20101228

हिउँदे अधिवेशन पुस २५ गते ! संबिधान र शान्ती दिन नसके पनि महिनाको ६८ हजार झ्वाम त पार्नै पर्‍यो !

६०१ मान्छे रुपी भेडा बाख्राहरुको हिउँदे अधिवेशन पुस २५ गते ! संबिधान र शान्ती दिन नसके पनि महिनाको ६८ हजार झ्वाम त पार्नै पर्‍यो ! ६०१ मध्ये मरेर गएका बाहेक २५० जना भन्दा बढी अशिक्षित, आधा भन्दा बढी त संबिधान कुन चराको नाम हो ? भनेर सोध्ने खालका छन, "पार्टीलाई सहयोग गरेका समानुपातिकमा परेका" बिचरा यि सभासद हुन कि सभासात हुन, यिनिहरुलाई नेपाली जनताले भेडा बाख्राको संघ्या दिन्छन, मान्छे रुपी तर मान्छेमा हुनु पर्ने गुण नभएका भनिने यि भेडा बाख्राहरुको तलब भत्ता भने अच्छा नै छ ! ६०१ ले हरेक...
महिना तलब, भत्ता, घरभाडा, टेलिफोन, यातायात, पत्रपत्रीका, आदी आदी भनेर एक जना बराबर ६८ हजार भन्दा बढी नेपाली जनताको रगत पसिनाबाट उठाएको करबाट सुबिधा लिन्छन, यि ६०१ भेडा बाख्रा हरुको कुनै काम छैन, यिनिहरु लाई बाँधेर राख्छन केही टाउके नेताहरुले र आफुले सबै हुने नहुने निर्णय गर्छन् । बेला बेला यि भेडा बाख्राहरुलाई संबिधान सभा नामको यो अली राम्रो खोरमा लगिन्छ जहाँ हुने केही होइन मात्रै नहुने काम गर्न नहुने काम मात्र गरिन्छ । अब यसैलाई सभ्य भाषामा भन्दा यसरी भनौँ की :  "राष्ट्रपति डा. रामवरण यादवले पुस २५ गते आइतबार अपराह्न ४ बजेका लागि संसद्को नियमित हिउँदे अधिवेशन बोलाएका छन् । तीन दलबीच गत बिहीबार पुस १९ भित्र नियमित अधिवेशन आह्वान गर्ने सहमति भएको थियो । सहमति लगत्तै  माओवादीले पुस ८ मा विशेष अधिवेशन फिर्ता लिएको थियो । प्रधानमन्त्री माधवकुमार नेपालले सहमतिभन्दा एक साता ढिलो अधिवेशन बोलाउन सोमबार सिफारिस गरेपछि राष्ट्रपतिले आह्वान गरेका हुन् ।"

3 comments:

  1. kya hanso uthyo kasto satya kura lekeko yo nepalmother.com le, haa...haa.

    Kailash Pyakurel

    ReplyDelete
  2. lok tantra ani janapartinidhi ko dhajji udayara negative samachar matra parbaha garara kasai ko pani hit gardaina ,sampadak ji j bhaya pani yo sampadakiya ali utaulo tarika la lekhajsato lagyo.j bhana pani santi, sambidhan ani bikash ko bikalpa nai rajnaitik dal ani janapartinidhi nai ho asto tarikala lekhda katai tapai pani janata ko birudha ma ta hunu hudai na?

    ReplyDelete
  3. sahi kura ho Ram Krishna Dai.
    I dont expect any thing form these murderer. How come anyone expect a democratic constitution from this bloddy people.

    Dallas Bro

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक