20110109

अमेरिकी कंग्रेसकी महिला सदस्यको टाउकोमा गोली प्रहार

एरिजोनामा भएको सो गोलीकान्डमा अरू ६ जनाको ज्यान गएकोछ
अमेरिकी कंग्रेसकी एकजना महिला सदस्यको टाउकोमा गोली प्रहार भएपछि उनी चिन्ताजनक अवस्थामा पुगेको खबर छ। एरिजोनामा भएको सो गोलीकान्डमा अरू ६ जनाको ज्यान गएको बताइएको छ। मोक्रेटिक प्रतिनिधि गाब्रिएल्ले गिफ्फोर्डस्माथि टुक्सन सुपरमार्केटमा एउटा र्सार्वजनिक बैठकका बेला नजिकैबाट गोली प्रहार भएको बताइएको छ । अहिले उनलाई दुखाइ कम गर्ने औषधि दिइएको छ। उपचारमा संलग्न एकजना चिकित्सकले उनले स्वास्थ्यलाभ गर्नेमा आफू निकै आशावादी रहेको बताएका छन्। राष्ट्रपति बाराक ओबामाले यो घटनालाई सिंगै मुलुकको विपत्ति भनेका छन्। गोलीकान्डको घटनालाई लिएर एकजना २२ बर्सर्ेेुवकलाई पक्राउ गरिएको छ। एरिजोनामा बसोबास गर्ने तनावपर्ूण्ा विगत भएका जारेद लघ्नरलाई पक्राउ गरिएको हो । थुपै्र सहपाठीहरूले लघ्नरलाई स्पष्ट रूपमा तनावग्रस्त व्यक्ति भनेका छन्। एक्लै बस्ने ती युवकले थुप्रै सरकारविरोधी भिडियो र सन्देशहरू सोसियल नेटवर्किङ वेबसाइटहरूमा पोस्ट गरेका....
 छन्। संदिग्ध व्यक्तिको नाम पुष्टि नगरेको स्थानीय प्रहरीले अपराधीका सम्भावित सहयोगीको खोजी गरिरहेको छ । ती सहयोगीले गोली हान्नेलाई सुपरमार्केटबाट गाडीमा भगाएका थिए। 'हामी ऊ एक्लैले त्यो जघन्य काम गर्‍यो होला भन्नेमा विश्वस्त छैनौं,' पिमा काउन्टीका सेरिफ क्लेय™ेन्स डुपनिकले भने ।
प्रहरीले खोजी भइरहेका कालो कपालवाला व्यक्तिको सीसीटिभी तस्बिर र्सार्वजनिक गरेको छ। ४०-५० वर्षा भनिएका ती व्यक्तिले आक्रमणका बेला नीलो ज्याकेट र जिन्स लगाएका छन्। वामपन्थी टिप्पणीकारहरूले घृणाको वातावरण सिर्जना गरेकाले यस्तो दर्ुभाग्यपर्ूण्ा घटना भएको आरोप दक्षिणपन्थी राजनीतिज्ञमाथि लगाएका छन् ।
गोलीकाण्डमा ज्यान गुमाउनेमा एउटी नौ बर्सर्ेेालिका र ४० वर्षन्दा बढी समय बेन्चमा बिताएका संघीय न्यायाधीश जोन रोलसमेत छन् । उनी गिफ्फोर्डस्का राजनीतिक सहयोगी पनि हुन् । घटनामा गिफ्फोर्डस्सहित १२ जना घाइते भएको प्रहरीले बताएको छ ।
राष्ट्रपति ओबामाले देशवासीलाई एकजुट भएर एकअर्कालाई सहयोग गर्न भनेका छन् । 'म सबै अमेरिकीलाई म र मिचेलसँग मिलेर सबै पीडित र उनीहरूका आफन्तका लागि पर््रार्थना गर्न आग्रह गर्दछु,' उनले भनेका छन् । उनले गिफ्फोर्डस्लाई आफ्ना व्यक्तिगत साथी र असाधारण जनसेवक भनेका छन् । ओबामाले एफबीआईका निर्देशक रोबर्ट मुएल्लेरलाई घटनाको छानबिन गर्ने जिम्मा दिएका छन् ।
अन्तरिक्षयात्री मार्क केल्लीसँग विवाह गरेकी गिफ्फोर्डस्ले हाउस अफ र्रि्रेजेन्टेटिभ्समा एरिजोनाका आठओटा जिल्लाको प्रतिनिधित्व गर्छिन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक