20101227

सरकारले कडा मूल्य चुकाउनु पर्ने माओवादी चेतावनी !



 

        


एकीकृत नेकपा माओवादीले सहमति उल्लंघन गर्ने सरकारसँग छलफल गर्नुको औचित्य नभएको बताएको छ । सहमति उल्लंघन गर्ने सरकारले कडा मूल्य चुकाउनु पर्ने माओवादीले चेतावनीसमेत दिएको छ ।माओवादी, काङ्ग्रेस र एमालेबीच अविलम्ब नियमित अधिवेशन बोलाउने सहमति भए पनि सरकारले अधिवेशन आह्वानका लागि माओवादीका जनसेना सेना समायोजन बिशेष समिति मातहतमा आउनुपर्ने नयाँ सर्त राखेपछि माओवादी रुष्ट भएको छ । अनलाइनखबरसँग कुरा गर्दै माओवादी स्थायी समिति सदस्य देव गुरुङले सम्झौता उल्लंघन गर्ने सरकारसँग अब वार्ता गर्नुको औचित्यमा प्रश्न उब्जिएको बताउनुभयो । सेना समायोजन विशेष समिति मातहतको सचिवालय टोली लडाकूहरुसँग भेटघाट गरेर सोमबार राजधानी फर्किएको छ। दुई दिनअघि चितवन आएको सो टोलीले माओवादी लडाकू रहेको चितवनको शक्तिखोरको तेस्रो डिभिजन र नवलपरासीको चौथो डिभिजनका कमान्डरहरुसँग छलफल गरेको समितिका एक सदस्य गोपाल बोहराले जानकारी दिए। सेना समायोजनको विषयमा माओवादी लडाकूको मत बुझ्न टोली....
शिविर आएको हो। टोलीले लडाकूको भरणपोषणमा रेखदेख गर्दै आएको स्थानीय शिविर व्यवस्थावन समितिका प्रतिनिधि स्थानीय प्रशासन तथा सरोकारवाला प्रतिनिधिहरुसँग भेटघाट गरेको थियो । हिजो लडाकूसँगको छलफलमा कमान्डरहरुले चाँडो सेना समायोजनको प्रक्रिया टुङ्ग्याउन सुझाव दिएका छन्। सचिवालयका संयोजक बालानन्द शर्माको नेतृत्वमा आएको टोलीमा समितिका सदस्यहरु सहायकरथी महेश कार्की सशस्त्रका डिआइजी सिंहबहादुर श्रेष्ठ, जनपदका डिआइजी केशबहादुर शाही, माओवादीका जनसेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल बलदेव, नेपाली काँग्रेसका शम्भु सिम्खडा, एमालेका गोपाल बोहरा, फोरमका रमानन्द मिश्रलगायत सहभागी थिए।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक