20110107

माओवादीको ९ महिने सरकारलाई नालायक भन्दै ओलीले त्यसले आफ्ना परिवारलाई विश्व परिक्रमा गराउनेबाहेक अरु केही काम गर्न नसकेको दाबी

'भर्खरका ठिटालाई क्यान्टोनमेन्टमा राखेर सरकारले दिएको आधा पैसा आफैसँग राखेर सुख सयलमा बाँचिरहेको माओवादी नेतृत्वले विद्रोह गर्ने कुरा कल्पना पनि नगरे हुन्छ'
'विद्रोहको कुरा गर्ने ? तिमीहरुको सत्रु को हो ? कसको छातीमा हान्छौं बन्दूक ? किटान गर्नसक्छौ?'  'पालुङ्टारमा ५/६ हजार भेला पारेर त्यहाँचाहिँ विद्रोहका कुरा गरे पनि केही निर्णय निकाल्न सकेनन्। अहिले काठमाडौं फर्किएर फेरि विद्रोहका धम्की दिइरहेका छन्।' तर विद्रोहमा गए वैशाखकै ताल हुनेछ। त्यतिबेला धन्न ६ दिन आन्दोलन टिक्यो, अब त २ दिन पनि टिक्न सक्दैन। 
माओवादी क्रान्तिकारी हैन, काटमारकारी हो : केपी ओली

एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादी क्रान्तिकारी नभई काटमारकारी भएको बताएका छन्। त्यसैले उनीहरुको काटमारले मुलुकमा परिवर्तन र रुपान्तरण सम्भव नभएको उनको भनाइ थियो। उनले माओवादीले विद्रोहका कुरा गरेर जनतामा भ्रम फिँजाइरहेको दाबी पनि गरे। माओवादी-राजावादी दुवै अतिवादी भएको आरोप पनि उनले लगाए। एमाले काठमाडौं जिल्ला अधिवेशनको उद्‌घाटन कार्यक्रमलाई खुलामञ्चमा सम्बोधन गर्दै उनले भने- अतिवादीबीच मिलेमतो हुनु सामान्य कुरा कुरा हो। अब माओवादीले विद्रोहको धम्की दिए पनि त्यो सम्भव नहुने उनले बताए। 'भर्खरका ठिटालाई क्यान्टोनमेन्टमा राखेर सरकारले दिएको आधा पैसा आफैसँग राखेर सुख सयलमा बाँचिरहेको माओवादी नेतृत्वले विद्रोह गर्ने कुरा कल्पना पनि नगरे हुन्छ', माओवादी नेतृत्वप्रति पटाक्षेप गर्दै ओलीले प्रश्न गरे - 'विद्रोहको कुरा गर्ने ? तिमीहरुको सत्रु को हो ? कसको छातीमा हान्छौं बन्दूक ? किटान गर्न सक्छौ ?' माओवादी जनतालाई भ्रम छर्न शान्तिको कुरा गरिरहेको उल्लेख गर्दै नेताले ओलीले भने- 'पालुङ्टारमा ५/६ हजार भेला पारेर त्यहाँचाहिँ विद्रोहका कुरा गरे पनि केही निर्णय निकाल्न सकेनन्। अहिले काठमाडौं फर्किएर फेरि विद्रोहका धम्की दिइरहेका छन्।' तर विद्रोहमा गए वैशाखकै ताल हुनेछ। त्यतिबेला धन्न ६ दिन आन्दोलन टिक्यो, अब त २ दिन पनि टिक्न सक्दैन। माओवादीको ९ महिने सरकारलाई नालायक भन्दै ओलीले त्यसले आफ्ना परिवारलाई विश्व परिक्रमा गराउनेबाहेक अरु केही काम गर्न नसकेको उल्लेख गरे। एमालेले ९ महिना सरकार चलाउँदा आफ्नो गाउँ आफै बनाउँ, वृद्ध, विधवा, अशक्त भत्ता जस्ता धेरै काम गरेको जिकिर गर्दै उनले माओवादीले सिन्को पनि भाँच्न नसकेको दाबी गरे। उनले माओवादी अध्यक्ष र प्रधान मन्त्रीबीच पछिल्लो पटक अनमिनको म्याद ४ महिनालाई थप्ने निर्णय भएकामा अहिले तिनै दाहाल फेरि म्याद थप्नुपर्‍यो भन्न के नाकले आउनु भन्ने प्रश्न पनि गरे।

सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले एमालेले तानाशाही निरंकुश व्यवस्थालाई माटोमा मिलाएर लोकतन्त्र ल्याउन नेतृत्व गरेको उल्लेख गरे। 'त्यसैले एमालेले अरु पार्टीहरुले जस्तो राजनीतिक स्वतन्त्रता मात्र खोज्दैन, यसले आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा रुपान्तरण गर्न चाहन्छ। एमालेले लोकतन्त्र व्यापकतन्त्र हो।'
अहिले मुलुकमा वैचारिक, सैद्धान्तिक र राजनीतिक चुनौतीहरु रहेको उल्लेख गर्दै उनले समृद्ध नेपाल निर्माण गर्ने वृहत् सम्भावना रहेको बताए। अहिले दक्षिणपन्थी, उग्रवामपन्थी र यथास्थितिवादी तीनैथरि शान्ति र संविधानको पक्षमा नरहेको भन्दै अध्यक्ष खनालले भने- 'त्यस कारण एमालेका लागि शान्ति र संविधान प्रमुख कार्यभार भएको छ। यी तीनथरिका चुनौती चिर्दै अगाडि बढ्न एमाले लाग्छ।' उनले माओवादी अब युद्धबाट नसकिने भो भनेर आफैँ शान्ति प्रक्रियामा आएको बताए। र, भने- तर पनि उसमा युद्धको धङधङी बाँकी रहनु दुखद् पक्ष हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक