20110110

४० डाकालाई एक्लै परास्त गरी रेलका यात्रुको धनमाल र युवतीको इज्जत जोगाएका नेपालका बिष्णुप्रसाद श्रेष्ठलाई भारत सरकारबाट दिइने सौर्य चक्र, सर्बोत्तम जिवन रक्षक पदक र गोडरे फिलिप्स बेभरी अवार्डकालागि प्रस्ताव

भारतीय सैनिकमा कार्यरत नेपालका बिष्णु प्रसाद श्रेष्ठले ४० डाकालाई एक्लै परास्त गरी रेलका यात्रुको धनमाल र युवतीको इज्जत जोगाएका छन्। पैंतीस वर्षीय श्रेष्ठ भारतको राँचीस्थित भारतीय सेनाको ७÷८ गोर्खा रेजिमेन्ट्समा नायक पदबाट रिटायर्ड भै घर फर्कने क्रममा गत सेप्टेम्बर २ को मध्य रातमा बंगालको चित्तरंजनमा मौरिन एक्सप्रसको रेलमा डाकाहरुले रेलकायात्रीलाई लुट्नेक्रममा उनलाई समेत लुट्ने प्रयास गरेका थिए। डाकाहरुले यात्रीको नगद, मोवाइल लगायत अन्य सामान लुट्दै उनको नजिक पुगे र उनिसँग पनि सामान, पैसा माग्न थाले। त्यसपछि श्रेष्ठले प्रतीकारमा १० जनालाई ढलाए र बलत्कृत हुनआटेकी युवतीलाई जोगाए। श्रैष्ठले घटनामा १ जना डाकालाई रेलकै शौचालयमा थुने भने ३जनाको उनको खुकुरी प्रहारबाट मृत्यु र ८जना घाइते भए। उनले ५० वटा ल्ापटप, २० लाख नगद ,२सय थान मोवाइल सेट, एक दर्जन सुनको सिक्री लुटीनबाट बचाएका थिए। श्रेष्ठले बहादुरी काम गरेको भन्दै निबृत्तबाट फेरी सेवामा प्रवेश गराउँदै कमाण्डिङ ...अफिसरले ५० हजार नगद उपहार दिएका थिए। उनलाई भारत सरकारबाट दिइने सौर्य चक्र, सर्बोत्तम जिवन रक्षक पदक र गोडरे फिलिप्स बेभरी अवार्डकालागि प्रस्ताव गरिएको छ।

2 comments:

  1. Congratulation to Nepali Gorkhali

    ReplyDelete
  2. We are proud of Bishnu Prasad. Congratulation
    SP

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक