20101229

Breaking News....! प्रचण्डद्वारा बाबुराम माथि कारबाही गर्न स्थायी समितिमा प्रस्ताब, माओवादी भित्र गुटबन्दी र बिबाद बढ्दै !

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईबीच स्थायी समिति बैठकमा देखिएको मनमुटावले पार्टीको निर्धारित सबै कार्यक्रमहरु स्थगित
माओवादीका कार्यकर्ताहरुले बैतडी जिल्लाको कुवाकोट गाउँमा एक गर्भवती महिलासहित चारजनालाई पिटेर घाइते !
मुलुकमा चाँडै राजनीतिक विष्फोट हुने सूर्यबहादुर थापाको चेतावनी
एकाबिहानै उठेर नेपालको राम्रो समाचार सुनाउला भन्यो बिडम्बनाको कुरा खाली नराम्रा दु:खद समाचार, नेपाल र नेपालीका लागि पिँडादायी समाचार मात्रा सुनाउनु पर्छ के गर्नु !  उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी पद्धति र निर्णयविपरीत अभिव्यक्ति राखेको आरोपमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनीमाथि अनुशासन कारबाहीको प्रस्ताव ल्याएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्। प्रधान विषयलाई पन्छाएर बैठकलाई विषयान्तर गर्न खोजेको भन्दै वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र भट्टराई समूहका नेताले आपत्ति जनाएका छन्। अघिल्लो साता एक दैनिकमा प्रकाशित भट्टराईको अन्तर्वार्ता र त्यसअघिपछि विभिन्न सञ्चारमाध्यममा उनको अभिव्यक्तिको फेहरिस्त तयार गरी दाहालले कारबाही प्रस्ताव.......
गरेका हुन्। भट्टराईले जनविद्रोह गर्ने पार्टी निर्णयमा सैद्धान्तिक रूपमा सहमत भए पनि अहिले शान्ति र संविधानलाई जोड दिनुपर्ने धारणा व्यक्त गर्दै आएको प्रति दाहालले असन्तोष व्यक्त गरेका छन्। पुस २ गते सम्पन्न केन्द्रीय समिति बैठकमा भट्टराईले संविधान बन्ने सम्भावना न्यून रहेको भन्दै जनविद्रोहमा जाने पार्टी निर्णयविपरीत 'नोट अफ डिसेन्ट' लेखेका थिए। फरक मत लेख्ने आफ्नो निर्णय सञ्चारमाध्यममार्फत सार्वजनिक गरेको बारे दाहाल उनीसँग स्पष्टीकरण सोध्ने निचोडमा पुगेका हुन्। भट्टराई समूहका एक स्थायी समिति सदस्यका अनुसार उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेललगायतले अध्यक्ष प्रस्तावमा समर्थन जनाउ"दै अविलम्ब कारबाही माग गरेका थिए। केन्द्रीय समितिको २ गतेको बैठकले पार्टीभित्रका असहमति बहसका रूपमा विचारधारा नामक पत्रिकामार्फत मात्र बहस चलाउने निर्णयविपरीत भट्टराईले पत्रिकाबाजी गरेको भन्दै कारबाही प्रस्ताव ल्याइएको छ। उपाध्यक्षद्वय वैद्य र भट्टराई पक्षधरले विधि, प्रक्रिया स्पष्ट नभएकाले नै यस्तो समस्या आएको तर्क गरेका थिए। उनीहरूले विधि र प्रक्रियाबारे छलफल गर्न सकिने तर यसैलाई लिएर कारबाही अघि बढाउन नहुने जिकीर गरेकाछन् । केन्द्रीय समितिले प्रचारप्रसारमा जाने विधि र प्रक्रिया बनाउने जिम्मा स्थायी समिति र पोलिटब्युरोलाई दिएको छ।
हाम्रा काठमाडौं सम्बाददाताका अनुसार अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईबीच स्थायी समिति बैठकमा देखिएको मनमुटावले पार्टीको निर्धारित सबै कार्यक्रमहरु स्थगित भएको छ। उपाध्यक्ष भट्टराईले पार्टी पद्दति र निर्णय विपरित बोलेकाले अनुशासनको कार्वाही हुनुपर्ने प्रस्ताव राखेपछि बुधबार एकाएक सबै कार्यक्रम स्थगन गरिएको छ। अध्यक्ष दाहालले भट्टराई विरुद्ध लिएको प्रस्तावमा अर्का उपाध्यक्ष मोहन वैद्य पक्षधर स्थायी समिति सदस्यहरुले आपत्ति जनाएपछि पार्टीभित्रको समिकरण बिग्रिएको छ। दाहालले बुधबार विहान केही गृहकार्य नपुगेको कारण देखाउँदै स्थायी समिति बैठक, १६ गतेदेखि हुने पार्टीको आन्तरिक प्रशिक्षण सबै स्थगित गरिएको छ। 'भट्टराईलाई कार्वाही गर्नुपर्छ भन्ने अध्यक्ष दाहालको प्रस्तावमा स्थायी समितिमा धेरै सदस्यहरुले आपत्ति जनाएपछि उहाँ (दाहाल) झस्किनु भएको छ। एकाएक विहान सबै कार्यक्रम स्थगित भएको जानकारी आएको छ', एक स्थायी समिति सदस्यले भने।
             उता माओवादीका कार्यकर्ताहरुले बैतडी जिल्लाको कुवाकोट गाउँमा एक गर्भवती महिलासहित चारजनालाई पिटेर घाइते बनाएका छन्। कुटपिटबाट कुवाकोट गाउँ विकास समिति–६ का माओवादीका जिल्ला कमिटी सदस्य तथा नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका जिल्ला उपाध्यक्ष हरिलाल विश्वकर्मा, उनकी श्रीमती कविता र दुईजना गाउँले गम्भीर घाइते भएका छन्। दोषीमाथि कारबाहीको माग गर्दै पीडितहरूले स्थानीय प्रशासनसमक्ष अनुरोध गरेका भए पनि घटनास्थलतर्फ जानबाट प्रहरीलाई रोकिएको जनाइएको छ।

              यता काठमाडौंमा  राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राजनीतिक दलहरु दलगत स्वार्थ त्यागेर राष्ट्रिय हितमा नआए मुलुकमा चाँडै राजनीतिक विष्फोट हुने चेतावनी दिएका छन् ।बुधबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने –बेलैमा प्रमुख तीन दलले नसोच्ने हो भने राजनीतिक, सामाजिक र आर्थिक बिकृतिले विष्फोटक रुप लिने छ । र त्यस्तो बिष्फोटले कसलाई कति क्षति पुर्‍याउछ भनेर यकिन गर्न सकिदैन् । मुलुकका सबै समस्याको बाधक भनेको दलहरुको स्वार्थ भएको भन्दै अध्यक्ष थापाले उनीहरुले स्वार्थ नत्यागेसम्म सहमति हुन नसक्ने ठोकुवासमेत गरे । तीन ठूला दल माओवादी, काग्रेस र एमालेले राष्ट्रिय स्वार्थलाई मात्रै हेरेर अघि बढे पन्ध्र मिनेटमै सहमतिको आधारमा मुलुकले नयाँ प्रधानमन्त्री पाउने उनको भनाई रहेको छ । थापाले हालको राजनीतिक अस्थितरतालाई ठिक ठाउँमा ल्याउन प्रजातान्त्रिक संस्था र राजनीतिक दलहरुबीचको एकता हुनुपर्नेमा जोडसमेत दिए ।

1 comment:

  1. यो DALLAS BRO लाई फेरी कुरो को चुरो भन्न् मन लाग्यो । त्यो के त भन्दा कुकुर हरु को बिच मा गएर हामी ठाउँ ठाउँ मा स्कुल खोल्छौ यो देश ka जनता लाई educated बनाउछौ भन्दा कुकुर लाई आनन्द लाग्दइन । यो हो मुख्य कुरो । कुकुर को बिच मा गएर भुक्नु पर्छ अर्थात प्रचन्ड ले जथाभवी बोल्नु पर्छ र ताली पित्छन murkh मान्छे हरु ले । स्कुल लाई ब्यर्‍ेक बनाउछु भन्दा ताली पित्ने कुकुर न बएर के चै हो त bro को प्रश्न ? बाबु राम भनेको अली फरक मान्छे हो शायद उस्को मुटु फुतालेर हेर्ने हो भने म लाई विश्वाश छ् उस्लाई १५००० मान्छे मारेको पछुतो छ्। कुरो को चुरो एइ हो । अझै कुकुर जम्मा पारेर नेपाली हरु को मिर्त शरीर को सिनो खाने अथवा देश जहाँ छ् यहाँ बाट शान्ती तिर अघी laane । १० बर्ष मान्छे मार्दा प्रचन्ड को भुँडी ठुलो भयो जड्यहा छोरो ले मोज गर्‍यो तर नेपाली ले सप्पै थोक गुमाये केइ पाएनन । अझै पनि यो कुरो नेपाली ले बुझेका छैनन । कुरो को चुरो अझै बुझेनन बाबै । सबै भन्दा आत्मसमर्पन्बादी को हो? भारत मा बसेर नेपाली आमा का कोख रित्त्याउने को हो? एइ लडाईं हो माओवादी भित्र .............

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक