20101206

एमालेले देशलाई सङ्कटग्रस्त अवस्थामा पुरयाउन खोजिरहेको माओवादी प्रबक्ताको आरोप, एकीकृत माओवादी अझै पनि अलकायदा जस्तै आतङ्ककारी सगठन नै रहेको एमाले नेताको आरोप

एकीकृत नेकपा (माओवादी) स्थायी समितिका सदस्य एवम् पार्टी प्रवक्ता दीनानाथ शर्माले नेकपा (एमाले) शान्ति स्थापना र संविधान निर्माणको बाधक रहेको आरोप लगाएका छन। क्रान्तिकारी पत्रकार सङ्घ धादिङद्वारा यहाँ आयोजित  पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले देशको अवस्था जटिल बन्दै गएको बेलामा राष्ट्रपति, सभाध्यक्ष र सत्ता सहभागी दलका नेताहरुको आग्रहलाई बेवास्ता गरी प्रधानमन्त्री विदेश भ्रमणमा निस्किनुले एमाले शान्ति र संविधान नचाहेको प्रमाणित हुन्छ भन्ने तर्क राखे । अनमिनको म्याद सकिन लागेको छ, प्रधानमन्त्रीको निर्वाचन हुन सकिरहेको छैन एमालेका अध्यक्ष झलनाथ.....
खनाल पनि विदेश भ्रमणमा गएकाले उच्चस्तरीय समितिको बैठक पनि प्रभावकारी हुन सकिरहेको छैन प्रवक्ता शर्माले संसद् स्थगत गरी अध्यादेशमार्फत् ल्याइएको बजेट पारित गराउनका लागि संसद्को बैठक डाक्न प्रधानमन्त्रीले आनाकानी गरिरहेकाले एमालेले देशलाई सङ्कटग्रस्त अवस्थामा पु¥याउन खोजिरहेको आरोपसमेत लगाए ।
                         नेकपा एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डेले एकीकृत माओवादी अझै पनि अलकायदा जस्तै आतङ्ककारी सगठन नै रहेको आरोप लगाएका छन् ।  अहिलेसम्म पनि एमाओवादीले सेना समायोजन गर्न नचाहेको र वाइसिएल हटाउन नचाहेकाले उसले अहिले पनि अरुलाई तर्साएर सत्तामा जान चाहेको छ उनको भनाई थियो । उदयपुरको पञ्चावती गाविसमा गाउँ पार्टी अधिवेशनलाई सम्बोधन गर्न आएका पाण्डेले एमाओवादीले वाइसिएलको अर्धदस्ता हटाएर सेना समायोजन नगरेसम्म उसलाई सत्तामा लान नहुने भन्दै संविधान बनाउन नेपाली काँग्रेस, एमाले र एमाओवादी तीनै दल मिल्नुपर्ने पाण्डेको भनाइ थियो। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सगरमाथा अञ्चल सहइन्चार्ज जगन्नाथ खतिवडाले अहिले एमाले, माओवादी र नेपाली काँग्रेस तीनै दल मिलेर स्थायी शान्ति स्थापना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको सङ्ख्या १०० भन्दा माथि थियो। एकीकृत माओवादी र नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता सो पार्टीमा प्रवेश गरेका थिए। यस्तै राप्रपा, राजपा र जनमोर्चाबाट पनि स्थानीय कार्यकर्ता सो पार्टीमा प्रवेश गरेका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक