20101208

वाराणसी वम विष्फोटमा नेपाली घाईते, एक विदेशीको मृत्यु, ३७ घाइते,

अपडेट- सुर्खेत घर भई हाल सम्पूर्णानन्द विश्वविद्यालायमा अध्ययनरत राजेशका मित्र नवराज ओझाका अनुसार राजेशको हाल दशाश्वमेध चौक नजिकैको मारवाडी हस्पिटलमा उपचार भईरहेको छ । उनको अवस्था खतरामुक्त छ ।  -मोहन स्वरूप / भारत
मंगलवार बेलुका स्थानीय समय अनुसार करीब साढ़े छ बजे वाराणसीको शीतलाघाटमा भएको बम विस्फोटनमा एक १८ महिना कि बालिका तथा करीब ७० बर्षकी एक विदेशी महिलाको मृत्यु भएको छ । ३७ जना घाइते भएका छन् । घाइते हरूमा ३ जनाको अवस्था चिन्ताजनक छ । घाइतेहरूमा ३० जना भारतीय, ६ जना विदेशी छन् । १ जना राजेश शर्मा (तस्विर) नाम गरेका नेपाली पनि छ्न् । उनी १० बर्ष देखि वाराणसी मै अध्ययनरत छन् । उनी केही समय देखि हरेक दिन आरती गर्दै आएका थिए । राजेशको कान नजिकै विस्फोटनको समयमा उडेको एक ढुङ्गा आएर लागेको थियो। थप तस्विर भित्र हेर्नुस   
विस्फोटन को समयमा वाराणसीको शीतला घाटसँगै जोडिएको दशाश्वमेध घाटमा नियमित हुने गङ्गा आरती चलिरहेको थियो । आरती मा सम्पूर्ण पण्डितहरू नेपाली मूल कै थिए भने दर्शकहरूमा हजारौं विदेशी तथा भारतीय नागरिक सामेल थिए । पुलिसका अनुसार दुधको क्यानमा टाईम बम राखिएको थियो जसमा २ बम विस्फोट....
हुनुभन्दा पहिले नै निस्क्रिय गरिएको थियो ।

(सूरक्षाकर्मी सहित राजेश शर्मालाई उद्दार गरिँदै)
इंडियन मुजाहिदीन समुहले मुंबईबाट मीडिया संगठहरूलाई गरेको ई-मेलमा विस्फोटनको जिम्मा लिएको छ । वाराणसी को शीतला घाट बम विस्फोटन को जिम्मेदारी लिने आतंककारी संगठन इंडियन मुजाहिदीनले गरेको ई-मेल मुम्बईको मलाड स्थित एक कल सेन्टरबाट गरिएको थियो । पुलिसले यो घटनामा २ जना लाई हिरासतमा लिएको थियो । तर सोधपुछ गरेर छोडिदियो ।

                  (विष्फोट गराइएको ठाउँ)
पुलिसका अनुसार आतंककारीहरूले असुरक्षित वाईफाई नेटवर्कलाई ह्याक गरेर यो मेल गरेका थिए । जुन एड्रेसबाट ईमेल गरिएको थियो । त्यो यो भन्दा पहिला २ पटक मात्र प्रयोग गरिएको थियो । आतंककारी संगठनले आफ्नो संदेशमा भनेको छ कि उसले यो विस्फोटन १९९२ मा अयोध्यामा बाबरी मस्जिद भत्काएको बदला लिनका लागि गरेको हो ।(तस्विर- एपी) ।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक