20110101

जल्ने र इर्श्या गर्नेहरुमा समर्पित गजल
- रामप्रसाद खनाल
कुरा काट्ने जल्नेहरु, कति सक्छौ जल्दै गर
इर्श्या डाहा गर्नेहरु, इर्श्या डाहामै मर्दै गर
कौवाले कान लग्यो भन्दा, दौडिने हो दौड्दै गर
कल्पनाको सागरमा, पौडिने हो पौड्दै गर !

खुट्टातान्न रम्नेहरु, खुट्टा तान्दै रम्दै गर
मलाई गाली गर्दा खुसी, लाग्छ भने गर्दै गर
पापको घैंटो भर्नेहरु, कति सक्छौ भर्दै गर
बाँदरको देखासिकी, गर्नेहरु गर्दै गर !


सुल्टो गर्दा उल्टो हेर्ने, अझै उल्टो हेर्दै गर
राम्रो गर्न खोज्दा उल्टो, देख्नेहरु देख्दै गर
कुरा काट्दा रम्नेहरु, अझ तिमी रम्दै गर
उडाउनमै जम्नेहरु, अझै तिमी जम्दै गर !

अघि ठिक्क चिप्लो बोल्ने, अझै चिप्लो बोल्दै गर
मलाई पोल्दा शितल भए, हुन्छ अझै पोल्दै गर
वास्तविकलाई अवास्तविक, भन्नेहरु भन्दै गर
तिम्लाई निको लाग्छ भने, मलाई दोषी गन्दै गर !

मलाई भीरमा ठेल्दा तिमी, बाँच्छौं भने ठेल्दै गर
खुट्टातान्ने, कुरा काट्ने, हरु अझै पेल्दै गर
झूठो कुरा साँचो भई, साँचो कहिले झूठो हुन्न
खुट्टा तान्ने तान्दै जाउ, बुझेको छु मत रुन्न !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक