20110130

Exclusive News...प्रचन्डले पनि झलनाथ ले झै झन्डै झापड खाएका बाबै ! बँचाए वाइसियल र माओवादीकै कार्यकर्ताले, प्रचन्डको पनि सातो गयो ! हरेक पार्टिका मै हुँ भन्ने नेताहरुलाई अब गाला जोगाउन गार्हो !

प्रचन्डलाई थप्पड हान्न प्रयास गर्ने माओवादी सहिदका पिता, उनी भन्छन "सहिदका नाममा पैसा कुम्ल्याउने कुर्सीको भोका लाई त्यहाँ थप्पड लाउछु भन्या रोके मोराहरुले"  
 एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि आइतबार र्सार्वजनिक समारोहमै आक्रमण प्रयास भएको छ । कार्यक्रम आयोजक र माओवादी कार्यकर्ताको चलाखीका कारण दाहालमाथि आक्रमण हुन पाएन । सत्तासीन दल एमालेका अध्यक्ष झलनाथ खनालमाथि इटहरीमा र्सार्वजनिक समारोहमै थप्पड प्रहार भएको घटना सेलाउन नपाउँदै दाहालमाथि आक्रमण प्रयास भएको हो । खनालमाथि ६ माघमा सुनसरी भरौल-१ का देवीप्रसाद रेग्मीले थप्पड हानेका थिए । सुनसरीको हाँसपोसा-४, भवानीपुरस्थित सहिद स्मृति आवासीय विद्यालयले निर्माण गरेको छात्रावास भवन उद्घाटन कार्यक्रममा माओवादी अध्यक्ष दाहालमाथि आक्रमण प्रयास भएको हो । आक्रमणका लागि मञ्चतर्फजाँदै गरेका झापा घैलाडुब्बा घर भएका उनलाई कार्यक्रम आयोजक र माओवादी कार्यकर्ताले बीच बाटैबाट नियन्त्रणमा लिएका थिए । उनी सहिद केशवप्रसाद रिजालका बाबु हुन् । उनको नाम माओवादीले र्सार्वजनिक गर्न चाहेन । १० बर्से सशस्त्र द्वन्द्वका क्रममा सहादत प्राप्त गरेका पर्ूवाञ्चलका सबै जिल्लाका सहिद परिवारलाई आमन्त्रण गरिएको सो कार्यक्रममा उनी पनि सहभागी थिए ।  माओवादीसम्बद्ध सहिद प्रतिष्ठानका अध्यक्ष पोष्टबहादुर बोगटीले सहिदका बारेमा गरेको चर्चा सहन नसकी उनी दाहालमाथि आक्रमण गर्न गएका थिए । कार्यक्रमस्थलको पछिल्लो भागमा बसेका उनी 'सहिदका बारेमा नभएका कुरा गर्ने तिमीहरू नै होइनौं -' भन्दै मञ्चतर्फअघि बढेका थिए । उनको आक्रोशित अनुहार र हाउभाउ देखेपछि कार्यक्रम आयोजक र माओवादी कार्यकर्ताले मञ्चनजिकैबाट उनलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि उनलाई कार्यक्रमस्थलनजिकैको एक घरको भान्छाकोठामा थुनिएको थियो । उनलाई सभासद् धर्मशिला चापागाईंको अगुवाइमा भान्छाकोठामा थुनिएको हो । रिजालको व्यवहारका कारण केही समय कार्यक्रम भाँडिएको थियो । सहभागीहरू उनलाई थुनेर राखेको ठाउँमा गएकाले कार्यक्रम सञ्चालनमा अवरोध आएको थियो । सहिद पिता रिजाललाई कार्यक्रम सकिएपछि मात्रै भान्छाकोठाबाट निकालिएको थियो । सभासद् चापागाईंले रिजाललाई देखाउँदै 'यी बूढाको चालामाला ठीक नदेखिएकाले थुन्नुपरेको' जानकारी दिइन् । सो कार्यक्रममा सहभागी अधिकांश सहिद परिवारले सहिद परिवारलाई राहतस्वरूप दिने गरेको १० लाख रुपैयाँ नपाएको गुनासो गरेका थिए ।

नेपालमा अहिले जे जे भैरहेकोछ त्यस्तै हुँदा सुडान राष्ट्र टुक्रियो  
सुडान विभाजित दक्षिणी सुडान विश्वकै कान्छो मुलुक


जुबा/एपी- दर्ुइ दशकदेखि सशस्त्र द्वन्द्व झेलिरहेको अप्रिmकी मुलुक सुडान विभाजित भएको छ । विभाजनको माग चर्काे रूपमा उठेपछि जनवरी पहिलो साता यहाँ जनमत संग्रह गरिएको थियो । जनमत संग्रहमा ९९ प्रतिशतभन्दा बढी मत सुडानबाट दक्षिणी सुडान छुट्टनिर्ुपर्छ भन्ने पक्षमा खसेको थियो । जनमत संग्रहको परिणामलाई लिएर सुडान विभाजन भएको घोषणा आइतबार औपचारिक रूपमै गरिएको हो ।
आयोगको घोषणालगत्तै हजारौं र्सवसाधा™ण खुसियाली मनाउन जुबामा भेला भएका थिए । जुबा अब चाँडै संसारको सबैभन्दा कान्छो मुलुकको राजधानी बन्दै छ ।
'म आज निकै हषिर्त छु, किनभने हामीले हाम्रो भविष्य निश्चित गरेका छौं,' दक्षिणी सुडान पक्षधर ४२ वषर्ीया अन्ना काकूले भनिन्, 'हामीले यति धेरै लामो समय लडयौं, फलस्वरूप शान्तिपर्ूण्ा रूपमै सफलता पायौं ।'
शान्तिपर्ूण्ा रूपमा सम्पन्न भएको सो निर्वाचनको मापदण्ड अन्तर्रर्ााट्रय स्तरको भएको बताइएको थियो । २० लाखभन्दा बढीको ज्यान गएको दर्ुइ दशक लामो गृहयुद्ध सन् २००५ मा शान्ति सम्झौतामा टुंगिएको थियो । सम्झौतामा दक्षिणी सुडानको विषयमा जनमत संग्रह गर्ने उल्लेख थियो ।
आयोगको दक्षिणी ब्युरोका प्रमुख तथा न्यायाधीश चान रिक मदुतले खसेको कुल मतमध्ये ९९ प्रतिशत विभाजनको पक्षमा रहेको जानकारी दिए । उनले १६ हजार मतदाता विभाजनको विपक्षमा र ३७ लाख पक्षमा उभिएको बताए ।
जनमत संग्रह आयोगका प्रमुख मोहमद इब्राहिम खलिलले उत्तरी सुडानका ५८ प्रतिशत मतदाताले दक्षिणी सुडानलाई त्याग्ने पक्षमा मत हालेको बताए । उनले मताधिकार प्राप्त ६० प्रतिशतले मत हालेको जनाए । 'आठ विदेशी मुलुकमा रहेका दक्षिणी सुडानीले विखण्डनको र्समर्थन गरेका छन्,' उनले भने, 'जनमत संग्रहमा ९७ प्रतिशत मतदाता सहभागी थिए ।
खलिलले अमेरिकामा बसोबास गरिरहेका आठ हजार पाँच सय दक्षिणी सुडानीमध्ये ९९ प्रतिशतले फुटको पक्षमा मतदान गरेको बताए । 'यी परिणामले परिस्थितिमा परिवर्तन ल्याउनेछ,' परिणाम पढेपछि खलिलले भने, 'यो परिवर्तन उत्तर र दक्षिणबीचको सम्बन्धको संवैधानिक स्वरूपमा मात्र हुनेछ । भौगोलिक र ऐतिहासिक रूपमा उत्तर र दक्षिण अविखण्डनीय छन् ।'
जनमत संग्रह आयोगका अधिकारीहरूले सम्पर्ूण्ा परिणाम र्सार्वजनिक गरिसकेका छैनन् । आयोगको वेबसाइटमा आइतबार ९८ दशमलव ८ प्रतिशत दक्षिणी सुडानीले विखण्डन रोजेको उल्लेख छ तर उसले यो आँकडा परिवर्तन हुन सक्ने बताएको छ ।
आगामी जुलाईभित्र दक्षिणी सुडान संसारकै सबैभन्दा कान्छो मुलुक बन्नेछ । सीमांकन, तेल अधिकार र अभर्ेइ क्षेत्रबारेको विवाद आदिमा सम्झौता हुन बाँकी छ ।
दक्षिणी सुडानका राष्ट्रपति साल्भा किरले सुडानी राष्ट्रपति ओमार अल-बासिरलाई उनको नेतृत्व र शान्ति स्थापना सम्भव बनाएकोमा धन्यवाद प्रकट गरे । नतिजा र्सार्वजनिक गर्ने समारोहमा उनले अरबी बढी र अंग्रेजी भाषा कम बोलेका थिए । 'हामी अझै अघि बढिरहेका छौं,' किरले अंग्रेजीमा भने, 'यो संर्घष्ा जारी रहनेछ ।'
किरले ९ जुलाईलाई स्वतन्त्रता दिवसका रूपमा मनाउने पनि बताए । 'हामी झन्डा ९ जुलाईसम्म तल झार्दैनौं,' उनले भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक