20110124

अरुलाई मार्ने माओवादीहरु आफै यसरी मारिदै छन !

सरकार माओवादीकै नेतृत्वमा बन्ने : अध्यक्ष प्रचण्ड
 अज्ञात समूहले आइतबार साँझ एक माओवादी कार्यकर्ताको गोली हानी हत्या गरेको छ। रौतहटको सरुअठा गाविस-९ बस्ने माओवादी भोजपुरा राज्यसमिति सदस्य ३५ वर्षीया रुक्साना खातुनलाई हतियारधारी अज्ञात समूहले हत्या गरी फरार भएको हो। प्रहरीले दिएको जानकारीअनुसार तीन-चार जनाको समूहमा आएका हतियारधारीले खातुनलाई गोली हानेका थिए । खेतमा काम गरिरहेकी खातुनको कन्चटमा
गोली प्रहार गरिएको घटना प्रकृतिले देखाएको प्रहरी निरीक्षक राजु थापाले जानकारी दिए। खातुनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनास्थलमा माओवादी जिल्ला इन्चार्ज अशोकसहितको टोली पुगेको थियो। प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले हत्यारा पक्राउ गरी छाड्ने बताए। उनले जिल्लाका सबै नाका बन्द गरी सर्च अभियान चलाएको बताए। घटनाको जिम्मा कसैले पनि लिएको छैन।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनसेना विशेष समितिको मातहतमा आएपछि राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना बढेको बताउनुभएको छ। सरकार माओवादीकै नेतृत्वमा बन्ने सम्भावना भएको उहाँले बताउनुभयो। आइतबार बिहान क्रान्तिकारी पत्रकार संघ मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने नैतिक अधिकार माओवादीसँग भएको बताउँदै त्यसका लागि बाटो खुलेको दाबी गर्नुभयो। मुख्य तीन पार्टीबीच भएको पछिल्लो सहमति र शक्तिखोरको कार्यक्रमपछि राष्ट्रिय सहमतिको वातावरण मजबुत बन्दै गएको प्रचण्डको भनाइ छ। पहिला माओवादी नेतृत्व हुँदैन भन्ने कांग्रेस-एमाले जसको नेतत्व पनि स्वीकार गर्न सक्ने अवस्थामा आएका छन्। उहाँले भन्नुभयो- यसको अर्थ माओवादीको नेतृत्व स्वीकार गर्ने भन्ने पनि हो।

माओवादीको पहल र नेतृत्वमा नै संविधान निर्माण र शान्तिप्रकि्रया अघि बढिरहेकाले पनि अब बन्ने सरकारको नेतृत्व माओवादीले नै पाउनुपर्ने उहाँको तर्क थियो। सरकारको नेतृत्वका विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने विषयमा पार्टीभित्र कुनै समस्या नरहेको दाबी गर्नुभयो। पार्टीभित्र देखिएको विवाद केन्द्रीय समितिले सकारात्मक र रचनात्मक ढंगले समाधान गरिसकेको उहाँले दाबी गर्नुभयो। जीवन्त पार्टीका बहसहरु हुन्छन्। छलफल भएका पनि हुन् तर मिडियामा आएजस्तो पार्टी फुट्ने तवरको विवाद छैन। उहाँले भन्नुभयो- पार्टी फुटोस् भन्ने तपाईंको चाहना हो भने दुःखका साथ भन्नुपर्छ- तपाईंको सपना पूरा हुनेवाला छैन।

शक्तिखोरको समारोहले माओवादी शान्तिप्रक्रियाप्रति प्रतिबद्ध रहेको पुष्टि गरेको बताउँदै उहाँले शान्तिप्रक्रिया सकारात्मक ढंगले अघि बढ्ने बताउनुभयो। माओवादीको पहल र नेतृत्वमा नै संविधान निर्माण र शान्तिप्रक्रिया अघि बढिरहेकाले पनि अब बन्ने सरकारको नेतृत्व माओवादीले नै पाउनुपर्ने उहाँको तर्क थियो। अरु दलहरुलाई माओवादीको सेना र हतियारको डर थियो -प्रचण्डले भन्नुभयो- त्यही कुरा विशेष समितिलाई सुम्पिसकेपछि अब माओवादी नेतृत्वमा सरकार बनाउन हिच्किचाउनुपर्दैन। सरकारको नेतृत्व गर्ने अवसर माओवादीले पाए कसले नेतृत्व गर्ने भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने विषयमा विवाद नरहेको प्रस्ट्याउनुभयो।

राष्ट्रपतिले थप गरेको पाँच दिनको समयभित्रै सहमतिको सरकार निर्माणका लागि दलहरुले कसरत जारी राखेको उहाँले बताउनुभयो। सहमतिको सरकार निर्माण भएमा आगामी जेठ १४ गतेभित्र संविधान बन्ने प्रचण्डले दाबी गर्नुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक