20110103

प्रधानमन्त्री नेपालले सचिवहरूलाई 'राजनीति' नगर्न चेतावनी

* निर्देशन दिएको महिनौं बितिसक्दा पनि पृथ्वी राजमार्गको  मुग्लिफ् पुल पुनर्निर्माण किन हुन सकेन ?  *   अवैध ढंगले खाडी मुलुकमा महिला बालबालिका लैजाने मेनपावरहरु कसरी सम्मानित भए ?  *   वन फ“डानीले हाम्रो प्रतिष्ठामै आ“च आएको छ । ती ठाउ“का जिल्ला वन अधिकृतलाई अहिलेसम्म किन कारबाही भएन ?   *   ट्रक र बस व्यवसायीहरुको जथाभावी सिन्डिकेट किन नियन्त्रण हुन सकेन ? *    काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कसको स्वार्थ जोडिएको छ ?  कसले अवरोध गरिरहेको छ ?    * राष्ट्रपति र प्रधानमन्त्रीले दिएका निर्देशनसमेत कार्यान्वयन हु“दैनन् भने तपाईंहरुले जनताको सेवा कसरी गर्नुहुन्छ ? यी प्रश्नहरू प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै मातहतमा रहेका नेपाल सरकारका सचिवहरूसँग राखेका हुन् । अर्थ मन्त्रालयका राजस्व-सचिव कृष्णहरि बाँस्कोटाद्वारा लिखित 'समसामयिक प्रशासन' नामक पुस्तकको आइतबार विमोचन गर्दै उनले सचिवहरूसमक्ष यस्ता दर्जनौं प्रश्न राखी चर्काे असन्तुष्टि पोखे । ...

राष्ट्रपति र आफ्ना निर्देशनसमेत कार्यान्वयन नगरेकोमा असन्तुष्ट प्रधानमन्त्री नेपालले सचिवहरूलाई 'राजनीति' नगर्न चेतावनीसमेत दिए । राजनीति गर्ने भए पदबाट राजीनामा दिएर आउन पनि उनले सुझाव दिए । 'प्रशासनिक पदमा बस्नेहरूले राजनीतिक प्रवृत्ति देखाउनु भएन, आ-आफ्नो दायराभित्र बसेर काम गर्नोस्, सिस्टमभित्र बसेर काम गर्नोस्, सक्नुहुन्न भने पदबाट राजीनामा दिएर राजनीति गर्नोस्,' प्रधानमन्त्री नेपालले आक्रोशित हुँदै भने ।
सचिवहरूको नामै लिई प्रधानमन्त्री नेपालले आफ्नो असन्तुष्टि प्रकट गरेका थिए । भौतिक, योजना तथा निर्माण मन्त्रालयका सचिव पर्ूण्ाप्रसाद कडरियालाई प्रधानमन्त्री नेपालले सोधे, 'पृथ्वी राजमार्गको मुग्लिङ पुल पुनर्निर्माणका लागि मैले पटक-पटक निर्देशन दिएको थिएँ, मुख्य सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेतले भ्रमण गरी यस विषयमा चासो प्रकट गरेका थिए ।
'म त पुल बनिसक्यो भन्ने विश्वासमा थिएँ, तर पुलको त पुनर्निर्माणसमेत भएको रहेनछ, किन -' जवाफमा सचिव कडरियाले भने, 'मुग्लिङ पुल धेरै पुरानो हो, पुरानो भएकाले पुनर्निर्माण गरे पनि पटक-पटक भत्किने गरेको छ ।'
प्रधानमन्त्री नेपालले अवैधानिक ढंगले खाडी मुलुकमा महिला कामदार पठाउने मेनपावर सञ्चालकहरू पुरस्कृत भएकोमा पनि असन्तुष्टि प्रकट गरेका थिए । उनले श्रम सचिव दिनेश अधिकारीलाई सोधे, 'दण्डित गनुपर्ने मेनपावर कम्पनीलाई पुरस्कृत गर्नुको कारण के हो -'
श्रमसचिव अधिकारीले यस विषयमा आफूलाई जानकारी नभएको जवाफ दिएका थिए । कारबाही गर्नुपर्ने मेनपावर कम्पनीलाई पुरस्कृत गरिएको विषयमा विदेशी दूतावासहरूले प्रधानमन्त्री नेपालसँग यसअघि चासो व्यक्त गरेका थिए ।
प्रधानमन्त्री नेपालले देशभर वन फँडानी, अवैध ढुंगा-गिटी निकासी गर्नेलाई तुरुन्त कारबाही गर्न पनि वनसचिव युवराज भुसाललाई निर्देशन दिए ।
'वन फँडानीले हाम्रो प्रतिष्ठामै आँच आएको छ, वन फँडानी अहिलेसम्मकै बढी भएको पनि प्रचारमा आएको छ, तर वन मन्त्रालय भने होइन भन्छ । वास्तविकता के हो - तुरुन्त मलाई जानकारी गराउनोस्,' भुसाललाई प्रधानमन्त्री नेपालको निर्देशन थियो ।
राष्ट्रपति डा. रामवरण यादवले यसअघि प्रधानमन्त्रीसँगको भेटमा तर्राईमा बढ्दै गरेको वन फँडानीका घटनाप्रति चासो देखाउँदै नियन्त्रणका लागि पहल गर्न निर्देशन दिएका थिए । सो अवसरमा प्रधानमन्त्री नेपालले अनावश्यक सामान खरिद गर्ने शैलीप्रति पनि सचिवहरूसँग असन्तुष्टि पोखेका थिए । '१० हजारको सामान किन्नु छ भने १० करोडको सामान किनेर डम्पिङ गरिएको देखिएको छ, यस्तो नगर्नोस्,' प्रधानमन्त्री नेपालको निर्देशन थियो ।
प्रधानमन्त्री नेपालले काठमाडौंको प्रत्येक वडाका खाली ठाउँ सुन्दर र हरियाली बनाउन, फोहोरमैला व्यवस्थापनमा देखिएको बाधा हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिृकत आनन्द पोखरेललाई निर्देशन दिएका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीनिवास वरपर २०औं तला अग्लो भवन निर्माण हुने गरेकोप्रति पनि पोखरेलको ध्यानाकर्षा गराएका थिए । उनले कामप्रति अवरोध पुर्‍याउने र असहयोग गर्नेलाई कडा कारबाही गर्न पनि पोखरेललाई भनेका थिए ।
सो कार्यक्रममा प्रधानमन्त्री नेपालले सुरु भइसकेका ठूलो योजना समयभित्रै सम्पन्न गराउन पनि निर्देशन दिए । 'बरु १० ओटा योजनामा हात हाल्नोस्, हात हालिसकेको काम समयमै सक्नोस्,' प्रधानमन्त्री नेपालको निर्देशन थियो ।

2 comments:

  1. Marne bela ma hariyo kakro bhaner bhann milen feri. Who knows how long he gonna be acting chief executive of Nepal. But its too late to come down against those lazy officials. He could have started early with out spending his time on answering to Maoists and finding out the so called consensus among parties. I would suggest him to try to make people to feel better if he can.

    Dallas Bro

    ReplyDelete
  2. Prime minister was absolutely right .The permanent system is the main obstacle in the development of Nepal. We should have Hire and Fire system as in developed countries. Otherwise if you pass exam once nobody can fire you in your whole life makes permanent government workers very undisciplined and biased.
    Nabina

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक