20110124

अनुशासन उल्लंघनको अभियोगमा सहायक रथी बज्रचार्यसहित नौ सैनिक अधिकृतलाई सैनिक हिरासतमा लिई कोर्ट मार्सल सुरु !

नेपाली सेनाको एउटा प्रसँसनीय कदम, यस्तै गर्नुपर्छ प्रहरीमा पनि !
 नेपाली सेनाका सहायक रथी किरण बज्राचार्यसहित नौजना अधिकृतलाई सैनिक हिरासतमा लिएर कोर्ट मार्सल प्रक्रिया सुरु गरिएको छ । अनुशासन उल्लंघनको अभियोगमा सहायक रथी बज्रचार्यसहित नौ सैनिक अधिकृतलाई  सैनिक हिरासतमा लिई कोर्ट मार्सल प्रक्रिया अघि बढाएको सैनिक उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार सोमबार अपराह्न बज्राचार्यसहितका अधिकृतलाई हिरासतमा लिइएको हो । हिरासतमा लिइएका अन्य अधिकृतहरूमा प्रमुख सेनानी प्रेमेन्द्रकिशोर क्षेत्री, सेनानीहरू किरण श्रेष्ठ, पंकज थापा, रामसागर यादव, ध्रुव पण्डित, गोविन्द मैनाली र सहसेनानी राजेश क्षेत्री छन् । स्रोतका अनुसार सहायक रथी बज्राचार्यलाई यान्त्रिक सेवा निर्देशनालय थापाथलीमा हिरासतमा राखिएको छ भने प्रमुख सेनानी क्षेत्रीलाई यान्त्रिक परिवहन गण माइतीघर र
सेनानीहरूलाई अन्य विभिन्न स्थानमा सैनिक हिरासतमा राखिएको छ ।
सहायक रथी बज्राचार्यसहित नौ सैनिक अधिकृतहरूले विकास निर्माण विभागका प्रमुख उपरथी नरेश बस्नेतको म्याद थप नगराउन प्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री विद्या भण्डारीलगायत राजनीतिक दलका प्रभावशाली नेताहरूलाई दबाब दिएको अभियोग प्रमाणित भएकाले हिरासतमा लिई कोर्ट मार्सल सुरु गरिएको हो । सैनिक अनुशासन उल्लंघन गर्दै दलबलसहित राजनीतिक लबिङ गरेको आरोपमा सैनिक मुख्यालयले उनीहरूमाथि छानबिन गरेको थियो । छानबिनमा दोषी ठहर भएकाले कारबाही प्रक्रिया अघि बढाइएको सैनिक मुख्यालयले बतायो । सैनिक अधिकारीको म्याद थप्ने नेपाली सेनाको आफ्नै नियम हुँदाहुँदै उनीहरू राजनीतिक दलका नेताहरूकहाँ धाएको र सो विषय नेपाली सेनाको व्यावसायिक आचरणविपरीत भएको ठहर छानबिन समितिले गरेको छ ।  सहायक रथी बज्राचार्यको नेतृत्वमा अन्य अधिकृतले राजनीतिक नेताहरूसँग सामूहिक भेट गरी उपरथी बस्नेतको म्याद थप नगर्न दबाब दिएका थिए । उनीहरूलाई सोही अरोपमा छानबिन गर्न गत १६ पुसमा उपरथी नेत्रबहादुर थापाको अध्यक्षतामा कोर्ट अफ इन्क्वाइरी गठन गरिएको थियो । सो समितिले दोषी भएको जनाएपछि उपरथी अनिलजंग थापाको अध्यक्षतामा ४ माघमा सैनिक अदालत गठन भएको थियो । सो अदालतले उनीहरूलाई दोषी देखाउँदै कारबाहीका लागि हिरासतमा लिएको सैनिक स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक