20110117

माओवादी बिबाद छताछुल्ल : डा‌‌. बाबुराम भट्टराईले बहिस्कार गरे, हिसिला यमीलाई बोल्दाबोल्दै माइक खोसी मञ्चबाटै झारियो

Breaking News.......
भृकुटीमण्डमा भइरहेको माओवादी प्रशिक्षणमा माओवादी नेतृ हिसिला यमीलाई बोल्दाबोल्दै माइक खोसी मञ्चबाटै झारिएको छ। माओवादीका नेवा राज्य इन्चार्ज हितमान शाक्यले यमीलाई मञ्चबाट धकेलर झारेका हुन्। पार्टीकै नेताले दुर्व्यवहार गरेपछि उनले प्रशिक्षण बहिष्कार गरेर बाहिरिएकी छन्। उनले पार्टीमा आन्तरिक जनवादको अभ्यास नभएको भन्दै आफैँ डायसमा गएर अध्यक्षले जवाफ दिनुपर्ने बताएकी थिइन्। यमीको आग्रहलाई बेवास्ता गर्दै प्रचण्डले सम्बोधनमा त्यस बारे कुनै विषय नै प्रवेश नगरी प्रशिक्षण टुंग्याएपछि आक्रोसित बनेकी यमी 'एक हातले ताली बज्दैन', 'आन्तरिक जनवाद, जिन्दावाद!' भन्दै बाहिर निस्किएकी थिइन्। उनको आग्रहपछि बाबुराम पक्षीय सभासद र सहभागीहरुले समेत प्रशिक्षण बहिष्कार गरेका छन्। यमकी आग्रहपछि भट्टराई पक्षका सभासदहरु खिमलाल देवकोटा, हेमराज भण्डारी प्रशिक्षण छाडेका छन्। एकीकृत नेकपा...
माओवादीका उपाध्यक्ष डा‌‌. बाबुराम भट्टराईले राजधानीको भृकुटी मण्डपमा भइरहेको पार्टीको जनबिद्रोह सम्बन्धी प्रशिक्षण बहिस्कार गरेका छन् । उनी कार्यक्रम स्थल आएर पनि भित्र नपसी फर्केका हुन् । भट्टराईले आफ्नो फरक मतलाई तलसम्म लैजान नदिएको र प्रशिक्षणमा आफुलाई बोल्न दिने कार्यक्रम नभएको भन्दै प्रशिक्षणलाई बहिस्कार गरेका जनाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन बैद्यको प्रतिवेदन मिलाएर जनबिद्रोहको लाइन पारित भएपछि भट्टराईले केन्द्रीय समितिको बैठकमा असहमति राख्दै फरक मत राखेका थिए । उनको फरक मतलाई पनि पार्टीको तल्लो तहसम्म छलफलमा लैजाने निर्णय भएको थियो । सोमबारदेखि सुरु भएको जनबिद्रोह सम्बन्धी प्रशिक्षणमा उनको प्रतिवेदनलाई स्थान नदिएको र आफुलाई बोल्न नदिएकोलाई पूर्व निर्णय माथिको धोका भन्दै उनले कार्यक्रम बहिस्कार गरेका हुन् । भृकुटी मण्डपमा नेवा र ताम्सालिङ् राज्य समितिका गरी करिव चार हजार कार्यकर्तालाई माओवादी अध्यक्ष दाहालले प्रशिक्षण दिइरहेका छन् ।

1 comment:

  1. aba e-nai Babu Ram Bhattarai ko matrai aas chha .......yo des e-nle banaye vane banyo natra aru bata aas garne thau dekhidain..........

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक