20101208

जातजातको कलहले नेपाल अर्को रणभूमिमा परिणत हुनसक्छ !

कहाँ जाने शरणार्थी भएर ? - युवराज गौतम
बाह्यविरोधले होइन, अन्तरविरोधले नेपालको राष्ट्रिय स्वाभिमान लत्रिएको छ। ताओ, सिन्तो, इसाई, इस्लाम, सिख, हिन्दु, जैन, हिब्रु, कन्फ्युसियस, बहाई, बौद्ध आदि धर्मको उद्गमस्थल एसिया नै भए पनि अन्तरविरोधका कारण एसियाका कतिपय राष्ट्र र युद्धले क्षतविक्षत भएका छन्। राष्ट्र–राज्यको परिकल्पना गर्नुअघि आदिम युगका गण र कबिलाझैं आज नेपाली नेताहरू बाइसे–चौबीसे राज्य जन्माउन खोजिरहेका छन्। दस वर्ष चलेेको सशस्त्र द्वन्द्वले कुनै टुंगो नलगाउादा जातीय, क्षेत्रीय र साम्प्रदायिक महत्वाकांक्षाहरू चुलिएका छन्। देशमा संघीय शासन सुरु भएमा वीरगन्जबाट काठमाडौैं ओहोर–दोहोर गर्दा नौवटा राज्य पार गर्नुपर्नेछ। नेवार, तामाङ, थारु, चुरेलगायतका सबै राज्यले कर उठाउनेछन्। सिमाना छुट्याउादा हजारौैं मानिस काटिनेछन्। लिम्बू, राई, राजवंशी आदिले झापालाई आफ्नो....
राज्य दाबी गरेझैं देशको कित्ताकाट (प्लटिङ) गर्दा विभिन्न भागमा ठूलो रक्तपात हुनेछ। युगोस्लाभियालाई जबर्जस्ती टुत्र््कयाउादा बोस्निया हर्जगोभिना, क्रोसिया, सर्बिया बनाएर लाखौं मानिस मारिएझैं नेपाल इतिहासको सबैभन्दा ठूलो संकटमा पर्नेछ। छुट्टाछुट्टै देवी–देवता मान्ने अरबका तीन सय ६० कविलाको लडाइा शान्त पार्न हजरत मोहम्मदले 'अल्लाह' एउटै हुन् भन्ने कुरामा सबै मूर्खहरूलाई सहमत गराएझैं 'एक राष्ट्र' र एउटै सार्वभौमसत्ता भएमात्र नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र स्वाभिमान सुरक्षित रहन्छ भनेर बुझाउन सक्ने कुनै व्यक्ति उदायो भने ऊ वास्तवमा नेपालको अर्को पृथ्वीनारायण शाह बन्ने थियो।

खगोल नबुझ्नेले भूगोल बुझ्न सक्दैन। इतिहास नबुझ्नेले वर्तमानको विश्लेषण र मीमांसा गर्न सक्दैन। कहिल्यै पराधीन नभएको नेपाल आज विस्तारै पराधीन बन्दैछ। संघीयताको मन्दविषले काम गर्योछ भने देश क्षतविक्षत बन्ने निश्चित छ। चौध करोड जनता बस्ने बिहारमा एउटा मुख्यमन्त्रीको शासन छ। नेपालमा संघीय शासन सुरु भएमा पचासजना मुख्यमन्त्री हुनेछन्। एउटा प्रधानमन्त्री छान्न नसक्ने दलहरूले जात, धर्म र सम्प्रदायको झगडा घरघरमा फैलियोस् भन्ने चाहेका छन्। विदेशीले नेपाली–नेपाली बीचमा संघर्ष गराएर नेपालको संस्कृति, धर्म र स्वतन्त्र पहिचान लोप गराउन चाहेका छन्। दलहरू विदेशीको मार्गचित्रमा नेपाली जनताको इच्छाविरुद्ध हिाडिरहेका छन्।

अफ्रिका, ल्याटिन अमेरिका र एसियामा बाह्य शक्तिले द्वन्द्व चर्काउन जातीय विद्वेषलाई मुख्य हतियारका रूपमा परीक्षण गरे। हिन्दु र मुसलमानको द्वन्द्वले विशाल भारत दुईवटा राष्ट्रमा विभाजित भयो। भाषाको झगडाले पूर्वी पाकिस्तान 'बंगलादेश' भयो। 'तेरो–मेरो' भन्दाभन्दै धेरै देश विश्व मानचित्रबाट हराए। राजासाग प्रतिशोध लिादा सिक्किम पराधीन भयो। हरि सिंहले व्यक्तिगत खेत बेचेझैं कास्मिर बुझाइदिए भारतलाई। शासकको मस्तीले राष्ट्र र जनतालाई सास्ती पुगेका धेरै उदाहरण छन्। निरो, कंश, इदी अमिन र हिटलरमात्र होइन, दलीय अधिनायकवादले धेरै तानाशाहहरू जन्मिएका छन्। फिडेल क्यास्ट्रो हुन् वा किम–इल–सुङ', चाउचेस्कु हुन् वा अनबर होजा, 'जनताको चाहना' भन्दै उदाएका तानाशाह हुन्। तसर्थ, जनताले समयमै यथार्थ बुझ्न सकेनन् भने अधिनायकवादको भूमि उर्वर बन्दै जान्छ र त्यहाा फस्टाउाछन् तानाशाहहरू।

अलकायदा र तालीवानहरू राजाका सन्तान होइनन्। 'सर्वियन अर्थोडक्स' भन्दै लाखौं जनता मार्नेहरू हिन्दु वा बौद्ध होइनन्। आङ–सान–सुचीलाई बीस वर्ष घरमै थुनेर राख्ने जर्नेलहरू राजतन्त्रवादी होइनन्। आखिर हरेक तानाशाहले आफूलाई जनताकै प्रतिनिधि ठान्छ। मुसोलिनीदेखि लिएर पोलपोटसम्मका सबै तानाशाहले जनताकै नाममा शासन गरे। जनताका नाममा, जनवाद र साम्यवादका नाममा लाखौं जनताको हत्या गर्नेहरू जनताकै भीडबाट उदाएका शासक हुन्। प्रजातन्त्र समाप्त हुादै गएमा हामी भोलि त्यही नियति भोग्न बाध्य हुनेछौं। अफगान, इराकी र कम्बोडियाली जनताले भोगेको पीडा हामीले पनि भोग्नुपर्नेछ। प्रोटेस्टेन्ट र क्याथोलिकको द्वन्द्वले उत्तरी आयरल्यान्ड रोएझैं, क्रिस्चियन र मुसलमानको द्वन्द्वमा फिलिपिन्समा हजारौं मारिएझैं, टुट्सी र हुटुको लडाइाले रुआन्डा क्षतविक्षत भएझैं, जातजातको कलहले नेपाल अर्को रणभूमिमा परिणत हुनसक्छ। त्यतिबेला शरणार्थी बनेर कहाा जाने ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक