20110103

World Shortest Men Khagendra Thapa Magar





कलाकारहरु राजनीतिक दलमा प्रवेश गर्ने क्रम चलिरहेका समयमा नायक भुवन केसी एमालेमा प्रवेश !
काठमाडौं ,१९ पुस । नेपाली रजतपटका चर्चित नायक तथा गायक भुवन केसी आजदेखि सत्तारुढ दल नेकपा एमालेमा प्रवेश गरेका छन् । राष्ट्रिय सांस्कृतिक महासंघको २४ औ स्थापना दिवसको अवसरमा राजधानीमा गरिएको कार्यक्रममा नायक केसीलाई प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अबीर लगाएर एमालेमा प्रवेश गराएका हुन् । पछिल्लो समयमा कलाकारहरु राजनीतिक दलमा प्रवेश गर्ने क्रम चलिरहेका समयमा नायक केसी एमालेमा प्रवेश गरेका हुन् । त्यसै गरेर यस बर्षको राष्ट्रिय जनसंस्कृतिक पुरस्कारबाट साहित्यकार सलीम समदर्शी पुरस्कृत भएका छन् । भोजपुरी साहित्यमा उल्लेखनीय योगदान पुर् याएबापत बाराका ७७ बर्षीय रमदर्शीलाई २५ हजार राशिको जनसांस्कृतिक पुरस्कार दिइएको हो । यसैगरी जनसांस्कृतिक...
युवा प्रतिभा पुरस्कारबाट हास्य कलाकार मनोज गजुरेल सम्मानित भए । गजुरेलले पुरस्कार स्वरुप नगद १० हजार र तामपत्र पाए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक