20110120

एमाले अध्यक्ष झलनाथ खनाललाई एक ५२ वर्षिय कार्यकर्ताले मञ्चमै पुगेर थप्पड हाने, एक्कासी भीडबाट थप्पड खाएपछि खनाल रातोपिरो !

कार्यकर्ता र जनताको धैर्यता गुम्दैछ, अब नेताहरुलाई देशब्यापी रुपमा यसरीनै झापड् हान्दै सोध्नुपर्ने भएकोछ "खोइ शान्ति र संबिधान ? "
Breaking News..........
पार्टी कार्यक्रममा भाग लिन आएका एमाले अध्यक्ष झलनाथ खनाललाई एक कार्यकर्ताले थप्पड हानेका छन् ।बिहीबार पार्टीको बैचारिक तथा संगठनात्मक सुदृढिकरण कार्यक्रममा भाग लिन आएका खनाललाई एमाले पूर्व कार्यकर्ता देवीप्रसाद रेग्मीले मञ्चमै पुगेर थप्पड हानेका हुन् । ५२ वर्षिय रेग्मीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ । नेताहरुले देश बिगारेकाले खनाललाई मौका पारेर थप्पड हानेको रेग्मीले बताए । 'नेताहरुले देश बर्बाद पारे, मर्नुभन्दा बहुलाउनु निको ठानेर झापड हानेको हुँ,' प्रहरी नियन्त्रणमा रहेका रेग्मीले सञ्चारकर्मीसित भने । रेग्मी पार्टी प्रवेश गर्ने कार्यकर्ताको लाइनमा मिसिएर खनाल नजिकै पुगेका थिए । झापड हान्दा खनालको चस्मा झरेको थियो । कार्यक्रममा अन्य दलका झण्डै १ हजार कार्यकर्ता एमाले प्रवेश गरेका थिए । एक्कासी भीडबाट थप्पड खाएपछि खनाल रातोपिरो भएका
थिए । प्रहरी कार्यालयमा सञ्चारकर्मीहरुसामु रेग्मीले शान्ति र संविधान समयमा नदिएर देश विगारेकोले चेतावनी स्वरुप थप्पड हानेको बताएका छन् । आफू एमालेकै सिद्धान्तको वकालत गर्ने कार्यकर्ता रहेको भन्दै उनले देशलाई बर्बादी तिर धकेलेको, मुलुकलाई सरकार विहिन बनाएको र जस्तो पायो त्यसैलाई पार्टीमा प्रबेश गराएको खनाललाई चड्कन हानेका बताए । आफूमाथि भएको दुव्र्यवहारप्रति छोटो प्रतिक्रिया दिदै अध्यक्ष खनालले भन्नुभयो-’यी भुसुना हुन, त्यस्तो विषयलाई महत्व दिन्न ।’ एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले घटनाबारे छानविन गर्न कार्यदल गठन गरिने बताउनु भयो । भण्डारीद्धारा जारी विज्ञप्तीमा विज्ञप्तिमा रेग्मी माओवादी समर्थक भएको बताइएको छ । खनालमाथि भएको आक्रमणमा संलग्न रेग्मी एमाले नेता केपी ओली पक्षधर रहेको चर्चा समेत कार्यक्रममा सहभागीहरुबीच चलेको थियो । बुधबार राजधानीमा खनालले जेठ १४ मा संविधान नभए जनविद्रोह हुने बताएकोले उनीमाथि आक्रमण भएको आशंका उनीहरुको थियो ।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
भरौल सुनसरीका एकजना भद्र किसान एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेर एकाएक चर्चामा आएका छन्। जनतालाई झुठा आश्वसनमा अल्मलाएर कुर्सीका लागि मरिमेट्ने नेताहरुलाई कानुनको बेवास्ता गर्दै पाठ सिकाउन तम्सिने ती किसान हुन् देवीप्रसाद रेग्मी। ०४६ सालदेखि एमालेको खरो कार्यकर्ता रहेका रेग्मीले अन्ततः आफ्नै आस्थाको पार्टीका अध्यक्षको गाला चड्काइदिए। छोरा सुरक्षाकर्मी रहँदा रहँदै पनि कानुनको बर्खिलाप गएर रेग्मीले खनालको गाला किन चड्काए ? इटहरीका मिडियाकर्मी अमर खड्काले  पठाएको ताजा अन्तरवार्ताः

तपाइँको पेशा के हो ?
म सामान्य किसान हुँ अहिले ५३ वर्षको भएँ। खेतीपाती गरेर परिवार चलाएको छु। यहाँ बिजुलीको बिल तिर्न आएको थिएँ। भेला देखेर भित्र पसेथेँ।
मुलुककै तेस्रो दलको अध्यक्षलाई झापड हान्न डर लागेन ?
सधैँ तटस्थ बसेर (झलनाथ खनाल) देशलाई अनिर्णयको बन्दी बनाएको पनि मलाई थाहा छ। किसान मान्छे भए पनि मलाई नेपालको माया छ। राजनीतिमा मलाई चासो लाग्छ। नेपालका राजनीतिक दलका नेताले देशलाई बिगारेको पीडा सहन सकिनँ। हो, मैले झापड हानेँ। कानुन अनुसार मलाई कारवाही गरेहुन्छ।
नेताहरु काम गर्दैछन् त। संविधान लेख्दैछन्, मुलुकमा गणतन्त्र संस्थागत हुने प्रक्रियामै छ।
टेलिभिजनमा हेर्छु जहिले पनि मिठा र चिप्ला कुरा गर्छन्। यिनलाई आफ्नो स्वार्थभन्दा केही मतलब छैन। नेपालीका छोराछोरीले पाएको दुःख नेतालाई मतलबै छैन। खाली वेरोजगार युवालाई झुटो आश्वासन दिएर पार्टी प्रवेश गराउने अनि पद नपाउँदा तटस्थ बस्ने ? यस्तो पनि हो राजनीति ? यस्ता पनि हुन् नेता ? मैले धैर्यता गुमाए आवेसमा आएर खनाललाई चड्काइदिएँ। यही कारण मलाई जस्तोसुकै कारवाही भए पनि भोग्न तयार छु। खनाललाई कुटेको अभियोगमा मलाई मारे पनि हुन्छ तर देशका सबै नागरिकले हाँसीखुशी बाँच्न पाउन्।
देशका नेता र कानुनप्रति किन यति धेरै बिचलिन हुनुभएको ?
मेरो जेठो छोरा केशव सशस्त्र प्रहरीमा छ। कान्छो २० दिन भयो काठमाडौं गएको। देशका नेता खाली झुटो बोल्छन्। भनेको केही गर्ने हैनन्। देशलाई तन्नम बनाइसके। देशको यो अवस्थाले मेरो कान्छो छोरोले जागिर पाउन सकेको छैन। यस्ता त कति छन् कति। सात वर्षअघि माओवादीको जगजगी हुँदा सोलुमा मेरो भाइको हत्या भयो। तर कसैले हत्यारा पत्ता लाउन सघाएनन् कारवाहीको कुरा त त्यस्तै हो । न्याय दिलाउन कुन नेताले सघाए ? मलाई घृणा छ यो देशका नेताप्रति। तर आज मैले कसैको उक्साहटमा लागेर हात छाडेको हैन। सारै चित्त नबुझ्दो कुरा कति दिन सहने हामीले ? हामीलाई जे जे गरे पनि हुन्छ नेताले ?
यसअघि पनि कसैमाथि यसरी जाइलाग्नु भएको थियो ?
तपाइँले बुझ्नु भए हुन्छ। मेरो घर यहीँ (सुनसरी) भरौल-१ वडामा पर्छ। एमालेकै नेताहरुलाई सोधे हुन्छ मेरो पृष्ठभूमि कस्तो हो भनेर। म कसैको केही नबिगारी आफ्नो सुतीथाती काम गरेर बसेको मान्छे हुँ। आजसम्म मैले कसैको गाइगोरुलाई समेत हात हालेको छैन। यो देशको दुर्दशा सहन नसकेर खनाललाई चड्काएको हुँ।

2 comments:

  1. good job devi ji............

    ReplyDelete
  2. Thanks Mr. Regmi, I respect you for ever and we encourage to slap else more who is worse Nepali leaders.

    Wishes :
    INDRA THAPA
    DOHA, QATAR
    E-mail : indra2026@gmail.com

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक