20110122

बहिष्कार गरेका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले आत्मालोचना गर्न अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपाध्यक्ष मोहन वैद्य 'किरण'ले राखेको प्रस्ताव अस्वीकार

प्रशिक्षण बहिष्कार गरेका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले आत्मालोचना गर्न अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपाध्यक्ष मोहन वैद्य 'किरण'ले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो फरक मत प्रशिक्षणमा राख्न पाउनुपर्ने अडान दोहोर्‍याई भट्टर्राईले आत्मालोचनाको प्रस्ताव अस्वीकार गरेका हुन् । बैठकमा अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यले
सोमबारको प्रशिक्षण बहिष्कार गर्ने भट्टर्राईको काम गलत भएको भन्दै आत्मालोचना गर्न प्रस्ताव गरेको एक पोलिटब्युरो सदस्यले बताए । 'पार्टर्ीीे कार्यनीति क्रियात्मक चरणमा गएकाले अध्यक्ष र किरणजीले भट्टर्राईजीलाई आत्मालोचना गर्न प्रस्ताव गर्नुभयो,' उनले भने । २ पुसको केन्द्रीय समितिले पारित गरेको जनव्रि्रोहको कार्यदिशाको मूल 'स्पिरिट'मै विमति राख्दै भट्टर्राईले पेस गरेको फरक मतलाई सविस्तार व्याख्या गर्न नपाइने दाहाल र वैद्यको अडान छ । 'पार्टर्ीी जे विधि पास गरेको छ, त्यो विधि मान्नर्ुपर्छ' स्रोतका अनुसार भट्टर्राईतर्फसंकेत गर्दै बैठकमा दाहालले भने, 'नमान्ने भए कसैले पनि मान्नुभएन, त्यसैले गरेको गल्ती स्विकार्नुपर्छ ।'
यस्तै, वैद्यले नेवाः, ताम्सालिङ र केन्द्रीय विशेष राज्य समितिलाई दिइएको पार्टर्ीी्रशिक्षणमा अनुपस्थित भएर पार्टर्ीीनयम र पद्धति उल्लंघन गरेको बताउँदै आत्मालोचना गर्न आग्रह गरेका थिए । 'बहिष्कार पार्टर्ीीीतिविपरीत भएकाले भट्टर्राईजीले आत्माआलोचना गर्नुपर्छ,' वैद्यको भनाइ थियो । अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यको आत्मालोचना गर्न गरेको आग्रहलाई भट्टर्राई र उनी पक्षधरले अस्वीकार गर्दै फरक मतलाई प्रशिक्षणमा राख्न पाउनुपर्ने पुनः दोहोर्‍याएका छन् । पार्टर्ीीवधानको धारा ६ -ख) मा फरक मतलाई पार्टर्ीीे तल्लो तहसम्म लान पाइने स्पष्ट उल्लेख भएको उल्लेख गर्दै भट्टर्राईले 'पार्टर्ीी विधान चलाउँछ कि विधानअनुसार पार्टर्ीील्छ -' भन्ने प्रश्न राखेका थिए । विधानअनुुसार फरक मतलाई सबै प्रशिक्षणमा राख्न पाउनुपर्ने अडान भट्टर्राईको थियो ।
भट्टर्राईनिकट पोलिटव्युरो सदस्य टोपबहादुर रायमाझीले १ फागुनअघिसम्म प्रचारात्मक चरण भएको भन्दै संस्थापन पक्षले भने जस्तो माघ महिना क्रियात्मक चरण नभएको दाबी प्रस्तुत गरेका थिए । '१ फागुनपछि मात्र कार्यनीति क्रियात्मक चरणमा जाने हो, अहिले प्रचारात्मक चरणमा छौं,' रायमाझीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'त्यसैले, फरक मतलाई प्रचारात्मक चरणमा सविस्तार भन्न पाइन्छ, पाउनर्ैपर्छ ।' रायमाझी, राम कार्की, दीनानाथ शर्मालगायतले फरक मतलाई सबै प्रशिक्षणमा राख्न पाउनुपर्ने अडान राखेका थिए । फरक मतलाई व्याख्या गर्ने सवालमा उठेको विवादलाई समाधान गर्न बोलाइएको केन्द्रीय समितिमा अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्य पक्षधरले भट्टर्राईलाई फरक मतको सविस्तार व्याख्या गर्न नदिने तर शर्ीष्ाकहरू पढेर सुनाइने अडान राखेका छन् भने भट्टर्राई पक्षधरले १ फागुनअघिसम्म फरक मतलाई बहसमा लैजान पाउनुपर्ने दाबी गरेका छन् । दुवै पक्षले आ-आफ्नो अडान कायमै राखेपछि केन्द्रीय समितिको बैठक लम्बिएको छ ।
बिहीबारको बैठकमा अध्यक्ष दाहाल तथा उपाध्यक्षद्वय वैद्य र भट्टर्राईसहित १९ जनाले आफ्नो धारणा राखेका छन् । नौ स्थायी समिति सदस्य तथा एक दर्जन पोलिटब्युरो सदस्यले बैठकमा धारणा राखेको प्रवक्ता शर्माले बताए । 'पदाधिकारी, स्थायी समिति र केही पोलिटब्युरोहरूले अन्तरसंर्घष्ालाई कसरी व्यवस्थित गर्छ भन्नेबारे धारणा राख्ने काम सकिएको छ,' शर्माले भने । बैठक शुक्रवार पनि बस्नेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक