20110205

आखिर हार्दैछन् नेपाली जनता माओवादी आतंकसँग !

झलनाथलाई गोटी बनाएर आफ्नो र माओवादी स्वार्थ पुरा गर्न प्रचण्ड क्रियासिल, सबैभन्दा बढी मन्त्री र आकर्सक मन्त्रालय माओवादीलाई, मुलुक घुमाइ फिराइ माओवादीकै आतंकमा नाच्ने, प्रचण्ड सेना समायोजनका नाममा आफ्ना लडाकुलाई सेना र प्रहरीमा घुसाएर उपद्रो मच्चाउदै देश कब्जा गर्ने रणनितीमा, आखिर हार्दैछन् नेपाली जनता माओवादी आतंकसँग ! शान्ती र संबिधान नारा मात्र, बास यही हो  भित्री गाँठी कुरा !
    *********
नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले सरकार बनाउने अभ्यास शुरू गर्नुभएको छ। प्रधानमन्त्री खनालले माओवादी र एमालेका केही नेतालाई समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउँदै भोलि आइतबार शपथ लिने तयारी गर्नु भए पनि सरकारको र्समर्थनमा देखिने प्रमुख दलहरूभित्रै भने किचलो बढेर जाने स्थिति देखिएको छ।  खनाल सरकारमा नेपाली कांग्रेस र मधेसवादी दलहरू मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तर्राई-मधेस लोकतान्त्रिक पार्टी सद्भावना पार्टीजाने प्रस्ट भइसकेको छ। खनाल सरकारमा माओवादीले उपप्रधानमन्त्रीसहित गृह र केही महत्त्वपूर्ण् मन्त्रालय लिने प्रस्ताव गरेको छ भने एमालेले अर्थ र रक्षा मन्त्रालयमा दाबी गरेको छ। मन्त्रिमण्डलमा सबैभन्दा बढी सदस्य माओवादीका रहने भएका छन्।
मन्त्रालय बाँडफाँड र गृहकार्यका लागि एमाले अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री खनालले शुक्रबार माओवादीसँग सामान्य छलफल गर्नुभएको थियो भने आज गम्भीर वार्ता गरी निष्कर्षा पुग्नुहुने भएको छ।
एमाले नेतृत्वको सरकारमा जानेबारे अध्यक्ष खनाललाई प्रधानमन्त्रीमा विजयी गराउने माओवादी र प्रधानमन्त्री निर्वाचनमा अनुपस्थित रहेको मधेसी जनअधिकार फोरममा भने तीव्र विवाद देखिएको छ।
एमाले नेतृत्वमा सरकारमा जाने पार्टीनर्ण्र्ााा विरुद्ध माओवादीभित्रै पनि बलियो जनमत देखिएको छ र डा. बाबुराम भट्टर्राईले नेतृत्व गरेको यो समूहबाट भने सरकारमा प्रतिनिधित्व नहुने भएको छ।
माओवादी स्थायी समितिले संविधानसभापरिसरमा एमाले अध्यक्ष खनाललाई सहयोग गर्ने निर्णय गरेको भए पनि नेता भट्टर्राई पक्षधर सभासद्हरूले भने सो निर्णय बारेमा संविधानसभा दललाई जानकारी गराउन माग गर्दै संविधानसभा दलको बैठक माग गरेका छन्।

उनीहरूले एमाले र माओवादीबीचको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै हस्ताक्षरसमेत संकलन गरेका छन्। एमालेलाई सहयोग गर्ने स्थायी समितिको निर्णय्रति स्थायी समिति सदस्य डा. बाबुराम भट्टर्राई, दीनानाथ शर्मा र टोपबहादुर रायमाझीले नोट अफ डिसेन्ट लेख्नुभएको थियो।
स्थायी समितिको निर्णयवरुद्ध हस्ताक्षर गर्नेमा सभासद् ज्ञानेन्द्र कुमाल, बालकृष्ण ढुंगेल, हेमराज भण्डारी, सीतादेवी पौडेल, शारदा घिमिरे, इन्द्रमती यादव, प्र³लाद लामिछाने, ज्वालाकुमारी साह, ललिता साह, चन्दादेवी राय, लीलादेवी मेहता, कृष्णकुमार चौधरी, बाबुलाल पासवान, चन्द्रलाल मेचे, लीला भण्डारी, प्रेमबहादुर तामाङ, देवेन्द्रप्रसाद पटेल, इस्लाम हवाडी, हलिना खातुन, र्सर्ूयबहादुर सेन, अक्कलबहादुर थिङ, हेमबहादुर श्रेष्ठ, राजकुमार श्रेष्ठ, हरि रोका, कल्पना धमला, वीरबहादुर तामाङ, सिर्द्धार्थकुमार सोमानी, खेमबहादुर बम, सन्चपाल मादेन, रामकुमार पासवान, परमिलादेवी यादव, बुधनीदेवी महतो, भरतप्रसाद यादव, चिनक कर्ुर्मी, कल्पना सुवेदी, घनश्याम यादव, आङदावा शर्ेपा, इन्द्रजित र्राई, नीरकुमारी कुँवर, देवी खड्का, शिवचन्द्र कुशवाह, विनोद चौधरी, खिमलाल देवकोटा, दिलबहादुर घिसिङ, शेरबहादुर पहारी, हिसिला यमी, भीमप्रसाद गौतम, प्रभु शाह, हरि आचार्य, सुनीताकुमारी महतो र धर्मराज घिमिरे रहनुभएको छ।

एमाले नेतृत्वमा सरकार बनाउने पार्टीनर्ण्र्ााा विरुद्ध माओवादी सभासद्हरूको असहमति झन् बढ्दै गइरहेको छ, जसले यो सरकारलाई माओवादी सहयोग कति दिन कायम रहन्छ भन्ने प्रश्न शुरूमा नै उत्पन्न गराएको छ।

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि र्सर्सत सरकारमा जान सकिने बताउनुभएको छ तर सहअध्यक्ष जेपी गुप्ता भने माओवादीको खेलौनाका रूपमा वामपन्थी हाबी हुने सरकारमा पार्टीान नहुने पक्षमा हुनुहुन्छ। अध्यक्ष यादवले एकपक्षीय रूपमा सरकारमा जाने निर्णयगरेमा सो पार्टीवभाजन हुने खतरासमेत देखिएको छ। फोरम -लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई मत नहालेर पार्टीनुपस्थित रहेकोमा समेत सहअध्यक्ष गुप्ताले विरोध जनाइसक्नुभएको छ र यसलाई माओवादी, एमाले र फोरम अध्यक्ष यादवबीचको गोप्य सहमतिको परिणाम भन्नुभएको छ।

मधेसवादी तीन दल फोरम (लोकतान्त्रिक), तमलोपा र सद्भावना पार्टीे शुक्रबार बसेको बैठकले खनाल नेतृत्वको सरकारमा नजाने र सकारात्मक प्रतिपक्षमा बस्ने निर्णयगरिसकेको छ भने सो बैठकमा अनुपस्थित भएका फोरम र तमलोपा नेपाल भने सरकारमा सहभागी हुने सम्भावना देखिएको छ। तमलोपा नेपालले भने प्रधानमन्त्री निर्वाचनमा विजयकुमार गच्छदारलाई मत हालेको थियो।

फोरम अध्यक्ष यादवले रिपोर्र्टर्स क्लबमा शुक्रबार बोल्दै सरकारमा जाने सम्भावना व्यक्त गर्नुभएको थियो।

यादवले मधेसका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाए सरकारमा जान सकिने भन्दै मधेसका मुद्दा पूरा नभएसम्म सरकारमा नजाने बताउनुभयो। सरकारमा आफनो दलको सहभागिताको कुरा नवनिर्वाचित प्रधानमन्त्रीमै भर पर्ने भन्दै अध्यक्ष यादवले सत्ताको लोभमा परेर आफनो पार्टी मधेसका मुद्दामा कसैसँग सम्झौता नगर्ने बताउनुभयो।

लडाकू समायोजन पहिलो प्राथमिकता
नवनिर्वाचित प्रधानमन्त्री खनालले आफनो पहिलो प्राथमिकता माओवादी लडाकूको समायोजन र पुनःस्थापना गर्दै शान्तिप्रक्रियालाई निष्कर्षा पुर्याउनु र संविधान लेखनलाई तीव्रता दिने वातावरण बनाउनु रहेको बताउनुभएको छ।
प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिन पार्टीुख्यालय बल्खुमा शुक्रबार आयोजित कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै खनालले शान्ति र संविधान नै पहिलो प्राथमिकता रहेका कारण त्यसका लागि कुनै सम्झौता गर्न नसकिने बताउनुभयो।
प्रधानमन्त्री खनालले बहुमतीय प्रणालीबाट आफू प्रधानमन्त्री बने पनि सरकार निर्माणका क्रममा सहमतीय रूपमा रूपान्तरण गर्ने प्रयास गर्ने बताउनुभयो।
सरकार गठन...
शान्ति र संविधानबिना मुलुकको औचित्य नरहने भएका कारण राष्ट्रियताको रक्षाका लागि भए पनि सहमतिको बाटोमा हिड्न आवश्यक रहेको प्रधानमन्त्री खनालको भनाई थियो।
केही दिनमा नै चुस्त र छरितो खालको मन्त्रिमण्डल गठन हुने जानकारी दिँदै कांग्रेस र मधेसी दललगायत सबै दलहरूसँग सरकारमा सहभागिताको विषयमा छलफल हुने जानकारी दिनुभयो।

प्रधानमन्त्री खनाललाई निजी निवासमा पनि र्समर्थक र आफन्तजनले बधाई ज्ञापन गरेका थिए। निजी निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफू नेपाली जनताको स्वविवेक र वुद्धिबाट निर्वाचित भएकाले आफनो नेतृत्वमा बन्ने सरकारले नेपाली जनताको हितमा काम गर्ने बताउनुभयो।
प्रधानमन्त्री खनालले कसैको इसारामा नभइ नेपाली जनताको स्वविकेबाट निर्वाचित भएकाले जनताकै हितमा उल्लेख्य काम गर्ने दाबी गर्नुभयो। प्रधानमन्त्री खनालले आफू दुबै छिमेकी राष्ट्र भारत र चीनसँग समान दूरी राख्दै सम्बन्ध सुधारतर्फलाग्ने पनि बताउनुभयो।-किशोर सापकोटा/नेस

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक