20110131

आज पनि छैन कुनै उत्साहजनक समाचार : सबैलाई चहियो प्रधानमन्त्री, माओवादी, काँग्रेस र एमालेले सरकारको नेतृत्व दावी गरेपछि !

"जेठ १४ मा नयाँ संविधान जारी हुन नसके मुलुकमा भयङ्गकर दुर्घटना", प्रदर्शनमा उत्रिएका किरात समुदाय र प्रहरीबीच झडप
प्रमुख तीन दलका शीर्ष नेताहरुको शान्ति प्रकृया र सहमतीय सरकार निर्माणको बिषयमा छलफल गर्न बसेको बैठक आधा घण्टा नपुग्दै सकिएको छ । माओवादी, काँग्रेस र एमाले नेताहरुले सरकारको नेतृत्वमा दावी गरेपछि बैठकमा शान्तिप्रकृयाका बारेमा छलफल नै हुन सकेन । यसले दलहरु सत्ता बाहेक अरु कुनै पनि विषयमा छलफल गर्न नचाहेको स्पष्ट भएको छ । माओवादीले विना सर्त सरकारको नेतृत्व आफुलाई सुम्पनु पर्ने अडान राखेको छ भने काँग्रेस र एमाले सरकारको नेतृत्व आफुले नपाउने हो भने माओवादीले लडाकु समायोजनको खाकामा सहमति जनाएर काम सुरु गर्नुपर्ने अडान राखेका छन् । अगामी बुधबार संसदमा
प्रधानमन्त्रीको लागि उम्मेदवारी दिने कार्यक्रम तय भइसकेको छ । प्रधानमन्त्रीको पहिलो निर्वाचन २० गते हुने छ । त्यसमा परिणाम नआएमा २२ र २३ गते निर्वाचन गर्ने कार्यक्रम तय भइसकेको छ ।
यता एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले जेठ १४ मा नयाँ संविधान जारी हुन नसके मुलुकमा भयङ्गकर दुर्घटना हुने र त्यस दुर्घटनालाई राजनीतिक दलहरुले रोक्न नसक्ने चेतावनी दिएका छन् । सोमबार धादिङको मैदीमा रहेको संस्कृति साधारण उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्वसमा बोल्दै भट्टराईले त्यसकोसंकेत नेपाली जनताले झापडको रुपमा ब्यक्त गर्न थालिसकेको दावी गरे । मुलुकमा शान्ति र संविधानलाई समयमै निष्कर्षमा पुर्याउन राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको भट्टराईले जोड दिर्दै त्यसको आधार माओवादी नेतृत्वको विकल्प नभएको दावी गरे । उनले संविधानसभाको सबैभन्दा ठूलो दल र शान्ति प्रक्रियाको आधा हिस्सा भएकाले पनि माओवादी नेतृत्वको विकल्प आवश्यका भएको बताए । माओवादी शान्ति र संविधानलाई सुनिश्चित गर्न प्रतिबद्ध रहेको भन्दै भट्टराईले तोकीएकै मितिमा संविधान जारी गर्न आफूहरुले प्रयास गर्ने त्यसो नभए जनताले अधिकारको रक्षाको लागि ठूलो आन्दोलन गर्ने बताए ।
   उता पशुपतिको वनमकाली क्षेत्रमा शव गाड्न पाउनु पर्ने माग गर्दै गौशाला क्षेत्रमा प्रदर्शनमा उत्रिएका किरात समुदाय र प्रहरीबीच सोमबार झडप भएको छ । सभासद रामकुमार राईको नेतृत्वमा भएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि माओवादी सहित चारवटा किराँती संस्थाहरुले प्रहरी प्रभाग घेराउ गरेका हुन् । किराती संगठनहरुको चक्काजाममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । झडपमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले सभासद् सुदन राई, राजकुमार राई सहितका १५ जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ । झडपका क्रममा प्रहरीले दुई सेल असुरग्याँस प्रहार गरेको थियो भने प्रदर्शनकारीले ढुङ्गा हानेका थिए । पशुपति क्षेत्र विकास कोषले वनकाली क्षेत्रमा शव गाड्न रोक लगाएपछि दसनामी समुदाय, किराती र त्रिश्चियन धर्मावलम्बीहरु आन्दोलनमा उत्रिएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक