20110205

"जन्तरे" दाई झलनाथ खनालले प्रधानमन्त्रीको सपथ लिन नपाउँदै बिद्युत प्राधिकरणले लोडसेडिङ बढायो, अब एक दिनमा चौध घण्टा लोडसेडिङ !

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ । प्राधिकरणको अनुसार अब दैनिक १४ घण्टाको दरले सातामा ९८ घण्टा विद्युत कटौती हुने छ । लोडसेडिङको नयाँ तालिका भने आउँदो सोमबारदेखि मात्र लागु हुने प्राधिकरणले जनाएको छ ।यसअघि दैनिक १२ घण्टाको दरले सातामा ८४ घण्टा लोडसेडिङ हुँदै आएको थियो । सुख्खायाममा जलसायमा पानीको सतह घटेकोले लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरणले जनाएको छ । alt

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक