20101207

काठमाडौंको बिहे पार्टीमा कटवाल र बामदेबको रोचक बार्ता !

'कटवालजी तपाईंप्रति मेरो कुनै दुराशय थिएन, माओवादीलाई मनाउनै सकिएन'- एमाले उपाध्यक्ष वामदेव गौतम
वामदेवजी तपाईंलाई त माओवादीले  एमालेमै बसेर डामाडोल सिर्जना गर्न खटाएको पनि मलाई थाहा छ" - पूर्व प्रधानसेनापति कटवाल
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पूर्व प्रधानसेनापति रुक्मांगद कटवालका सामु लत्रक्क परेका छन्। कटवाललाई प्रधान सेनापतिबाट हटाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्णयमा सही थापेर पार्टीभित्रै आलोचना खेपिरहेका उपाध्यक्ष गौतम करिब डेढ वर्षपछि कटवालसामु लुत्रुक परेका हुन्। एमालेसमेत सहभागी रहेको प्रचण्ड सरकारले प्रधान सेनापति कटवाललाई हटाउने निर्णय गर्दा विरोध गर्न नसकेपछि एमालेले माओवादी नेतृत्वको सरकारबाट हट्ने निर्णय गर्दै प्रचण्ड सरकारको निर्णय उल्ट्याउन राष्ट्रपतिलाई.....
कदम चाल्न आग्रह गरेको थियो। राष्ट्रपतिको कदमबाट कटवाल प्रधानसेनापतिमै थमौती भएपनि त्यसयता उपाध्यक्ष गौतम र पूर्व सेनापति कटवालबीच आमनेसामने भएको थिएन। तर आर्मी हेडक्वाटरभित्रै रहेको आर्मी अफिसर्स क्लबमा गत शुक्रबार उपाध्यक्ष गौतम र पूर्व सेनापति कटवालको जम्काभेट भयो। पूर्वमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतका सुपुत्र र माओवादीले एम्बुस थापेर हत्या गरेका नेपाली सेनाका पूर्व सहायक रथी सागर पाण्डेकी सुपुत्रीबीच सम्पन्न विवाहको भोजमा प्रायः सबै गन्यमान्य नेता, कर्मचारी, सुरक्षा अधिकारी उपस्थित थिए। यसै क्रममा एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री र पूर्वप्रधानसेनापति रुक्मांगत कटवालबीच भेट भयो। भेटका अवसरमा वामदेव गौतमले कटवाललाई भने– 'के छ कटवालजी? माओले लगाउने जस्तै टोपी र ओभरकोटमा सजिएका गौतमतर्फ हेर्दै प्रतित्युत्तरमा कटवालले भने – मलाई ठीकै छ। तपाईंले ज्यान त गजबको बनाउनुभएछ नि। पूरै माओजस्तो देखिनुहुन्छ नि।' गौतमले विषयान्तर गर्दै भने– 'कटवालजी तपाईंप्रति मेरो कुनै दुराशय थिएन।' त्यसपछि कटवालले भने– तपाईंले दुराशय राखेको ठानेको भए त म तपाईं छेउ आउने थिइन। तपाईं कम्युनिस्टहरू व्यक्तिगत सम्बन्धमा अविश्वसनीय हुनुहुन्छ। तपाईंको कुनै दुराशय थिएन। जे सिद्धान्त थियो त्यही गर्नुभयो।' यति कुराकानी भएपछि उपाध्यक्ष गौतमले कटवालको हात च्याप्प समाउदै भने– 'त्यसो नभन्नुहोस्। माओवादीलाई मनाउनै सकिएन।' प्रचण्डलाई समेत तह लगाएर चर्चामा आएका कटवाल गौतममाथि खनिन छोडेनन्। लगत्तै भने – तपाईंलाई त माओवादीले आफ्नो पार्टीमा ल्याउनुको सट्टा एमालेमै बसेर डामाडोल सिर्जना गर्न खटाएको पनि मलाई थाहा छ। त्यसपछि गौतमले कटवालको हात थप समाउदै भने – त्यसरी नरिसाउनुहोस्। व्यक्तिगत रूपमा मलाई तपाईंलाई हटाउन मन थिएन। माओवादीले नमानेका मात्र हुन्। मैले त भनेकै थिए, मैले अच्युतकृष्ण खरेललाई आईजीपीबाट हटाउदा खरेलले मलाई हैरान पारे। तपाईंहरूलाई कटवालले हैरान पार्नेछन्। उता एमालेका वरिष्ठ उपाध्यक्ष्ँ रहेका गौतमलाई अध्यक्ष्ँ झलनाथ खनाल विदेश भ्रमणमा गएको बेला कार्यवाहक अध्यक्ष्ँ नदिएको विषयले पनि एमालेमा चर्चा पाएको छ। हाल दक्षिण अफ्रिकामा रहेका अध्यक्ष्ँ खनालले गौतमलाई अविश्वास गर्दै वरिष्ठतामा दोस्रो रहेका अशोक राईलाई कार्यवाहक दिएका छन्। पार्टी संस्थापन पक्षमै रहेका गौतमलाई अध्यक्ष्ँ खनालले अविश्वास गर्नुको पछाडि गौतमभित्र बढिरहेको माओवादी मोह नै कारण रहेको बताइएको छ। गौतमलाई कार्यवाहक दिदा माओवादीसग वार्ता गरेर पछि आफैंलाई समस्यामा पार्ने सम्भावना देखेपछि अध्यक्ष्ँ खनालले गौतमलाई विश्वास नगरी शालीन नेताको परिचय बनाएका राईलाई कार्यवाहक दिएको संस्थापन पक्षले एक नेताले बताए। राईलाई कार्यवाहक दिएपछि असन्तुष्ट बनेका गौतमले निकटस्थहरुसग अध्यक्ष्ँ फर्केपछि देखाइदिने चेतावनी दिएका छन्। उता ओली पक्षका नेताहरुले गौतमलाई कार्यवाहक नदिएकोमा सान्त्वना प्रदान गरेर गौतमलाई आफूतर्फ आकर्षित गर्न खोजिरहेको संस्थापन पक्षका नेताहरु बताउछन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक