20110126

नागरिक पार्टी भयौँ अब प्रधानमन्त्री हामीलाई नै चाहिन्छ भनी बार्गेनिङ गर्ने माओवादीद्वारा आधा दर्जन एमाले र कांग्रेस कार्यकर्ताको अपहरण

माओवादीका कार्यकर्ताहरुको एक समूहले आपसी विवादका कारण मंगलबार राति उदयपुरको लाफागाँउ गाविसका आधा दर्जन एमाले र कांग्रेस कार्यकर्ताको अपहरण गरेका छन् । स्थानीय रामबहादुर राईको विवाहमा भोज खान गएका ७६ वर्षीय धनबहादुर राईलाई कुटपिट गरेको विषयमा विवाद हुँदा माओवादीले लाफागाँउ –१ का ४५ बर्षीय कांग्रेस कार्यकर्ता डिक बादुर थापा, एमाले गाँउ कमिटीका अध्यक्ष २८ वर्षीय कमल राई, एमाले कार्यकर्ता ३० वर्षीय पर्शुराम थापा, १६ वर्षीय केशर राई, २५ वर्षीय कर्णबहादुर राई उनका बुबा अन्दाज, चुनुकला राई र हस्तबहादु राई सहित छ जनालाई अपहरण गरेका बताइएको छ । अपहरणमा परेका सबैलाई उच्च मावि लाफागाँउ भित्र बन्दक बनाएको जनाइएको छ । माओवादी किरात राज्य समिति सचिवालय सदस्य केदार राई र लाफागाँउ कमिटि इचार्ज चन्द्रकुमार कार्कीको नेतृत्वमा वाईसिएलका एक दर्जज बढी कार्यकर्ताले एमाले कांग्रेस कार्यकर्ताको अपहण गरेको कांग्रेस जिल्ला सदस्य धनबहादुर राइले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक