20110110

प्रधानमन्त्री निर्वाचनमा रामचन्द्र पौडेलको विपक्षमा मतदान गरे एमालेसँगको सहकार्य टुट्ने, माधवकुमार नेपाल नेतृत्वमा सहभागी सबै मन्त्रीहरू फिर्ता हुने कांग्रेस चेतावनी

कांग्रेसले व्यवस्थापिका संसद्मा जारी प्रधानमन्त्री निर्वाचनमा एक्ला प्रत्यासी रामचन्द्र पौडेलको विपक्षमा मतदान गरे एमालेसँगको सहकार्य टुट्ने चेतावनी दिएको छ । कांग्रेसले पौडेलको विपक्षमा मतदान गरेकै दिनबाट माधवकुमार नेपाल नेतृत्वमा सहभागी सबै मन्त्रीहरू फिर्ता हुने जनाउ पनि एमाले नेतृत्वलाई दिएको छ । व्यवस्थापिका संसद्मा बुधबार पौडेललाई प्रधानमन्त्री निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान हुँदै छ । मतदानको समय आइसक्दा पनि एमालेले पौडेलको विपक्षमा मतदान गरी अस्वीकृत गर्ने अडान नफेरेपछि कांग्रेसले सहकार्य टुट्ने चेतावनी दिएको हो । कांग्रेस र एमालेका शर्ीष्ानेताहरूबीच सोमबार भएको दर्ुइ चरणको वार्तामा उम्मेदवारी फिर्ता नलिने र एमालेले विपक्षमा मतदान गरे सबै मन्त्री फिर्ता गरी सहकार्य औपचारिक रूपमा टुटाउने बताएको हो । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई अवकाश दिने निर्ण्र्ााथमौती भएको ...
भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामा दिएपछि एमाले-कांग्रेसबीच सहकार्य भई नेपाल नेतृत्वको सरकार गठन भएको हो । नेपाल नेतृत्वको सरकारलाई एमालेबाटै पटक-पटक ढाल्ने प्रयास भए पनि कांग्रेसले अन्तिमसम्म सहयोग गरेको थियो । तर, एमाले अध्यक्ष झलनाथ खनालले नै राजीनामा दिन फोन गरेपछि प्रधानमन्त्री नेपालले कांग्रेससँग छलफल नै नगरी १६ असारमा राजीनामा दिएका हुन् । उनको राजीनामापछि ५ साउनबाट प्रधानमन्त्री चयनका लागि संसद्मा १६औं पटकसम्म निर्वाचन भए पनि एमालेकै कारण पक्षमा बहुमत जुट्न सकेको छैन । बुधबार हुने १७औं निर्वाचनमा पनि एमालेले विपक्षमा मतदानको अडान राखेपछि कांग्रेससहितका दलहरू असन्तुष्ट बनेका हुन् । सोमबारको वार्तामा कांग्रेस सभापति सुशील कोइरालाले एमाले नेतालाई 'राजनीतिक अपमान' सहेर एमालेले नै नेतृत्व गरिरहेको सरकारमा कांग्रेस बस्न नसक्ने जनाउ दिए । तर, एमाले नेताले पार्टर्ीीेन्द्रीय कमिटीको पाँचौं बैठकको निर्ण्र्ाानुसार प्रधानमन्त्रीका एक्ला प्रत्यासी पौडेलको विपक्षमा मतदान गर्ने अडान राखेका थिए । कांग्रेसले आफ्ना उम्मेदवार पौडेलविरुद्ध मतदान गरे गठबन्धन तोडिने र त्यसको जिम्मेवारी एमाले नेतृत्वले नै लिनर्ुपर्ने बताए । बैठकमा कांग्रेस नेताले सहमतिको आधारमा प्रधानमन्त्री चयन हुुनर्ुपर्छ भन्ने निर्ण्र्ाागरेर मुलुकलाई अनिर्ण्र्ााो बन्दी बनाएको आरोप एमालेलाई लगाएका थिए । 'सहमतिको आधार मात्र सरकार हुनर्ुपर्छ भन्ने निर्ण्र्ाााई परिवर्तन गरेर बहुमतकै आधारमा भए पनि सरकार बनाउने पक्षमा एमाले देखिएकाले पौडेलविरुद्ध मतदान गर्ने निर्ण्र्ााई पनि पुनर्विचार गर्नुपर्छ,' बैठकमा कोइरालाको भनाइ थियो । कांग्रेस नेताहरूले यदि एमालेले पौडेलको उम्मेदवारीविरुद्ध मत दिएमा एमाले र माओवादी कुनै पनि दलको उम्मेदवारलाई कांग्रेसले सहयोग गर्न नसक्ने प्रस्ट धारणा राखेका छन् ।  वार्तामा एमाले अध्यक्ष झलनाथ खनालले  पौडेलको उम्मेदवारी फिर्ता लिए सहमतिकै आधारमा सरकार बनाउन एमाले तयार रहेको अडान दोहोर्‍याएका थिए । उनले सहमति कायम नभए बहुमतीय आधारमा भए पनि वर्तमान गठबन्धनबाटै सरकार निर्माण गर्ने अडानमा आफूहरू रहेको जवाफ दिएका थिए । 'पौडेलको पक्षमा एमालेले मतदान नगरे हामी सरकार छोड्न बाध्य हुने छौं,' बैठकपछि कांग्रेस नेता बिमलेन्द्र निधिले भने ।  प्रधानमन्त्रीका उम्मेदवार पौडेलले 'एमाले नेतहरूले  स्थायी  समिति बैठक चलिरहेको र वर्तमान गठबन्धनबाटै सरकार बनाउने विषयमा छलफल भइरहेको जानकारी दिएको' बताए । एमाले स्थायी समिति बैठक मंगलबार पुनः बस्दै छ । एमाले सचिव एवं सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले कांग्रेससँग भएको छलफलको आधारमा मंगलबार बस्ने स्थायी समिति बैठकमा व्यापक छलफल गर्ने जानकारी दिए । कांग्रेस नेता बिमलेन्द्र निधिले पौडेलको पक्षमा मतदान गर्न कांग्रेसले आग्रह गरेको बताए । कांग्रेसकै अडानका कारण यसअघिको निर्वाचनमा तटस्थ बसेको सत्तारुढ दल तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीी पौडेलको पक्षमा मतदान गर्ने निर्ण्र्ाागरिसकेको छ । तमलोपाको निर्ण्र्ाागत्तै कांग्रेस नेताहरूले सोमबार अपराह्न पुनः एमाले कार्यालय बल्खु पुगी मतदान गर्न आग्रह गरेका थिए । 'पौडेलको विपक्षमा मतदान गरे कांग्रेसका मन्त्री फिर्ता गर्ने परिस्थिति आउन नदिन एमालेको निर्ण्र्ाााई पुनर्विचार गर्न पुनः आग्रह गर्‍र्यौं,' बल्खुमा भएको छलफलपछि कांग्रेस नेता एवं संस्कृतिमन्त्री डा. मीनेन्द्र रिजालले भने  । यसैबीच, सत्तारुढ १५ दलका तर्फाट एमालेसँग वार्ता गर्न गठित समितिले पनि सोमबार नै एमाले नेतृत्वसँग नयाँ सरकार गठन र गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल गरेको छ । बैठकमा वामपन्थी एवं  लोकतान्त्रिक शक्तिबीचको एकतालाई निरन्तरता दिँदै सहमतिको आधारमा नयाँ सरकार निर्माण गर्ने सहमति भएको छ । वार्ता समितिले एमाले नेताहरूलाई वर्तमान गठबन्धनबाटै सहमतिको आधारमा र सम्भव नभए बहुमतकै आधारमा भए पनि सरकार निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरूले सरकार निर्माण गर्न कांग्रेस र एमालेबीच सहमति जरुरी भएकाले तत्काल निर्ण्र्ाागर्न र लोकतान्त्रिक वाम गठबन्धन जोगाउन सुझाव दिएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक