20101207

तीन साता लामो भारत बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह !

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको गम्भीर राजनीतिक परिस्थिति देखेर भारतीय नेताहरु अति चिन्तित र गम्भीर रहेको बताउनुभएको छ। तीन साता लामो भारत बसाइपछि सोमबार नेपाल आइपुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अधिकांश भारतीय नेताले नेपालप्रति चिन्ता व्यक्त गरेको बताउनुभयो। साचारकर्मीले भारतीय नेताहरुले कस्तो चिन्ता व्यक्त गरे त भनी सोधेको प्रश्नमा पूर्वराजा ज्ञानेन्द्रले मुस्कुराउँदै भन्नुभयो- त्यो तपाईंहरुले नै बुझ्नुपर्ने कुरा हो बुझ्नुस्। निर्धारित समयभन्दा झन्डै अढाई घण्टा ढिलो श्रीमती कोमल र निजी सचिव सागर तिमल्सिनाका साथ दिउँसो करिब साढे ४ बजे त्रिभुवन विमानस्थल आइपुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले भारतीय नेताले नेपालको समस्या नेपालीले नै समाधान गर्न सक्ने बताएको पनि उल्लेख गर्नुभयो। कात्तिक २९ गते राजस्थान जोधपुरका महाराजा.........
गजिसिंहकी छोरीको विवाहको निम्तो मान्न भारत पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणी करण सिंहलगायतसँग भेटघाट गर्नुभएको बताइएको छ। भेटका अवसरमा के-कस्ता विषयमा कुराकानी भयो भन्नेबारे भने पूर्वराजाले बताउन चाहनुभएन। त्रिभुवन विमानस्थल आइपुग्दा उहाँलाई राजावादीले फूलमाला चढाएर स्वागत गरेका थिए। मध्याह्न १२ बजेदेखि नै हातमा पुष्पगुच्छा र फूलमाला लिएर बसेका शुभचिन्तकले उहाँको समर्थनमा नाराबाजी लगाएका थिए। पूर्वराजा ज्ञानेन्द्रले फूलमाला लिन नभ्याएकालाई अभिवादन गर्नुभएको थियो। लाइनमा बसेका अधिकांशले फूलमाला दिन बाँकी नै हुँदा सुरक्षाकर्मीले हतारहतार गाडी चढाउन खोजेका थिए । तर उहाँले केहीबेर हिँडेर फूलमाला ग्रहण गर्नुभएको थियो। पूर्वराजा ज्ञानेन्द्रलाई लिन दिउँसो पौने ३ बजे छोरा पारस र बुहारी हिमानी विमानस्थल पुग्नुभएको थियो। विमानस्थलमा करिब ३ सयको संख्यामा समर्थकहरु थिए भने निर्मलनिवासमा पनि सयौंको संख्यामा समर्थकको घुइँचो लागेको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक