20110120

'प्रचण्ड'ले आफूहरू भारत विरोधी नभएको प्रस्टीकरण दिए तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय विदेश-सचिव निरुपमा रावसँग !

कार्यकर्ता र जनतालाई भ्रममा पार्न प्रचण्डका अनेकौँ नाटक : मान्नै पर्छ बा नौटँकी गर्ने प्रचण्डको कलालाई !  
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरू भारत विरोधी नभएको प्रस्टीकरण दिएका छन् । तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय विदेश-सचिव निरुपमा रावसँग बुधबार भएको भेटमा दाहालले आफूहरू भारत विरोधी नभएको भन्दै सहयोग गर्न आग्रह गरेका हुन् । 'माओवादी भारत विरोधी हुँदै होइन, त्यस्तो प्रचार गलत हो, हामी नेपाल-भारतबीच भएका सन्धि-सम्झौतालाई पुनर्मूल्यांकन गर्नुपर्छ भन्ने पक्षमा मात्र छौं,' रावसँग दाहालको भनाइ थियो । स्रोतका अनुसार उनले विदेश-सचिव रावसँग आफूलाई भारतले प्रधानमन्त्री बन्न असहयोग गरेको गुनासोसमेत गरेका थिए । नयाँ सरकार गठनमा भारतले अवरोध गरेकै कारण ढिलाइ भएकोआरोप लगाउँदै आएका दाहालले रावसँग भने कांग्रेस र एमालेका कारण सरकार गठन हुन नसकेको जिकिर गर्दै भारत दोषी नरहेको बताएका छन् । तपाइँ भारत विरोधी हो भन्ने विदेश सचिव रावको प्रश्नमा
दाहालले आफूहरू भारत विरोधी नभएको भन्दै आश्वस्त पार्ने प्रयास गरेको स्रोतले बतायो ।
भेटमा सहभागी नेता वर्षान पुनले भने शान्ति प्रक्रिया, सरकार निर्माणलगायतका विषयमा रावले दाहालसँग जिज्ञासा राखेको बताए । नेपाल भ्रमणमा रहेकी भारतीय विदेश-सचिव रावले बुधबार नै कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष झलनाथ खनाल र राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ूयबहादुर थापालाई निवासमै पुगी भेटवार्ता गरेकी छन् । भेटमा उनले अनमिनको बहिर्गमनपछि नेपालको शान्ति प्रक्रिया, नयाँ सरकार निर्माण, सीमा क्षेत्रमा हुने गरेको अपराध र भारतले नेपाललाई गर्ने सहयोगबारे छलफल भएको थियो । नेपाल आएलगत्तै परराष्ट्र सचिव मदनप्रसाद भट्टर्राईसँग वीरगन्जमा सुरक्षा चेकपोस्ट राख्ने, जनकपुर-जयनगर रेल्वे र्सर्भे, दोहोरो कर प्रणाली अन्त्यलगायतका विषयमा छलफल गरेकी थिइन् । उनले यसअघि नै राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवास नेम्वाङसँग भेट गरी नयाँ सरकार गठन, शान्ति प्रक्रिया र अनमिनको बहिर्गमनपछिको अवस्थाबारे चासो राखेकी थिइन् । मधेसी नेतालाई रात्रीभोज विदेश-सचिव रावले बुधबार राति मधेसवादी दलका नेताहरूसँग सामूहिक छलफल गरेकी छन् । उनले ती दलका नेताहरूलाई रात्रीभोजमा निमन्त्रणा गरी पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेकी हुन् । मधेसी जनाधिकार फोरम, फोरम लोकतान्त्रिक, तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीीतमलोपा नेपाल, सद्भावना, सद्भावना आनन्दीदेवीलगायत मधेसवादी नेताहरूलाई रात्रीभोजमा निमन्त्रणा गरिएको हो ।   पशुपतिनाथको दर्शनमा  नेपाल भम्रणमा आएकी विदेश-सचिव रावले बुधबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन र पूजाआजा गरेकी थिइन् । उनलाई मूल पुजारी महाबलेश्वर र भट्टहरूले टीकाप्रसाद प्रदान गरेका थिए ।   मन्दिर दर्शनपछि उनले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग मन्दिर जिर्णोद्धार र धर्मशाला निर्माणबारे छलफल गरेको सदस्य-सचिव सुशील नाहाटाले बताए । पशुपतिनाथ मन्दिर क्षेत्रमा भारतले धर्मशाला निर्माणका लागि सहयोग गरेको छ । तीनदिने भ्रमणमा आएकी विदेश-सचिव राव बिहीबार स्वदेश र्फकने कार्यक्रम छ । उनको भ्रमण टोलीमा विदेश मन्त्रालयका सहसचिव शतीशचन्द्र मेहता, उपसचिव छिरिङ शर्ेपा, परराष्ट्र-सचिव कार्यालयका निर्देशक अमितकुमार सहभागी छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक