20110123

एमाले अध्यक्ष झलनाथ खनाललाई एक थप्पड मारेकै भरमा !

सहयोगी हातहरू रोगी र असहायका लागि मात्र अघि र्सर्दैनन्, कहिलेकाहीं कानुनको नजरमा 'अभियुक्त' का लागिसमेत अघि र्सछन् । देवीप्रसाद रेग्मी त्यस्ता अभियुक्त बने, जसका नाममा सत्तारुढ दल एमाले अध्यक्ष झलनाथ खनाललाई एक थप्पड मारेकै भरमा 'सहयोगी नेपाली हात' बाट १५ हजार रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ र हुने क्रम जारी छ । गत बिहीबार एमाले इटहरी नगर कमिटीले आयोजना गरेको पार्टर्ीीुदृढीकरण अभियान कार्यक्रममा सम्बोधन गर्न पुगेका एमाले अध्यक्ष खनाललाई मञ्चमै थप्पड हानेर 'दर्ुर्व्यवहार' गरेका रेग्मीले गालीभन्दा बढ्ता ताली पाइरहेका छन् । अनुसन्धानका लागि १५ दिन हिरासतमा राखिएका रेग्मीलाई विनार्सत छिटोभन्दा छिटो छाड्नसमेत दबाब बढ्दै गइरहेको छ । 'नेताको गैरजिम्मेवारी कामका विरुद्ध नेपाली जनता जाग्छन् भन्ने उदाहरण उनलाई प्राप्त सहयोग र....
र्समर्थन हो,' बेल्जियमबाट रेग्मीका लागि सहयोग जुटाइरहेका कृष्णप्रसाद रेग्मीले आइतबार राजधानीसँग टेलिफोनमा भने । कृष्णप्रसादले आफ्नै खर्चमा सञ्चालन गरेको वेबसाइटमार्फ रेग्मीका नाममा १५ हजार रुपैयाँभन्दा बढी संकलन भइसकेको छ । देवीप्रसाद सहयोग समिति गठन गरी प्रवासमा बस्ने नेपालीले थालेको यो अभियानमा स्वदेशमा बस्नेले समेत सहयोग रकम घोषणा गरेका छन् । र्सार्वजनिक अपराधमा संलग्न एउटा अभियुक्तलाई सहयोग गर्नुको कारण खुलाउँदै कृष्णप्रसादले भने, 'सीधा हर्ेदा उनले हानेको थप्पड सभ्य समाजका लागि राम्रो होइन तर नेपाल बिगार्ने नेताका लागि त्यो थप्पड प्रतिनिधिमूलक हो, जसलाई हामीले घृणा गर्न सकेनौं, बरु सहयोग गर्न तम्सियौं ।' देवीप्रसाद रेग्मी डट इन्फोमा मात्र होइन, उनको कार्यको प्रशंसा गर्दै फेसबुकमार्फ वेबसाइट 'लाइक' गर्नेको संख्या आइतबार बेलुकीसम्म ६ हजार नाघेको छ । 'कसैमाथि हात हालेर दर्ुर्व्यवहार गर्नु नराम्रो कुरा हो तर झापड हान्ने रेग्मीलाई कारबाही गरे उनको मात्र होइन, समग्र नेपालीको मनोविज्ञानमा नकारात्मक असर पर्छ,' रेग्मीको थप्पडबारे राजधानीको जिज्ञासामा वरिष्ठ मनोवैज्ञानिक गोपीलाल न्यौपानेले भने । रेग्मीको कार्यको प्रशंसालाई नेताहरूले जनताको पक्षमा काम गर्न नसकेका कारण उत्पन्न आक्रोशको रूपमा लिनुपर्ने उनको सुझाव छ । रेग्मीको मुद्दाको खर्च, समाजमा पुनःस्थापना र परिवारको भरणपोषणका लागि भन्दै समितिले आर्थिक संकलन गरिरहेको सहयोग समितिले जनाएको छ । समितिले रेग्मीका भाइ महेशमार्फ सहयोग रकम नागरिक समाजको रोहवरमा परिवारलाई हस्तान्तरण गर्ने जनाएको छ । रेग्मीलाई बेल्जियम, डेनमार्क, अस्ट्रेलिया, मलेसिया, कतार, जापान, बेलायतलगायतका मुलुकमा बस्ने नेपालीले आ-आफ्नै वेबसाइडमार्फ थप सहयोग जुटाइरहेको सहयोग समितिका संयोजक कृष्णप्रसाद बताउँछन् । उनले यो अभियानलाई खाडी राष्ट्र हुँदै संसारभर फैलाउने समेत बताए । नेपाली ब्लग र अनलाइन समाचारहरूमा समेत रेग्मीको पक्षमा बोल्ने र लेख्नेहरूको संख्या बढ्दै गएको बेला राज्यले उनीमाथि र्सार्वजनिक अपराधको मुद्दा लगाउन नहुने चर्को आवाज उठ्न थालेको छ । पछिल्ला प्रतिक्रियालाई लिएर राजनीतिक दलका नेता र राज्य प्रशासन भने मौन बसको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक