20110106

हिजो आज अमेरिकामा नेपाली कुकुर वहुलाएपछि !
- गोविन्द गिरी प्रेरणा
सानोमा हजुर आमाले भन्नुहुन्थ्यो, कुकुर वहुलाएपछि पानीलाई पनि रगत देख्छ । म छक्क पर्थें किन त्यस्तो भएको होला - त्यो कुकुरले पानी छेउ पुगेपछि आँखा चिम्लेर पिए त पानी पानी नै हुन्थ्यो । मेरो वाल सुलभ मनमा त्यस्तो लाग्दथ्यो । वास्तवमा ठूलो भएपछि थाहा भो त्यस्तै हुँदो रहेछ । कुकुर वहुलाउनु भनेको रेविज हो, रेविज लागेपछि कुकुर वहुलाउँछ र मान्छे देख्यो कि टोक्न आइ लाग्छ । अनि मान्छेहरु त्यो वहुलाहा कुकुरलाई विषालु खाना ख्वाएर मारिदिन्छन् । किनभने त्यो वहुला कुकुरले टोक्यो भने मान्छे पनि वहुलाउँछ र वहुला कुकुरले जस्तै पानीलाई रगत देख्छ । कुकुरले वहुलाएपछि पानीलाई किन रगत देख्छ, त्यसको वैज्ञानिक , परावैज्ञानिक वा आध्यात्मिक के कारण छ म जान्दिन तर त्यसले मान्छेलाई पिरोल्ने र जथाभावी टोक्दै हिंड्ने कुरामा म विश्वस्त यसकारण छु कि मैले...
त्यस्ता वौलाहा कुकुर देखेको छु । तिनलाई विषादि ख्वाएर मारेका पनि देखेको छु । कुकुर त कुकुरै हो, नेपाल जस्तो देशमा कुकुर मार्दा पनि पुरुषार्थ नै ठान्छन् मान्छेहरु । तर वहुला कुकुरले मान्छेलाई टोकेर मान्छे वहुलायो भने चाहीं वित्यासै पर्दाेरहेछ । कुकुरलाई जस्तो विषादि ख्वाउन पनि मिल्दैन मान्छेलाई, हत्याको अभियोग लाग्छ । तर त्यसै छाड्ने हो भने कुकुरले जस्तै भुक्ने र मान्छे देख्यो कि टोक्न जाइलाग्ने गर्न थाल्दछ । यस क्षण आकार र जीवको स्वरुपमा मात्रै फरक हुन्छ, नत्र वहुला कुकुर र मान्छेमा क्यै फरक हुँदैन । पानीको प्यासले आकुल व्याकुल हुन्छ, पानी छेउ पुग्यो रगत देख्छ अनि झन् दोव्वर वहुलाउन थाल्छ र टोक्न तम्सिन्छ हरदम । हिजो आज अमेरिकामा त्यस्तै अर्थात् वहुलाहा कुकुरले टोकेर वहुलाएको मान्छे जस्तै मान्छे देखा पर्न थालेका छन् । तिनवाट जोगिन जरुरी छ । देख्दा र नाम सुन्दा सारसौंदो जस्तै , परिचित जस्तै, मित्र जस्तै, विना निम्तो घरमै आएर भात दाल डम्फ्याउन आउने असुर जस्तै तर व्यवहारमा भने रेविज सल्केको कुकुरले टोकेर त्यही कुकुरवत् भएको जस्तै ।
आफ्नै मित्रलाई तथानाम भन्छ भने, प्रमाणित नहुने मनगढन्त लेखेर चरित्रहत्याको उद्योगमा सामेल हुन्छ भने, समाजका मान्यजनलाई आमाचकारी गाली वक्छ लेख्छ भने, आफ्ना परिवारका सदस्यले सुन्नेगरी उच्चारण गर्न नहुने विरुदावली लेख्छ भने, समाजमा अनुहार लुकाएर दूलोमा वसेर तथानाम भन्छ भने त्यो मान्छे भएर पनि वहुला कुकुरले टोकेर वहुलाएको पानी देख्यो भने तर्सेर भाग्ने र मान्छेलाई टोक्न दौडिने जन्तु हो । सावधान, वहुलाएपछि सोच्ने समझदारी गर्ने भन्ने प्रश्न नै आउँदैन, कुकुरले होस् वा मान्छेले । कम्प्यूटरको पानामा तपाईको अनिच्छाका वावजूद झुल्किन आइपुग्ने रेविजवाट सावधान ।- ५ जनवरी, २०११

अमेरिकामा नेपाली लूतो

- गोविन्द गिरी प्रेरणा

लूतोलाई अंग्रजीमा के भन्छन् मलाई थाहा छैन । एलर्जीले यसको अर्थ वोक्न सक्छ जस्तो लाग्दैन त्यो वाहेक मलाइै अरु शव्द ज्ञान छैन । नेपालमा छँदा सानोमा मलाई पनि लूतो आएको थियो र त्यो वेला लूतोले दिएको सास्तीको हल्का सम्झना मात्र वाँकी छ । वास्तवमा पछि ठूलो भएपछि थाहा भयो यो लूतो भन्ने रोग मान्छेको हूर्मत लिने रोग हो । लूतो सल्किएपछि अघोरै चिलाउँछ । चिलाएपछि यौटै काम गर्न सकिन्छ कन्याउने । कन्याउँदा चिलाई मर्छ र एक प्रकारले आनन्द लाग्छ । चाहे पीपका फोका फुटून् चाहे रगत नै किन नआओस् लूतो कन्याईले आनन्द दिन्छ ।
लूतो आउने शरीरको खास निर्धारित भाग हुँदैन । अतः जुनसुकै ठाउँ कुठाउँमा श्लिल अश्लिल ठाउँ जता पनि लूतो लाग्न सक्छ । अतः जहाँ लूतो आएको हो कन्याउने ठाउँ पनि त्यही हो । लूतो कन्याइको वेलामा लूतो लाग्नेले कुन ठाउँमा लूतो आएको हो र त्यो ठाउँमा कन्याउँदा लोकाचारको आवश्यकता पर्छ या पर्दैन सोच्नै भ्याउँदैन । अत क्यै सोच विचार नगरी कन्याउन थालिहाल्छ ।
त्यसैले वेला मौकामा उसले गाली भेट्टाउँछ वेला न कुवेला ठाउँ न कुठाउँ कन्याए पुग्यो हैन शरम मान्नु पर्दैन, तर उसले त्यो सुन्दैन सुने पनि वुझ्दैन वुझे पनि पालना गर्दैन किन भने उसलाई कन्याउनुसँग मात्र सरोकार हुन्छ । एकपल्ट नेपालमा नेपाली पत्रकारहरुलाई लूतो सल्कियो २०४६ पछि । उनीहरु ठाउँँ कुठाउँ कन्याउने गर्न थाले । कहिले तारिफको तुल झुण्ड्याएर मंत्री जीएम आयोजना प्रमुख आदिलाई कन्याउन थाले । कहिले धम्कीको कन्याईले कहिले तारिफको कन्याइले उनीहरु लैनो गाई भैंसी झैं दोहनकर्ममा लाग्दथे । त्यो कन्याई त्यत्तिले शान्त हुन्नथ्यो जवसम्म उनीहरु कान्छीको भट्टीमा पुगेर त्यो दोहनलाई कान्छीको मौखिक मेनुमा कन्याएर अर्ध वेहोशी अर्ध रित्तो खल्ती र अर्ध मानवता हातलागि गर्दैनथे । नेपालमा अझै पनि धेरै पत्रकारहरु कर्ममा अर्थात् पत्रकारिता धर्ममा विश्वास गर्दैनन् । उनीहरुको विश्वास केवल दोहनमा हुन्छ । केही सच्चा पत्रकारहरु सत्यवादिताको खुराकले सुकेनाशको रोगले ग्रसित हुन्छन् भने दोहन भन्दा उत्तम अरु के हुन सक्थ्यो । नीजि प्रकारकाहरु नीजि रुपले साँगठित हिसावकाहरु साँगठित हिसावले दोहन गर्छन् । वेला मौकामा विशेष पर्वका अवसरमा छिमेकी राष्ट्रका दूतावास नामको मन्दिरवाट वार्षिक हण्डी प्राप्त गर्नु थप लूतो कन्याई हो । अझ कतिपय भाग्यमानीहरु त मासिक समेत वुझेर नेपाल आमाको छातीमा लात हान्ने अभूतपूर्व कर्म गर्न समेत पछि पर्दैनन् । यो त भयो नेपालको कुरो कन्थो । पाठकहरु भन्नुहोला हामी अमेरिका वस्नेहरुका लागि यो सव नालीवेलीको के महत्व
तर म भन्छु एकदम महत्व छ । त्यस्तै लुतो लागेका केही थान अमेरिकामा आएर पनि लूतो कन्याई गरिरहेछन् । अमेरिकामा पत्रिका निकाल्न वा समाचार माध्यम चलाउन सजिलो छैन । अतः ती लूतो लागेकाहरु इमेल पत्रकारिता गर्छन् र मनगढन्त सत्यवाट सयौं कोष टाढा र तथ्यसँग साइनो नभएका पागल प्रलाप गर्छन् चरित्र हत्या गर्ने काठमाडौंको महारोगको उकुच पल्टेको घाउ कन्याउँछन् । यही सन्दर्भमा मलाई एक मित्रले भने हैन अमेरिकामा त कुकुरले पनि राजसी खाना खाँदा रहेछन् । नेपालका कुकूर अमेरिका आए भने के तिनले गुहूनै खोज्लान् । मैले भनें हेर्नाेस् लूतो त अमेरिका छिरीसक्यो भने त्यस्ता कुकूर अमेरिका आई हाले भने गुहूनै खानेछन् । किनभने नेपालीहरु संसारको जुन कुनामा पुगे पनि आफ्नो पन साथ लिएर जान्छन् भने नेपाली कुकूरले पनि आफ्नोपन राख्न पाउँदैन भन्ने के छ अव अवाक् हुने पालो मेरा मित्रको थियो ।

१ जनवरी २०११, मनासस ।
8603 Lamont Ct. Manassas VA 20110 Ph.703-587-0795

1 comment:

  1. Yo Govinda Baje le bhaneko kura thikai ho, tyo Binod Kumar Nepal naam gareko yeuta chulyaha DC area ma ati nai garirachha tyo yaha bata kun din lakhetinchha pakka chha huna pani hune nahune khuraphat kati garya ho tyo phatichar le. tyata lai samaj ma nangyaunu parchha.

    Kristi, Arlington VA US

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक