20110106

नेपाली बाबा विध्याञ्चल १०८ दिने महायज्ञ गराउँदै !

अब १ महिने क्यानाडा यात्राको तयारी पनि !
नेपालको बिग्रिदो राजनिति  अवस्था सुधार र शान्तिका लागि नेपाली बाबाले भारतको विध्याञ्चलमा धार्मिक महायज्ञ तथा पूजा अर्चना शुरु गर्नुभएको छ । वैदिक विधि अनुसार संस्कृतका विद्धान पण्डितहरु सहित नेपाली बाबाले उक्त धार्मिक महायज्ञको नेतृत्व गर्नुभएको छ । उक्त महायज्ञ १०८ दिनसम्म चल्ने छ । महायज्ञमा माता विन्ध्यवासिनीसँग नेपाल र नेपालीका लागि, नेपालको शान्तिका लागि, संसारकै कल्याणका लागि प्रार्थना  गरिने नेपाली बाबाले नेपाल मदर डट कमसँग टेलिफोनमा बताउनु भयो । बाबाले नेपाल र नेपालीका लागि संसारभर रहेका नेपालीहरुले पनि माता विन्ध्यवासिनीसँग प्रार्थना गरेर सहयोग गर्न आहृवान गर्नु भएको छ । सवैको प्रार्थना र आरधनाले यस कार्यमा सहयोग पुग्ने पनि नेपाली बाबाको भनाई छ । स्मरण रहोस्, सन् २०१२ सम्ममा करिव १३ हजार पण्डितहरुद्वारा वैदिक विधि अनुसार ४० दिनसम्म...
लगातार महायज्ञ गरेर संसारमा बढ्दै गइरहेको तापक्रम नियन्त्रण एवं शान्तिका लागि कामना गर्ने ऐतिहासिक कार्यका लागि नेपाली बाबा क्रियाशिल हुनुहुन्छ र यसमा सवैको सहयोगको आशा राख्नुहुन्छ ।

यसैबीच, नेपाली बाबाका अन्तरास्ट्रिय सल्लाहकार नरेश जिन्दलले नेपाली बाबाको एक महिने धार्मिक अभियान क्यानाडामा संचालन गरिने र त्यसका लागि आवश्यक तयारी भइरहेको र क्यानाडामा बस्ने नेपाली, भारतीय तथा अन्य हिन्दुवादीहरुलाई सहयोगको लागि अपिल गर्दै फोन नं. ७०३-९४४-६२१२ मा सर्म्पर्क गर्न आहृवान गर्नुभएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक