20110107

Exclusive News......! माओवादीले आफ्नै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित १३ भन्दा बढी नेतालाई प्रधानमन्त्रीको प्रस्ताव !

सबैलाई प्रधानमन्त्री बनाउछौँ भन्दै माओवादीद्वारा "फुटाउ र राज गर" को अभियान     
 'मलाई पनि माओवादीले प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए, तर ठाडै अस्वीकार गरिदिएँ,' उपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाले विराटनगर पुगेर मुख खोलिन् । माओवादीबाट आफूलाई प्रधानमन्त्रीको अफर आएको रहस्य खोल्दै उनले भनिन्, 'माओवादी कहिले सुशील'दा त कहिले शेरबहादुरलाई प्रधानमन्त्रीको ललिपप बाँडिरहेका छन् ।' प्रधानमन्त्रीका लागि माओवादीले प्रस्ताव गरेका सुजाता मात्र एक होइनन् । उनको भनाइ पनि असत्य होइन । उनी त माओवादीले अरू दलभित्र खेल्न अघि सारेको प्रधानमन्त्री राजनीतिको एक मोहोरा हुन् । पर्ूव प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणपछि माओवादीले आफ्नै....
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित १३ भन्दा बढी नेतालाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेको छ । प्रधानमन्त्रीको दाबेदार रहेका माओवादी अध्यक्ष दाहाल स्वयं अन्य दलका नेतालाई प्रस्ताव गरिरहेका छन् । तर, आफ्नै दलका नेताहरूलाई प्रधानमन्त्री स्वीकार गर्न भने सकिरहेका छैनन् । उनकै दलमा प्रधानमन्त्री हुनलायक नेताहरू नभएर भने होइन । दाहालले कांग्रेस सभापति सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सुजाता र शेखर कोइरालासहित पाँच नेतालाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेका छन् । सुरुमा सुजातालाई प्रस्ताव गरेका दाहालले देउवा हुँदै पुनः कोइराला परिवारलाई विकल्पका रूपमा प्रस्ताव गरेका हुन् । एमाले अध्यक्ष झलनाथ खनालदेखि प्रधानमन्त्री नै रहेका वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीलाई पनि दाहालले प्रधानमन्त्रीको ललिपप देखाइसकेका छन् । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पनि प्रधानमन्त्रीको प्रस्ताव गर्न दाहालले भ्याइसकेका छन् । सुरुमा एमालेभित्रको समीकरण बिगार्न दाहालले प्रधानमन्त्री नेपालको विकल्पमा ओलीलाई प्रस्ताव गरेका थिए । नेपाल नेतृत्वको सरकारको पक्षमा दृढ भएर लागेका ओलीले तीन पटकसम्म दाहालको प्रस्तावलाई केटाकेटीलाई दिने गरिएको ललिपप भन्दै अस्वीकार गरेपछि अध्यक्ष खनाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका हुन् । 'माओवादी नेताहरू कानमा चिनी हाल्न खप्पिस छन्, धेरैको कानमा हालिएको प्रधानमन्त्रीको चिनी मेरो कानमा पनि आइपुगेको छ,' ओलीले र्सार्वजनिक रूपमै भनेका थिए । ओलीको र्सार्वजनिक घोषणापछि दाहालले नेपालको विकल्पमा खनाललाई अघि सारेका हुन् । यद्यपि, दाहालको र्समर्थनमा खनाल बहुमतीय सरकारको प्रधानमन्त्री बन्ने अवस्था आएपछि उनको उम्मेदवारी प्रधानमन्त्री नेपालले फिर्ता गरेर असफल पारिदिएका हुन् । गत ५ साउनमा खनाल बहुमतीय निर्वाचन प्रक्रियाअनुरूप प्रधानमन्त्री बन्ने अवस्था आएपछि नेपालले उनको उम्मेदवारी नै फिर्ता लिएका थिए । 
त्यसयता पनि माओवादीले आफू प्रधानमन्त्रीको दाबी नछोडी कहिले खनाल त कहिले कोइराला परिवारका सदस्य वा देउवाको नाम प्रस्ताव गरिरहेको छ । यसैक्रममा शेखरको नाम प्रस्ताव गरिएको हो । प्रधानमन्त्रीका एक्ला प्रत्यासी रहेका कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको उम्मेदवारी तुहाउनका लागि माओवादीले सो प्रस्ताव गरेको यथार्थ बुझेका सभापति कोइरालाले त्यसलाई अस्वीकार गरिसकेका छन् ।  त्यसो त माओवादीभित्रै पनि प्रधानमन्त्रीका लागि तीन उम्मेदवार खडा गरिएको छ  । दाहालसँगै उपाध्यक्ष डा. बाबुराम भट्टर्राई र महासचिव रामबहादुर थापा 'बादल' पनि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा छन् । 'अध्यक्ष कमरेडसहित बाबुरामजी र बादलजीको पनि प्रधानमन्त्रीमा चर्चा चल्यो, जुन अझै छ,' एक स्थायी समिति सदस्यले राजधानीसँग भने । उनका अनुसार पार्टर्ीीत्रै एक समूहले उपाध्यक्ष भट्टर्राईलाई प्रधानमन्त्री बनाउने प्रयत्न गरिरहेको छ भने प्रधानमन्त्रीका लागि 'सबै विकल्पहरू खुला गर्ने' निर्ण्र्ाागरेको माओवादीकै दाहाल पक्षधरले अध्यक्ष दाहालको विकल्पको रूपमा महासचिव थापालाई उभ्याइरहेको छ । संसदीय दलको नेता दाबी गरी भट्टर्राईले प्रस्ट रूपमा प्रधानमन्त्रीको दाबेदार रहेको संकेत दिइसकेका छन् । 
कटवाल प्रकरणपछि राजीनामा दिन बाध्य भएको माओवादीले पहिलो पटक एमाले अध्यक्ष खनाललाई प्रधानमन्त्रीको अनौपचारिक प्रस्ताव गरेको थियो तर पार्टर्ीी अल्पमतमा परेपछि सो पार्टर्ीी वरिष्ठ नेता नेपाल प्रधानमन्त्रीका उम्मेदवार भए र निर्वाचित पनि भए । माओवादी दबाबमै खनालको आग्रहपछि नेपालले राजीनामा दिएपछि माओवादीले औपचारिक रूपमा स्थायी समितिको बैठकले निर्ण्र्ाामात्र गरेन, अध्यक्ष खनाललार्इर्र्र्समर्थन गर्ने पत्रसमेत पठायो । तर, दाहालको उम्मेदवारी पनि यथावत् राखियो ।  
प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा सरकार गठनलगत्तै माओवादीले कांग्रेसका सुजाता, पौडेल, देउवा, सुशील कोइरालालाई पनि प्रधानमन्त्रीको प्रस्ताव गरेको कांग्रेस नेताहरूले र्सार्वजनिक गर्दै आएका छन्, जसलाई माओवादीले अहिलेसम्म खण्डन गरेको छैन । पछिल्लो समयमा वरिष्ठ नेता देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिरहेको र र्समर्थन गर्ने 'गोप्य प्रतिबद्धता' जनाइरहेको बेलासमेत माओवादी अध्यक्ष दाहालले कोइराला परिवारकै डा. शेखरलाई प्रधानमन्त्री उठाए र्समर्थन गर्ने बताए । 
प्रधानमन्त्री नेपालले राजीनामा दिएपछि माओवादीले मधेसवादी दलबाट प्रधानमन्त्री बनाउनुपर्ने तर्क राख्यो । आफ्नो नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको भन्दै मधेसवादी दलहरूसँगको छलफलमा अध्यक्ष दाहालले 'अबको प्रधानमन्त्री मधेसी समुदायको तर्फाट' भनिदिए । अध्यक्ष दाहालले फोरम अध्यक्ष यादवलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको चर्चा त्यतिबेला नै चलेको थियो । 
कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी माओवादीले कांग्रेसभित्र जोसुकैलाई प्रधानमन्त्री प्रस्ताव गरे पनि पार्टर्ीी केही फरक नपर्ने बताउँछन् । 'आत्मसन्तुष्टिका लागि प्रस्ताव गर्न सक्छ तर पार्टर्ीी आधिकारिक रूपमा रामचन्द्र पौडेललाई उठाएको छ, त्यस निर्ण्र्ाााट अलिकति पनि विचलित छैन,' राजधानीको जिज्ञासामा जोशीले भने । माओवादी नेता गिरिराजमणि पोखरेलले भने एमाले अध्यक्ष खनालबाहेक अन्य दलका कसैलाई पनि र्समर्थन नगरेको बताए ।-प्रकाश तिमल्सिना

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक