20110104

नेपालको कानुन : माओवादीले जानुन, हिजडा सरकार माओवादीका अगाडि लत्र्याक लुत्रुक, समातिएको माओवादी नेता खड्गबहादुर विश्‍वकर्माले प्रयोग गर्दै आएको चोरीको गाडी माओवादीलाई नै फिर्ता

माओवादीले हतियार पनि नबुझाउने रे !

कानुनको उपहास :चोरीको पजेरोको साँचो माओवादीलाई फिर्ता गर्दै प्रहरी। तस्बिर:नागरिक

महानगरीय प्रहरी परिसर प्रमुखमा रमेश खरेल रहँदा समातिएको माओवादी नेता खड्गबहादुर विश्‍वकर्माले प्रयोग गर्दै आएको चोरीको गाडी उनी विदामा बसेपछि माओवादीलाई नै फिर्ता दिइएको छ। नागरिकका अनुसार शान्ति मन्त्रालयको त्रुटीपूर्ण पत्रलाई आधार बनाउँदै वरामद भएको चोरीको पजेरो फिर्ता गरिएको हो। प्रहरीले अनुसन्धान अगाडि बढाउन नपाउँदै एआइजी अर्जुनजंग शाहीले महानगरीय....
प्रहरी परिसरका कामु प्रमुख प्रधुम्न कार्कीलाई गाडी फिर्ता दिन निर्देशन दिएका थिए। कार्की आजैमात्र डिएसपीबाट एसपीमा बढुवा भएका हुन्। खरेल प्ररिसर प्रमुख हुँदा 'माथि'का यस्ता निर्देशन कमैमात्र आउँथे। शान्ति मन्त्रालयले यातायात व्यवस्था कार्यालय वागमतीले पजेरोमा प्रयोग भएको नम्बरमा टाटा सफारी दर्ता रहेको पुष्ठी गर्दै काठमाडौं परिसरलाई पत्र पठाएपछि अवैध गाडी फिर्ता भएको हो। गत बिहीबार समातिएको गाडी खरेलले भन्सार विभागलाई बुझाएका थिए। माओवादी नेतृत्वको सरकार रहेको समयमा अस्थाई नम्बरमा दर्ता गरेको बा ००१ अ ३४ नम्बरको प्लेट प्रयोग गरी चलाएको खैरो रङको पजेरो नियन्त्रणमा लिएको थियो।

एकीकृत नेकपा (माओवादी)का सचिव सिपी गजुरेलले राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)लाई बिदाइ गरेपछि सेना समायोजन नभएसम्मका लागि हतियार माओवादीसँगै रहने बताएका छन्। रिपोर्टर्स क्लबमा बोल्दै गजुरेलले सेना समायोजन गरिसकेपछि मात्र हतियार बुझाउने बताए। एमाओवादीको मुख्य मुद्दा शान्ति र संविधान हुँदाहुँदै केही दलहरुले संविधानसभाबाट संविधान बन्न नदिने षड्यन्त्र गरिरहेको भन्दै यदि त्यसो गरिए विद्रोहमा जान आफूहरु बाध्य हुने उनले बताए। एक प्रश्नमा एमाओवादी सचिव गजुरेलले प्रधानमन्त्रीका लागि पार्टीले जुनसुकै व्यक्तिलाई पनि खुला राखेको जानकारी दिए। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विगतका सहमतिअनुरुप एमाओवादीले शिविरमा रहेका लडाकूको समायोजन र वाइसिएलले अर्धसैन्य संरचना भङ्ग र हतियारको राजनीति अन्त्य नगरेसम्म प्रधानमन्त्रीबाट आफ्नो पार्टीका उम्मेदवारी फिर्ता नहुने बताए। नेकपा (एमाले) का प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले अनमिन फिर्ता गएपछि एमाओवादीले हतियार विशेष समितिलाई बुझाउनुपर्ने भन्दै अनमिन फर्कंदैमा नेपालको शान्तिप्रक्रिया धरापमा पर्छ भन्नु गलत हो भने। उनले एमाओवादी शान्ति र संविधानबाट भागेर विद्रोहमा जान नहुने भन्दै कब्जा गरेका घरजग्गा फिर्ता र हतियारको राजनीतिक त्यागेपछि मात्र एमाओवादीको नेतृत्व स्वीकार गर्न सकिनेछ भने। एमालेको कारण मधेसवादी दल फुटेको भन्ने आरोप गलत भएको भन्दै स-साना स्वार्थले उनीहरु विभाजित भएका हुन् भने।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक