20110206

६०१ जना सभासदहरुको श्राद्ध गर्ने व्यक्ति राकेश शर्मा संगको अन्तर्वार्ता !

"म्याद सिद्धिएको औषधिको कुनै काम हुँदैन त्यस्तै यी ६०१ सभासद्हरूको २०६७ जेठ १४ गते म्याद सिद्धिएको छ, त्यसैले जेठ १४ गते राति १२ बजे कृष्णपक्षको प्रतिपदा मैले ६०१ सभासद्हरूको मृत्यु ठानेको छु, ६०१ जना भूतप्रेत सभासद्हरूलाई ठिक पार्ने काम गरौं" -  राकेश शर्मा

०    तपाईं किन यसरी जिउँदा व्यक्तिहरूको श्रद्धा गरी हिँड्नुभएको छ ?
जनताले नयाँ नेपालको जनमुखी संविधान निर्माण कार्यका लागि आफ्नो अमूल्य मत दिएर ६०१ जनालाई
पठाएको हो । यी ६०१ जना सभासद्हरूलाई सरकार निर्माण गर्ने र सत्ता चलाउन भनी जनताले पठाएको होइन । संविधान निर्माण गर्नुको सट्टा यी सबै कर्ुर्सर्ीीे खेलमा लागे जसको परिणाम २०६७ जेठ १४ गते संविधान निर्माण गर्न सकेनन् । जनताले दिएको म्यान्डेट संविधान निर्माणका लागि २०६७ जेठ १४ गते राति १२ बजे समाप्त भयो र यी ६०१ सभासद्हरूको समयावधि पनि सिद्धिइसकेको छ । जस्तै कुनै म्याद सिद्धिएको औषधिको कुनै काम हुँदैन त्यस्तै यी ६०१ सभासद्हरूको २०६७ जेठ १४ गते म्याद सिद्धिएको छ त्यसैले जेठ १४ गते राति १२ बजे कृष्णपक्षको प्रतिपदा मैले मृत्यु ठानेको छु ।
०    तपाईं किन यसरी जिउँदा व्यक्तिहरूको श्रद्धा गरी हिँड्नुभएको छ ?
    जनताले नयाँ नेपालको जनमुखी संविधान निर्माण कार्यका लागि आफ्नो अमूल्य मत दिएर ६०१ जनालाई पठाएका हुन । यी ६०१ जना सभासद्हरूलाई सरकार निर्माण गर्न र सत्ता चलाउन भनी जनताले पठाएको होइन । संविधान निर्माण गर्नुको सट्टा सबै कर्ुर्सर्ीीे खेलमा लागे जसको परिणाम २०६७ जेठ १४ गते संविधान निर्माण गर्न सकेनन् । जनताले दिएको म्यान्डेट संविधान निर्माणका लागि २०६७ जेठ १४ गते राति १२ बजे समाप्त भयो र यी ६०१ सभासद्हरूको समयावधि पनि सिद्धिइसकेको छ । जस्तै कुनै म्याद सिद्धिएको औषधिको कुनै काम लाग्दैन त्यस्तै यी ६०१ सभासद्हरूको २०६७ जेठ १४ गते म्याद सिद्धिएको छ त्यसैले जेठ १४ गते राति १२ बजे कृष्णपक्षको प्रतिपदा तिथिमा उनिहरूलाई मैले मृत्यु भएको ठानेको छु ।
०    तपार्इंले यो मिसन कहिलेदेखि सुरु गर्नुभएको हो ?
    २०६६ जेठ १४ गतेपछि मैले यो मिसन सुरु गरेको हो ।
०    अहिलेसम्म कुनकुन ठाउँमा ६०१ जना सभासद्हरूको श्राद्ध गरिसक्नुभयो ?
    मैले अहिलेसम्म नवौं महिने श्राद्ध कार्य गरिसकेको छु । श्राद्ध कार्य विभिन्न जिल्लामा सम्पन्न गर्दै बर्दियामा आठौँ महिने श्राद्ध माघ १३ गते जिल्ला नारायणगढको पुल्चोकमा सम्पन्न गरे । अब नवौं श्राद्ध फागुन ७ गतेका दिन जिल्ला पर्सर्ााीरगन्जको घन्टाघरमा गर्नेछु । १० औं चैत ७ गते जिल्ला कास्की पोखराको पृथ्वीचोकमा गर्ने, त्यस्तै ११ महिने वैशाख २०६८ मा तिथिअनुसार जिल्ला रूपन्देही बुटवलको मिडिया चोकमा र वाषिर्क अथवा १२ श्राद्ध २०६८ जेठमा राजधानीको नयाँबानेश्वरको संविधानसभा भवनको पश्चिमढोका गेट नं ३ को सामुन्ने गर्ने मेरो कार्यक्रम रहेको छ ।
०    सबै सभासद्हरूको नाम र गोत्र पढेरै श्राद्ध गर्नु हुन्छ ?
म यो मन्त्र उच्चारण र नामसहित श्राद्ध र तर्पणा गर्छर्ुु
    "एते सदस्य अलमल वा अमुक गोत्राय"
    "६०१ संख्याका संविधानसभा सदस्य मुक्ति भवती"
    तत् संविधानसभा सदासदस्य संविधानसभा भवने मुक्तर्थ्र्ये र्इंद अमुक मासिके श्राद्ध अहंकरिश्यें
    यी मन्त्र उच्चारण सहित म श्राद्ध र तर्पण गर्छर्ुु६०१ सभासद्का लागि ।
०    तपाईंले के गर्न खोज्नुभएको हो अथवा जनतालाई के भन्न खोज्नुभएको हो ?
    नेपाली जनता सोझा छन्, त्यसमा पनि जनचेतनाको धेरै अभाव छ । म जनतालाई यी अहिलेका सभासद्हरू कसरी जनतालाई मर्ूख बनाई आफू ढुक्क भएर बसिरहेका छन् भन्ने कुराको जानकारी दिन चहान्छु ।
०    तपाईंको माँग बुँदा गतमारूपमा बताई दिनु होस न ?
-     ६०१ जना सभासद्हरूको विसं २०६७ साल जेठ १४ गते रात्रिको १२ बजे तिथि प्रतिपदा कृष्णपक्षमा मृत्यु भइसकेे तापनि स्वर्गीय ६०१ जना सभासद्हरूले संविधानसभालाई अझै पनि भत्ता खाने थलो बनाइराखेका छन् ।
-    ६०१ जना सभासद्हरू जीवित हुँदाखेरी त संविधानसभाको परिभाषा, अर्थ थाहा नभएको हालको अवस्थामा यी ६०१ जना सभासद्हरू भूत-प्रेत हुन् यिनीहरूलाई संविधानसभाको परिभाषा, अर्थ के थाहा -
-    स्व. ६०१ जना भूतप्रेत सभासद्हरूको आत्मा संविधानसभाको वरिपरी नै भड्किई वा छट्पटाइरहेको छ ।
-    स्व. ६०१ जना भूतप्रेत सभासद्हरूलाई संविधानसभाबाट धामी झाँक्री बोलाएर भए पनि लखेट्नर्ुपर्छ ।
-    हत्यारा र अपहरणकर्ता जस्ता तत्त्वहरूको संरक्षण र आश्रय दिने पालनकर्ता राजनीतिक दलका नेताहरू हुन् ।
-    देशमा अराजकता र द्वन्द्व फैलाउने नै राजनीतिक दलका नेताहरू हुन् ।
-    राजनीतिक दलका नेताहरूले सहमति र सहकार्य भन्यो वार्ताका लागि सुविधासम्पन्न, सुविधाजनक फाइभस्टार होटल र रिसोर्टमा ऐस आरामका लागि बैठक बस्छन्, पैसाका लागि जनताबाट उठाएको कर, राजस्व र राज्यको ढुकुटी छँदैछ । जनताको रगत -खुन) चुसुवा नेताहरू हुन् ।
-    स्वर्गीय ६०१ जना भूतप्रेत सभासद्हरूले असंवैधानिक तरिकाले म्याद बढाएर, जनतालाई झुक्याएर मनपरी गरी जताबाट पनि भत्ता खान र भुँडी भर्न हुने तर कर्मचारीहरूका लागि तलब बढाउन यी राजनीतिक दलका नेताहरूलाई दाँत र जीउबाट पसिना आउँछ ।
-    राजनीतिक दलका नेताहरूबाट कृषकका लागि, विद्यार्थीहरूका लागि, बेरोजगारहरूका लागि र जनताका लागि कुनै राहतको कार्यक्रम ल्याएका र महँगी नियन्त्रण गरेका खोई -
-    राजनीतिक दलका नेताहरूले देशमा शान्ति स्थापना तथा दण्डहीनता र अराजकताको अन्त्य गरेको खोई -
-    राजनीतिक दलका नेताहरू र ६०१ जना सभासद्हरूको जनतालाई झुक्याउने प्रवृत्ति, फर्टाईं र धु्रत्याईंबाट सजक र र्सतर्कताका साथ रहन सम्पर्ूण्ा नेपाली जनता एक हौँ ।
-    २१ औं शताब्दीमा नेपाल बन्द, चक्काजाम, तोडफोडजस्ता जनताले जनतालाई नै एकआपसमा सास्ती वा दुःख दिने काम गरेर केही हुँदैन, सम्पर्ूण्ानेपाली जनता, नेपाली नवयुवक-युवतीहरू, छात्र-छात्राहरू, कर्मचारीहरू, सुरक्षाकर्मीहरू आऊ हामी सबै मिलिजुली ६०१ जना भूतप्रेत सभासद्हरूलाई ठिक पार्ने काम गरौं । मैले सोजा साझा जनतालाई यो भनेर समझाउने प्रयास गरिरहेको छु ।
०    तपाईंले यस्तो गरेर के पाउनुहुन्छ ?
    जनताको बलिदानले आएको लोकतन्त्रलाई आफू बसीखाने भाँडो र जनताको ढुकुटी रित्याउने कार्य अहिलेका राजनीतिक दलका नेताहरूले गरिरहेका छन् । जनता पीडित र दुःखी छन् । जनपक्षमा कुनै पनि राहतको कार्य भएको छैन । यस विषयलाई म जनतामा विचारबाट जनचेतना जगाउने कार्य गरिरहेको छु यसबाट मलाई आत्मासन्तुष्टि मिलेको छ ।
०    यस्तो गर्नुमा कसैले उक्साएको हो ?
    होइन । म आफ्नो इच्छाले, विचारले यो मिशन चलाइरहेको छु ।
०    यसका लागि पैंसा कताबाट आउ छ त ?
    कसैबाट पनि आउँदैन । मेरो निजी खर्चबाट मैले गरेको हुँ । कसैले दिएको पनि छैन मैले यस कार्यका लागि मागेको पनि छैन ।
०    यस्तो गर्दा कसैले अवरोध गरेन ?
    आजसम्म कसैले पनि अवरोध वा विरोध गरेको छैन । प्रशासनले पनि अवरोध गरेको छैन ।
०    तपाईं कुन ठाउँमा श्राद्ध गर्ने कार्यक्रम छ भनी कसैलाई खबर गर्नुहुन्छ त ?
    म श्रद्धा कार्यक्रमको विषयमा जुन ठाउँमा गर्नु छ त्यस ठाउँका सम्बन्धित पुलिस प्रशासन, मिडियालगायत सबैलाई अगावै जानकारी गराउँछु ।
०    तपाईं कुन दलसँग आवद्ध हुनुहुन्छ ?
    म आजसम्म कुनै राजनीतिक दलहरूसँग आवद्ध छैन । म स्वतन्त्र हुँ मेरो विचार स्वतन्त्र छ । म संविधानसभाको निर्वाचनमा बर्दिया क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएको थिएँ । त्यसपछि जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका क्षेत्र नं ४ बाट उपनिर्वाचनमा पनि स्वतन्त्रबाट उम्मेदवारी दिएको थिएँ ।
अर्न्तवाता - योगेन्द्र प्रताप शाही

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक