका द्वन्द्वले मुलुक अफगानिस्तानभन्दा पनि नराम्रो स्थितिमा पुग्ने बताएका छन्। पालुङटारमा सम्पन्न भएको राज्यसमितिको बैठकमा पार्टीको भावी कार्यदिशा टुङ्गो लगाउन असफल भएका नेताहरू अहिले आपसमा कार्यकर्ताका बीचमा चर्को क्रान्तिका कुरा गर्ने होड नै चलेको छ। अखिल क्रान्तिकारीको विद्यार्थीको सम्मेलनमा माओवादीका अध्यक्ष दाहालले प्रतिक्रान्तिकारीबाट षड्यन्त्र भए प्राप्त उपलब्धि गुम्न नदिन विश्वविद्यालयलाई व्यारेक बनाउने चेतावनी दिएको केही दिनपछि अर्का क्रान्तिकारी नेता वैद्यले क्रान्तिका लागि थप जनताको जग्गा कर्ब्जा गर्ने र सम्पत्ति लुट्नका लागि गरिएको उर्दीलाई कसरी अर्थाउने होला?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक