20110101

हतियार चलाएकै भरमा क्रान्तिकारी हुने भए नेपालका राँगा काट्ने, खसी मार्ने, सुङ्गुर मार्ने सबै क्रान्तिकारी हुनुपर्ने केपी ओलीको व्यङग

एमाले नेता केपी ओलीले अध्यक्ष झलनाथ खनालप्रति संकेत गर्दै  केही नेताहरुको प्रधानमन्त्री मोहकै कारण मुलुकले नयाँ सरकार पाउन नसकेको बताएका छन्  । काठमाडौंमा आज आयोजीत कार्यक्रममा नेता ओलीले पार्टी अध्यक्ष खनालको नाम नलिई उनलाई  प्रधानमन्त्री बन्न रहर लागेका कारण मुलुक अन्यौलमा परेको बताए । ओलीले प्रधानमन्त्रीको मोहमा लाग्नुको साटो पार्टीलाई मिलाएर लैजान अध्यक्ष खनाललाई सुझाव दिए । माओवादीले क्रान्तिका नाममा उत्ताउलो काम गरेर जनतालाई आतङ्कित बनाएको बताएका एमाले नेता ओलीले हतियार चलाउँदैमा क्रान्तिकारी हुन नसकिने जिकिर गरे  ।  ओलीले हतियार चलाएकै भरमा क्रान्तिकारी हुने भए नेपालका राँगा काट्ने, खसी मार्ने, सुङ्गुर मार्ने सबै क्रान्तिकारी हुनुपर्ने व्यङग समेत गरे  ।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक