20110114

दैनिक १२ घण्टाको दरले लोडसेडिङ , अझै बढ्न सक्ने संकेत

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ । प्राधिकरणले आइतबारदेखि लागू हुने गरी सातामा ८४ घण्टा विद्युत कटौती गर्ने भएको छ । यसअघि सातामा ७४ घण्टा लोडसेडिङ हुँदै आएको थियो । जलासयमा पानीको मात्रा घटेको र जाडोयाममा विद्युतको मागसमेत बढेको कारण देखाउँदै प्राधिकरणले दैनिक १२ घण्टाको दरले लोडसेडिङको अवधि बढाएको हो । सुख्खायाम सुरु हुन अझै दुई महिना बाँकी छँदै दैनिक १२ घण्टाको दरले विद्युत कटौती हुनुले लोडसेडिङको अवधि अझै बढ्न सक्ने संकेत गरेको छ ।
खनाललाई कठपुतली प्रधानमन्त्री बनाउने सम्भावना
माओवादी र एमालेको चेपुवामा परेर धान्न नसकी कांग्रेसका रामचन्द्र पौडेलको प्रधानमन्त्री पदमा दर्ता भएको उम्मेद्वारी फिर्ता भएपछि राजनीतिक वृत्तमा 'वाम गठबन्धन' निर्माणको सम्भावना व्यक्त गर्न थालिएको छ। अहिलेसम्म कायम रहेको वाम–लोकतान्त्रिक गठबन्धनलाई समाप्त पारेर वाम गठबन्धन कायम गर्न माओवादी नेतृत्व लागिपरेको पृष्ठभूमिमा वाम गठबन्धनको सम्भावनालाई औंल्याउन थालिएको हो। संसद्मा कायम रहेको वामशक्तिको उपस्थितिले पनि वाम गठबन्धनको सम्भावनालाई औंल्याएको छ। यसमा अहिले आएर एमाओवादी र एमालेको संस्थापन पक्षबीच समझदारी कायम भएको स्थितिले गर्दा सरकारको नेतृत्व गर्ने विषयमा पनि माओवादी र एमालेबीच समझदारी भएमा वाम सरकार बन्न सक्ने....
बताइादैछ। स्वतन्त्र विश्लेषकहरुले माओवादीको पहिलो प्राथमिकता सत्ताभन्दा पनि पुरानो सत्ता समीकरणलाई भत्काएर आफ्नो नेतृत्वमा आफन्ो अह्रन–खटनमा चल्ने नयाा सत्ता समीकरण निर्माण रहेको उल्लेख गरेका छन्। सहमतीय सरकारको सम्भावना नरहेको वर्तमान अवस्थमा एमालेलाई सन्तुष्ट तुल्याएर उपयोग गर्दै आफू अनुकूल नयाा सत्ता समीकरण निर्माण गर्न सकिनेमा रामचन्द्र पौडेलको उम्मेद्वारी फिर्ता पछि माओवादी नेतृत्व थप आशावादी र उत्साहित बनेको विश्लेषकको तर्क छ। पार्टी हितका लागि दीर्घकालीन रणनीति अवलम्वन गरेको एमाओवादी नेतृत्वले नयाा वामसत्ता समीकरणका लागि एमाले अध्यक्ष खनाललाई कठपुतली प्रधानमन्त्री बनाउने सम्भावनलाई विश्लेषकहरु नकार्दैनन्। एमालेमा माधवकमार नेपाल र खड्गप्रसाद ओलीले व्यहोरेको लज्जास्पद पराजयलाई झलनाथ खनालकै समकक्षमा आफ्नो विजय महसुस गरेको एमाओवादी नेतृत्वले अहिलेको विजयर्लाइ सार्थक तुल्याएर आफ्नो अभिष्ट पूरा गर्न केही समयका लागि झलनाथलाई प्रधानमन्त्री बनाउन सक्ने अरु स्रोतको पनि दावी छ। स्रोतको विश्लेषणमा झलनाथलाई प्रधानमन्त्री बनाएर माओवादीले एउटै तिरले धेरै वटा शिकार गर्न सक्दछ। पहिलो शिकार वर्तमान प्रजातान्त्रिक गठबन्धन नै हुनेछ जसले माओादीको सामरिक अभिष्टको बाटोलाई अवरुद्ध तुल्याएको छ। दोस्रो शिकार बन्नेछन्– एमालेका नेपाल–ओली गुट जसले राजनीतिक रुपमा माओवादीको पानी खेदो गर्दै आएको छ। नेपाल–ओली गुटलाई परास्त गर्न स्वयं एमाले अध्यक्ष झलनाथ खनालको समेत सहयोग प्राप्त हुने विश्वास माओवादीले लिएको छ। वामसत्ता समीकरण निर्माण गर्दा अन्तर्राष्ट्रिय समुदाय समेत प्रभावित हुने अपेक्षा माओवादी नेतृत्वले गरेको छ। स्रोत भन्छ– चीन र युरोपेली संघ नेपाली राजनीतिमा विदेशी विरोधी सत्ता गठबन्धनको पक्षमा छन्। नेपालको आन्तरिक राजनीतिमा विदेशीको सघन प्रभावले आफ्नो प्रभाव फिका रहेको मूल्यांकन बेइजिङ र युरोपेली संघको रहेको छ। नेपालमा वाम गठबन्धन कायम भएर वाम सरकार बनेको खण्डमा सबभन्दा पहिले बेइजिङ र युरोपेली संघ खुसी हुनेछन्। स्रोतको विचारमा व्यवस्थापिका संसद्मा प्रधानमन्त्री चयनको अवधिसम्म यसर्थ बेइजिङ र युरोपेली संघ बढी सक्रिय हुन सक्दछन्। माओवादी र एमालेबीच समझदारी बढाएर कार्यगत एकताको अनुकूल वातावरण निर्माण गर्न यो अवधिमा बेइजिङ र युरोपेली संघले बढी समय र चासो राख्ने टड्कारो सम्भावना छ। सहमतीय सरकारको सम्भावना टरिसकेकोले दलहरुले चाहेरै पनि राजनीतिक ध्रुवीकरणलाई रोक्न नसक्ने विश्लेषकहरुको विश्लेषण छ। यस आधारमा एमाओवादी र एमालेबीच सत्ता समीकरण कायम हुनु आश्चर्य र अनौठो हुने छन। विश्लेषकका विचारमा माओवादी र एमालेले केही मधेसवादी दलहरुलाई पनि आफ्नो वर्चश्वको समीकरणमा स्थान दिने सम्भावना रहेको छ। नवगठित तराई मधेस लोकतान्त्रिक पार्टी (नेपाल), मधेसी जनअधिकार फोरम (नेपाल) र सरिता गिरी नेतृत्वको नेसपालाई वाम गठबन्धनमा सामेल गर्ने सम्भावना व्यक्त गरिएको छ। वाम गठबन्धनलाई प्रजातान्त्रिक आवरण दिन यस्तो सामेलीले सहयोग पुर्यामउने विश्लेषकहरुको विश्लेषण रहेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक