20110103

भारतीय स्वार्थ पूरा गर्न नेपालबाट अनमिन फिर्ता पठाउने षडयन्त्र भएको नेकपा माओवादीका विदेशविभाग प्रमुख कृष्णबहादुर महराको दावी

नचाहँदा नचाहँदै पनि देश र जनताको पक्षमा राष्ट्रपति भूमिका गर्नुपर्ने, प्रहरीले डाँकालाइ संरक्षण दिएको ठहर, सबै दलको बैठकमा मौलिक अधिकार र न्यायाधिश नियुक्ती सम्बन्धमा छलफल भएपनि सहमति हुन सकेन, छातीमा पेस्तोल तेस्र्याएर झोलामा रहेको २९ लाख ५० हजार रुपियाँ लुटियो, यस्तै छन हजुर आजपनी नेपालका समाचार ! .....

एकीकृत नेकपा माओवादीका विदेशविभाग प्रमुख कृष्णबहादुर महराले भारतीय स्वार्थ पूरा गर्न नेपालबाट अनमिन फिर्ता पठाउने षडयन्त्र भएको दावी गरेका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महराले सरकारमा रहेका दलहरुले भारतको इशारामा अनमिनलाई फिर्ता पठाउने निर्णय लिएको आरोप लगाए । उनले शान्ति प्रकृया नटुंगिएसम्म अनमिनको विदाइ गर्न नहुने धारणा पनि राखेका छन् । नेता महराले नेपाली सेनालाई अनुगमनबाट निकाल्ने र माओवादी सेनालाईमात्र अनुगमन गर्ने सरकारको नियत रहेको दावी गरे । अनमिनलाई फिर्ता पठाएपछि शान्तिप्रकि्रयामा भारतको चलखेल सुरु हुने दावी गर्दै नेता महराले जनमुक्ति सेनालाई विघटन गराउने षड्यन्त्रस्वरुप भारतको चलखेल हुनलागेको बताए ।

उता उपराष्ट्रपति परमानन्द झाले यथाशक्य छिटो सरकार निर्माण गरी संविधान लेखन एवम् शान्ति बहालीलाई प्राथमिकता दिन जिम्मेवार राजनीतिक दलहरुसँग आग्रह गरेका छन्। उपराष्ट्रपति कार्यालय कान्तिपथमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आगामी माघ १५ गतेसम्ममा सरकार निर्माण गरी तोकिएको समयसीमाभित्र लोकतान्त्रिक संविधान निर्माण गर्न दलहरुको ध्यानाकर्षण गराए । लोकतान्त्रिक संविधान निर्माण भएपछि मुलुकका करिब ८० प्रतिशत समस्या समाधान हुनेतर्फ समग्र राज्यको ध्यान जानुपर्नेमा जोड दिँदै उनलॆ भने- 'विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक समाज र जनताका तर्फबाट जनदबाब सिर्जना गर्न र समयमै लोकतान्त्रिक संविधान जारी हुन्छ  भनी आमजनतालाई आश्वस्त तुल्याउन सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु ।' शान्ति बहालीको सुनिश्चितता सात दिनभित्र हुनुपर्ने धारणा व्यक्त गर्दै उनले साढे दुईवर्ष बितिसक्दा पनि संविधान निर्माण कार्यले गति लिन नसकेको भनी चिन्ता व्यक्त गरे । जिम्मेवार पदाधिकारीहरुले मुलुकलाई लथालिङ्ग छाड्न नमिल्ने धारणा व्यक्त गर्दै उपराष्ट्रपति झाले भने- 'मुलुक जोगाउन सरकार प्रमुख असफल भए देशलाई जोगाउने जिम्मेवारी स्वतः राष्ट्र प्रमुखको काँधमा आउनेछ । नचाहँदा नचाहँदै पनि देश र जनताको पक्षमा त्यो भूमिका राष्ट्रपतिले वहन गर्नुपर्ने हुन्छ ।'

यता उपराष्ट्रपति परमानन्द झाका प्रेस सल्लाहकार एवं मधेशवाणी साप्ताहिकका सम्पादक राजेश झालाई बिशेष अदालतले राष्ट्रद्रोही मुद्धामा दोशी ठहराएको छ । बिशेष अदालतका न्यायाधिश गौरीबहादुर कार्की ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त ईजलासले फैसला गर्दै उपराष्ट्रपतिका प्रेस सल्लाहकार झा राष्ट्र्द्रोहको भएको फैसलाले ठहराएको अदालते जनाएको छ । विशेष अदालतले दोशी झालाई राष्ट्रद्रोहीको आरोपमा ५ सय रुपैयाँ जरिवाना तोकेको छ । संयुक्त ईजलासले झाले राष्ट्रिय अखण्डतामा आँच पुर्याएको ठहर समेत गरेको छ । मधेशवाणी साप्ताहिकमा भूमिगत संगठन ज्वाला सिंहको सैन्य भर्ना खुलेको विज्ञापन प्रकाशित गरेको भन्दै झाविरुद्ध असोज १ गते प्रहरीले राष्ट्रद्रोहको मुद्दा लगाइ बिशेष अदालतमा मुद्धा दायर भएको थियो ।

उता धनुषाको सिंग्याही मडानमा स्थानिय प्रहरीले डाँकालाइ संरक्षण दिएको ठहर गर्दै सम्वन्धित प्रहरी अधिकृतलाई निलम्बन गरी कानुनी कारबाही अगाडी बढाउन सर्वदलीय बैठकले मांग गरेको छ । गत पुष १५ गते मध्यराति सिंग्याही मडान-२ मा राति १२ बजे एक दर्जन भन्दा वढी घरमा डकैती गर्ने डाँकालाई संरक्षण प्रदान गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरिक्षक लक्ष्मण सिंह ठकुरी र प्रहरी चौकी सिंग्याहीका असई ओम श्रेष्ठलाई कारवाही गर्न स्थानिय राजनीतिक दलका नेताहरुले माग गरेका छन । डाँका हाल्ने सिरहाको इटाडी प्रसाहीका दिपक चौधरीरितु कापरहरिनारायण चौधरीलाई मडान र सोही गाँउका स्थानियवासीले संयुक्त रुपमै पक्राउ गरेर ल्याएको अवस्थामा तिनीहरुलाई कारवाही नगरी उल्टै स्थानियवासी माथि लाठी र्चाज गरी ज्यादती गरेको मडानका नेताहरुले आरोप लगाएका छन । पक्राउ परेका तिनै जनालाई प्रहरी चौकी औरहीमा नराखि इलाका प्रहरी कार्यालय खजुरीमा राखेर संरक्षण दिएको भन्दै विरोध गर्न जाँदा शनिवार प्रहरीले लाठी चार्ज गरी स्थानिय शिव कुमार कौसल, विजय ठाकुर, अरुण कुमार मण्डल, शंकर साह, दिलिप कुमार साह ,सुधिर कुमार महतो लगायतलाई घाइते वनाएको बताइएको छ । मडानका नथुनी मण्डल, सूर्यदेव ठाकुर ,शिवनारायण ठाकुर, राजदेव ठाकुर, मौल्हु महतो ,जगदिस साह र गणेशी साह सहितका घरबाट नगद गरगहना तथा जिन्सीका साथ १० लाख रकम बराबरको डकैटी गरिएको स्थानीयवासीले बताएका छन् । पुस २१ गते सम्म दुवै प्रहरी अधिकृतलाई कारवाही नगरिए इप्रका खजुरी घेराउ सहित अन्य संघर्षका कार्यक्रम गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जगदिश पोख्रेलले पक्राउ परेका तिनै जना व्यक्तिलाई अनुसन्धानको लागि जिल्लामा ल्याई कारवाहीको प्रकि्रया अगाडी बढाईसकिएको बताएका छन् । पक्राउ परेका तिनै व्यक्तिलाई स्थानीय स्त्तरमै पंचायत गरेर फैसला गर्ने भन्दै तिनीहरुलाई मागे पछि प्रहरीले भीडकहाँ नबुझाए पछि स्थानियवासीले त्यसो भनेको पोख्रेलले बताएका छन् । तिन/चार घरमा डकैती भएको त पक्कै हो तर ती व्यक्ति डाँका नै हुन त्यसको अनुसन्धान चलिनै रहेकोले दोषी ठहरिए कानुनी कारवाही अवश्य नै हुने पोख्रेलले बताएका छन् । मडानमा असईको सरुवा भएपछि आफ्नो अनुकुलको असई राख्नका लागि स्थानियवासीले भनेको तर जिल्ला प्रहरीले त्यसो नमानेका कारण स्थानियवासीले प्रहरी अधिकृतलाई कारवाही गर्न मांग राखेको पोख्रेलले प्रतिकि्या दिए ।

 यसैगरी प्राप्त एक अर्को समाचार अनुसार नयाँ संविधानमा राख्ने बिषयमा दलहरुवीच देखिएका बिवाद मिलाउन बसेको संविधानसभाका सबै दलको बैठकमा मौलिक अधिकार र न्यायाधिश नियुक्ती सम्बन्धमा छलफल भएपनि सहमति हुन सकेन । बैठकमा एकीकृत माओवादी कांग्रेस एमाले लगायतका दलले ती बिषयमा आ-आफ्ना अडान यथावत राखेपछि सहमति हुन नसकेको हो । बैठकपछि सन्चारकर्मीसंग कुरागर्दै एमाले अध्यक्ष झलनाथ खनालले छलफल सकारात्मक रुपमा अगाडि बढेको भन्दै सहमति हुन नसकेका बिषयमा छिट्टै कुरा मिल्ने बताए । एकीकृत माओवादीका नेता देब गुरुङले दलहरुकावीच मौलिक अधिकार अन्र्तगत नागरिकता र न्यायपालिका सम्बन्धमा न्यायाधिशहरुको नियुक्तीका बिषयमा छलफल भएपनि सहमति हुन नसकेको जानकारी दिए । उनले अर्को दिन बस्ने बैठकमा त्यस बिषयमा सहमति हुन सक्ने उल्लेख गरे । एकीकृत माओवादीले सभामुखको नेतृत्वमा एउटा संयन्त्र बनाएर प्रधानन्यायाधिश र न्यायाधिशहरुको नियुक्ती गर्न जोड दिएको छ । उता कांग्रेस र एमालेले न्यायालयलाई संसद अन्र्तगत ल्याउन नहुने भन्दै आएका छन् । त्यसै गरेर नागरिकताको बिषयमा पनि दलहरुका आ-आफ्नै अडान रहेका छन् । नागरिकताका बिषयमा मधेशबादी दल र महिला अधिकारकर्मीले भने जस्तो गरेर दिन मिल्ने या नमिल्ने भन्ने बिषयमा बिवाद रहेको छ । यसअघि कार्यदलले तयार पारेका सहमतिका बिषयमा पछिल्लो समयमा संविधानसभाका सबै दलको संयुक्त बैठकमा छलफल हुँदै आएका छन् ।

यसैगरी प्राप्त  अर्को समाचार अनुसार बैंकमा रकम जम्मा गर्न आएका व्यक्तिबाट बुटवलको व्यस्त बजारमा दिनदहाडै झन्डै ३० लाख रुपियाँ लुटिएको छ।  गोयन्का ग्रुप भैरहवाबाट बुटवल अमरपथ रोडको गल्लामण्डीनजिकै रहेको लक्ष्मी बैंकमा रकम जम्मा गर्न जाने क्रममा बैंकअगाडिबाट छातीमा पेस्तोल तेस्र्याएर झोलामा रहेको २९ लाख ५० हजार रुपियाँ लुटिएको पैसा जम्मा गर्न आएका सन्दीप शर्माले बताए। भैरहवाबाट जिल्लाका विभिन्न पसलमा पैसा उठाउँदै बुटवल आएका सन्दीप गल्लामण्डीमा रहेको प्रधान स्टोस्रको कार्यालयमा बसेर रकम मिलाई जम्मा गर्न आइतबार दिउँसो करिब १ बजे बैंकतर्फ जाँदै थिए। त्यस क्रममा स्प्लेन्डर मोटरसाइकलमा आएका दुई जनाले आफूलाई पेस्तोल ताकी रकम लुटेर लगेको सन्दीपले बताए। सन्दीपसँगै सोही कम्पनीका हनुमान शर्मा पनि थिए। घटनापछि प्रहरीले बुटवलको चेकजाँच कडा पारी खोजतलास तीव्र पारेको छ। रकम लुटिएपछि कम्पनीका तर्फबाट इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ। यसअघि बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गर्न जाने र निकाल्नेहरुको रकम लुट्ने भारतीय गिरोहलाई प्रहरीले पुस २ गते बुटवलको एक बैंकबाट पक्राउ गरी सार्वजनिक गरेको थियो। बुटवल नारायणगढ र विराटनगरका बैंकहरुमा लुट्ने सो गिरोहलाई बुटवलस्थित एभरेस्ट बैंकको शाखाबाट प्रहरीले पक्राउ गरेको थियो। बैंकमा लुटपाट गर्ने भारत उत्तर प्रदेश लखनउका ५० वर्षीय हसिब खान र भारतको विहार बेतियाका ५५ वर्षीय मोहम्मद अलीलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ। बुटवलस्थित एभरेस्ट बैंकको शाखामा जडान गरिएको सिसिटिभी क्यामेराबाट उनीहरुको पहिचान खुलेको थियो। वित्तीय संस्थाहरुमा रकम जम्मा गर्न जानेहरु लुटिन थालेपछि बुटवलका केही बैंकमा सिसिटिभी क्यामेरा जडान गरिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक