20110203

प्रचन्डको समर्थनमा झलनाथ बने नयाँ प्रधानमन्त्री !

हेर्दा हेर्दै र झापड खाँदै  झलनाथ खनाल झल्लुबाट प्रधानमन्त्री पो बने बा ! यिनले पनि खप्परमा त लिएरै आएका रहेछन कि कसो ! तर प्रचन्डको बुइ चढेर प्रधानमन्त्री भएकाले कुन दिन नराम्ररी पछारिने हुन यसै भन्न कठिन छ बाबै ! 

Breaking News........
- By Nepalmother.com Team/ Beuro Kathmandu
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा बिजयी भएका छन्। सोही दलबाट मन्त्रीपरिषद्को नेतृत्व गरेका माधव कुमार नेपालले राजिनामा गरेको ७ महिना ५ दिनपछि प्रधानमन्त्री पदमा खनाल बिजयी भएका हुन्। खनालले ५ सय ९८ कूल संविधानसभाका सदस्यमध्ये निर्वाचनमा सहभागी ५ सय ५७ मा ३ सय ६८ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली
 कङ्ग्रेसका नेता रामचन्द्र पौडेलले १ सय २२ र मधेशी जनअधिकार फोरम (प्राजतान्त्रिक)का विजय कुमार गच्छेदारले ६७ मत पाए। प्रधानमन्त्री पदका प्रवल दावेदार रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले खनाललाई समर्थन गरेका थिए। संविधान सभामा नै बसेको माओवादीको स्थायी समितिको बैठकले अकस्मात् झलनाथलाई समर्थन गर्ने निर्णय गरेर सबैलाई जिल्याइदिए।
खसेको मतः ५५७
झलनाथ खनालः ३६८
रामचन्द्र पौडेलः १२२
विजयकुमार गच्छदारः ६७
.............जे सुकै भए पनि प्रचन्ड लाई प्रधानमन्त्री हुन बाट रोक्ने र नाम फिर्ता लिन वाध्य तुल्याउने हरेकलाई बधाई छ ! आतंकबादले फेरी एक पटक हारेकोमा हरेक नेपाली खुशी हुनै पर्छ ! 

 

अमेरिकाको भर्जिनिया, डिसी र म्यारिल्यान्ड एरियामा तपाईंलाई घर किन्न वा बेच्नु परेमा हामी छँदैछौं सम्झनुहोस् र यहाँ तपाईंको घर छ भने !

 बेला बेला मा घरको मर्मत सम्हार, थप घट , किचन, बाथ, डेक थप गर्ने, मर्मत गर्ने, पेन्ट गर्ने लगायत का सबै काम र त्यस्तै पाइप लाइन वा कुनै पनि काम गर्नुछ र धेरै खर्च हुने कुराले चिन्तित हुनुहुन्छ भने अब चिन्तित हुनु पर्दैन । हामीले नेपाली अमेरिकन देखी अमेरिकामा बस्ने जो सुकै हाम्रा ग्राहकलाई लाइसेन्स प्राप्त पलम्बर, टेक्निसियन मार्फत अन्य कम्पनी वा ब्यक्तिले भन्दा निकै कम मुल्यमा भर पर्दो सेवा दिन शुरु गरेका छौं । संपर्क गर्न सक्नुहुन्छ   
- Realtor Ram P Khanal, 703-419-0924

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक