नभएका गाउँका सोझा महिलामा समेत विदेश जाने भूत चढेकाले’ बेपत्ताको तथ्यांक बढेको सम्बद्धहरु बताउँछन्।
पछिल्लो नौ वर्षको अवधिमा मध्यपश्चिमका १५ जिल्लाबाट झन्डै एक हजार महिला हराएका छन्। यो संख्या वर्षेनी बढ्दै गइरहेको छ। बेपत्ता महिलाको खोजबिनका लागि एउटै संस्थामा नौ वर्षमा आठ सय ७९ वटा निवेदन परेका छन्। माइती नेपाल नेपालगाज शाखाका अनुसार सन् २००२ मा आठ २००३ मा १२ २००४ मा ६६ २००५ मा ५० २००६ मा ९० २००७ मा १ सय ६९ २००८ मा ८३ २००९ मा १ सय ५९ र २०१० मा २ सय ४२ वटा महिला बेपत्ता भएको निवेदन परेका छन्। यी मध्ये केही भारतमा हराएको भनेर निवेदन परेपनि धेरै चाहि खाडी मुलुककै छन्। कार्यालयले यो वर्ष एकजना खाडी र पाँच जना भारतबाट यौन शोषणमा परेका महिलाको उद्धार गरेको संयोजक केशव कोइरालाले जानकारी दिनुभयो। खाडी मुलुकमा बस्रेनि महिलाहरु बेपत्ता भएको निवेदन पर्ने क्रम बढेको बढ्यै गरेपनि उद्धारमा राज्यको प्रभावकारी संयन्त्र छैन। सरकारले मानवबेचबिखन विरुद्धको नियमावली २०६५ मा ल्याएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। खाडी मुलुकमा कोही अलपत्र परेमा त्यसको उद्धार गर्ने राज्यको संयन्त्र नै छैन। कुनै महिला भारतमा वेपत्ता पारिएको निवेदन परेमा माइती नेपालले त्यहाँका संघ संस्थासँग मिलेर उद्धार गर्ने गरेको छ। तर राज्यको भारतमा उद्धार गर्ने पनि कुनै संयन्त्र छैन माइती नेपाल नेपालगाजका संयोजक कोइरालाले भन्नुभयो। दुई देशका बीचमा समन्वय भए मात्रै यस्ता काम गर्न सजिलो हुने उहाँको भनाई छ। मध्यपश्चिमका बाँकॆ बर्दिया दाङ र सुर्खेतबाट धेरै महिलाहरु बेपत्ता भएको निवेदन परेको छ। नेपालगाज नाकामा माइती नेपाल साथी संस्थालगायतले महिला तथा बालबालिकालाई जोखिमपूर्ण यात्राबाट रोक्ने प्रयास गर्दै आएका छन्। महिला तथा बालबालिकालाई भारत या खाडी मुलुक जोखिमपूर्ण कामका लागि लगिने नेपालगाज प्रमुख नाका हो। तर पछिल्लो वर्षमा प्रहरी र संघ संस्थाको कडा निगरानीपछि दलालहरुले यो नाका परिवर्तन गरेको सम्बद्धहरु बताउँछन्। अहिले बर्दियाको बलैगाउँ नाका दलालहरुले प्रयोग गरेको बताइएको छ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक